Recent Updates
  • नेप्से निरन्तर घटेका बेला कस्तो देखियो सूचीकृत समूहहरुको औसत पीइ रेसियो ?

    काठमाडौं : करिब साढे चार महिना अघि (अगस्ट १८) हालसम्मकै उच्च विन्दुको रेकर्ड कायम राखेयता नेप्सेको यात्रा निकै उतारचढावपूर्ण भएको छ । त्यसबेला, सूचक र कारोबार रकम दुवैमा निरन्तर माथिल्लो रेकर्ड कायम गर्दै अघिबढिरहेको नेप्सेको यात्रामा नियामकहरुको पोलिसीका कारण एकाएक ब्रेक लागेको थियो । त्यतिमात्र नभई नेप्सेको यात्रा नै युटर्न भएको थियो । यद्दपि, अहिले बजारले लगानीकर्तालाई पुनः उत्साहित बनाउँदै गएको छ । गत सातादेखि नेप्से पुनः माथिल्ला रेखाहरु कोर्न थालेको छ ।

    यो साढे चार महिनाको समय धेरै लगानीकर्ताका लागि निकै दुःखद रह्यो भने केहीका लागि भने नयाँ अवसर बन्यो । उकालो यात्रामा रहेको सेयर बजारले धेरैलाई सस्तो भाउमा सेयर लगानी गर्ने मौका दियो । सूचीकृत समूहहरुको मूल्य आम्दानी अनुपात (पीइ रेसियो) लाई हेर्यौ भने पनि सेयर भाउ उच्चतम विन्दुबाट कति सस्तो भएको रहेछ भनेर अनुमान गर्न सकिन्छ ।

    यसबीचमा धेरै कम्पनीहरुको लाभांशका लागि मूल्य समायोजन पनि भइसकेको छ । लाभांशमा मूल्य समायोजन हुँदा सेयर भाउ पनि थप घटेको छ । यद्दपि, बजार पुनः माथिल्लो विन्दुमा गएमा लाभांश पनि सहजै पच्ने देखिन्छ । यसैक्रममा यहाँ, नेप्से करिब ३,२०० विन्दुमा पुगेको बेला र गत बुधबारको क्लोजिङ विन्दु २५२४ बीचमा रहेको अवस्थालाई अध्ययन गर्ने हो भने सूचीकृत समूहहरुको पीइ रेसियोमा पनि उच्च गिरावट आएको देखिन्छ ।
    नेप्से निरन्तर घटेका बेला कस्तो देखियो सूचीकृत समूहहरुको औसत पीइ रेसियो ? काठमाडौं : करिब साढे चार महिना अघि (अगस्ट १८) हालसम्मकै उच्च विन्दुको रेकर्ड कायम राखेयता नेप्सेको यात्रा निकै उतारचढावपूर्ण भएको छ । त्यसबेला, सूचक र कारोबार रकम दुवैमा निरन्तर माथिल्लो रेकर्ड कायम गर्दै अघिबढिरहेको नेप्सेको यात्रामा नियामकहरुको पोलिसीका कारण एकाएक ब्रेक लागेको थियो । त्यतिमात्र नभई नेप्सेको यात्रा नै युटर्न भएको थियो । यद्दपि, अहिले बजारले लगानीकर्तालाई पुनः उत्साहित बनाउँदै गएको छ । गत सातादेखि नेप्से पुनः माथिल्ला रेखाहरु कोर्न थालेको छ । यो साढे चार महिनाको समय धेरै लगानीकर्ताका लागि निकै दुःखद रह्यो भने केहीका लागि भने नयाँ अवसर बन्यो । उकालो यात्रामा रहेको सेयर बजारले धेरैलाई सस्तो भाउमा सेयर लगानी गर्ने मौका दियो । सूचीकृत समूहहरुको मूल्य आम्दानी अनुपात (पीइ रेसियो) लाई हेर्यौ भने पनि सेयर भाउ उच्चतम विन्दुबाट कति सस्तो भएको रहेछ भनेर अनुमान गर्न सकिन्छ । यसबीचमा धेरै कम्पनीहरुको लाभांशका लागि मूल्य समायोजन पनि भइसकेको छ । लाभांशमा मूल्य समायोजन हुँदा सेयर भाउ पनि थप घटेको छ । यद्दपि, बजार पुनः माथिल्लो विन्दुमा गएमा लाभांश पनि सहजै पच्ने देखिन्छ । यसैक्रममा यहाँ, नेप्से करिब ३,२०० विन्दुमा पुगेको बेला र गत बुधबारको क्लोजिङ विन्दु २५२४ बीचमा रहेको अवस्थालाई अध्ययन गर्ने हो भने सूचीकृत समूहहरुको पीइ रेसियोमा पनि उच्च गिरावट आएको देखिन्छ ।
    Like
    1
    0 Comments 0 Shares 73 Views 0 Reviews
  • एसईई वैशाखमा लिन सुझाव ।

    काठमाडौं – यस वर्षको माध्यमिक तह उत्तीर्ण परीक्षा (एसईई) वैशाखमा सञ्चालन गर्न सरोकारवालाले सुझाव दिएका छन्। क्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले कोभिड १९का कारण गत असारबाट सुरु भएको शैक्षिक सत्र चैतसम्म पठनपाठन सञ्चालन गर्ने र वैशाखमा एसईई सञ्चालन गर्ने विषयमा छलफल भएको बताए।

    राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले आइतबार बस्ने बोर्ड बैठकमा यस विषयमा छलफल हुने बताए । उनले भने, ‘संघीया शिक्षा ऐन नबन्दासम्म एसईई गर्ने दायित्व बोर्डकै हो। कहिले गर्ने भन्ने विषयमा सरोकारवालासँग छलफल गरेका छौं। आइतबार बैठक बस्दैछ। कहिले गर्ने भन्ने निर्णय चाँडै गर्छौं।’

    यसअघि सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुले चैतसम्ममा कोर्स पूरा गरेर वैशाखमा परीक्षा सञ्चालन गर्न बोर्डलाई सुझाव दिएका थिए।

    संसद्को शिक्षा तथा स्वास्थ्य समितिले एसईई खारेज गर्न निर्देशन दिए पनि ऐन नहुँदा परीक्षा बोर्डले नै सञ्चालन गर्दै आएको छ।

    गत वर्ष बोर्डले तयार गरेको कार्यविधिको आधारमा परीक्षा सञ्चालन भएको थियो। शिक्षक सेवा आयोगले परीक्षा चैत १५ बाट सुरु गर्ने तयारी भएकाले एसईई मिति सार्न आग्रह गरेको छ।
    एसईई वैशाखमा लिन सुझाव । काठमाडौं – यस वर्षको माध्यमिक तह उत्तीर्ण परीक्षा (एसईई) वैशाखमा सञ्चालन गर्न सरोकारवालाले सुझाव दिएका छन्। क्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले कोभिड १९का कारण गत असारबाट सुरु भएको शैक्षिक सत्र चैतसम्म पठनपाठन सञ्चालन गर्ने र वैशाखमा एसईई सञ्चालन गर्ने विषयमा छलफल भएको बताए। राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले आइतबार बस्ने बोर्ड बैठकमा यस विषयमा छलफल हुने बताए । उनले भने, ‘संघीया शिक्षा ऐन नबन्दासम्म एसईई गर्ने दायित्व बोर्डकै हो। कहिले गर्ने भन्ने विषयमा सरोकारवालासँग छलफल गरेका छौं। आइतबार बैठक बस्दैछ। कहिले गर्ने भन्ने निर्णय चाँडै गर्छौं।’ यसअघि सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुले चैतसम्ममा कोर्स पूरा गरेर वैशाखमा परीक्षा सञ्चालन गर्न बोर्डलाई सुझाव दिएका थिए। संसद्को शिक्षा तथा स्वास्थ्य समितिले एसईई खारेज गर्न निर्देशन दिए पनि ऐन नहुँदा परीक्षा बोर्डले नै सञ्चालन गर्दै आएको छ। गत वर्ष बोर्डले तयार गरेको कार्यविधिको आधारमा परीक्षा सञ्चालन भएको थियो। शिक्षक सेवा आयोगले परीक्षा चैत १५ बाट सुरु गर्ने तयारी भएकाले एसईई मिति सार्न आग्रह गरेको छ।
    Like
    1
    0 Comments 0 Shares 83 Views 0 Reviews
  • Like
    2
    1 Comments 0 Shares 45 Views 0 Reviews
  • Like
    2
    1 Comments 0 Shares 45 Views 0 Reviews
More Stories