Recent Updates
  • Kaile aauxa paisa 5days vo
    Kaile aauxa paisa 5days vo
    Like
    5
    12 Comments 0 Shares 106 Views
  • Like
    3
    0 Comments 0 Shares 124 Views
  • Like
    6
    1 Comments 0 Shares 97 Views
  • Like
    7
    1 Comments 0 Shares 127 Views

  • वीरगंजमा मनाइयो नार्क दिवस, राज्यको नीति किसानमैत्री नभएको आरोप

    Posted: 08 May 2019 09:20 AM PDT


    प्रस, परवानीपुर, २५ वैशाख/
    कृषिप्रधान देश नेपालमा कृषकको लागि सरकारी नीति स्पष्ट तथा फाइदाजनक नरहेको आरोप लगाइएको छ । कृषि औजार अनुसन्धान केन्द्र रानीघाट, वीरगंजले आयोजना गरेको २८ औं नेपाल कृषि अनुसन्धान परिषद् दिवस कार्यक्रममा बोल्दै पर्सा–बाराका अगुवा कृषकहरूले यस्तो आरोप लगाएका हुन् ।
    सरसफाइ तथा वृक्षरोपण गरी शुभारम्भ गरिएको अन्तक्र्रिया कार्यक्रममा पर्सा बिजवनियाका किसान जयकिशोर यादवले राज्यको गलत नीतिको कारण यहाँका किसान मर्कामा परेको र कृषि उपजमा सोचेजति सुधार हुन नसकेको गुनासो गरे । किसानहरूले ठुलाबडाहरूको लागि मात्र नीति र कार्यक्रम काम लाग्ने बताएका थिए । कृषि ज्ञान केन्द्रमा पोहोर कतिवटा सामान तथा कृषियन्त्र अनुदानमा वितरण गरिएको छ, गएर हेर्दा वास्तविक किसान भन्दा पहुँचवाला नेताका मानिस बढी लाभान्वित भएका यादवले दाबी गरे । आपूmले टर्बो सिडरको लागि निवदेन दिंदा भागमा नपरेको तर पर्साका एकजना प्रभावशाली नेताको मानिसलाई ट्याक्टर परेको थियो, पछि सञ्चार माध्यममा उक्त कुरा आएपछि तानेर ट्याक्टर फिर्ता ल्याइयो, उनले भने ।
    कृषि उत्पादन बढाउन जबसम्म सरकारले यन्त्रीकरणमा अनुदान दिंदैन, किसानको लागत बढिरहने बारा, जितपुरसिमरा उपमहानगरपालिका खेस्रौलका किसान परमानन्द चौधरीले बताए । उनले मेशिनबाट खेती गर्न लागेको १० वर्ष भयो, शुरूमा केही समस्या आयो तर पछि उनको काम देखेर गाउँका अरू किसानले पनि मेशिन प्रयोग गरी उखु, मकै, आलु, धानलगायत रोपिरहेको बताए । यसले बाली हेरी प्रतिबिघा २० हजारसम्म लागत खर्च जोगाउनुका साथै उत्पादन पनि १५ प्रतिशतले बढाइरहेको बताए ।
    माटो विशेषज्ञ तथा पूर्व कृषि मन्त्रालयका कर्मचारी रामचन्द्र साहले सरकारले सबैभन्दा पहिले कृषि उपज बढाउन कृषि क्षेत्रमा स्पष्ट नीति तथा कार्यक्रम लानुपर्ने सुझाव दिए । उनले कति जग्गामा केके रोप्ने पहिले
    निर्धारण गरी, जग्गा एकनासले सम्याएर छुट्टै परिवेशको खेतीमा मेशिनको उपयोग गर्नुपर्ने नीति ल्याउन आग्रह गरे ।
    केन्द्रका प्रमुख सचिन मिश्रले स्वागत मन्तव्य तथा कार्यक्रमबारे प्रकाश पारेको कार्यक्रमको केन्द्रका द्वारिका चौधरीले सहजीकरण गरेका थिए ।
    गुट उपगुटका कारण पार्टी कमजोर –केन्द्रीय सदस्य मन्सुर

    Posted: 08 May 2019 09:19 AM PDT


    प्रस, वीरगज,२५ वैशाख/
    नेपाली कांग्रेसका केन्द्रीय सदस्य फरमुल्लाह मंसुरले वर्तमान सरकारले मुलुकमा राणा चलाउन खोजेको आरोप लगाएका छन् ।
    नेपाली कांग्रेस पर्साले बुधवार वीरगंजमा आयोजना गरेको ‘हिमाल, पहाड, तराई, मधेसमा राष्ट्रिय जागरण अभियान’ मा नेता मंसुरले सरकार जनताको मर्म र भावनाविपरीत गइरहेको आरोप लगाए ।
    दुईतिहाईको दम्भ देखाएर मुलुकलाई भ्रष्टाचारमा डुबाउँदै लगेको भन्दै उनले गाउँदेखि शहरसम्म भ्रष्टाचार मौलाएको र भ्रष्टाचारको अभियोगमा कर्मचारीहरू धमाधम पक्राउ पर्नु दुःखद भएको बताए ।
    कांग्रेस गुट–उपगुटको दलदलमा फसेको स्वीकार गर्दै जनतालाई लोकतन्त्रको अनुभूति दिलाउन कांग्रेसले गाउँगाउरमा पुग्न जागरण अभियान ल्याएको बताए । नेकपाले अहिले न्यायालय तथा सञ्चारमा सीधा हस्तक्षेप गरी विनाकारण दर्जनौ व्यक्तिलाई नियन्त्रणमा लिई रिस साधिरहेको नेता मंसुरले बताए । नेपालमा लोकतन्त्र बलियो बनाउन नेपाली कांग्रेसको काँधमा जिम्मेवारी आएको बताए ।
    जिल्ला सभापति अजय द्विवेदीको सभापतित्वमा शुरू भएको कार्यक्रममा प्रदेशसभा सदस्य शङ्कर चौधरी, राजेश्वर साह तेली, महानगरका उपमेयर शान्ति कार्की, युवा नेता जनार्दनसिंह क्षत्री, वीरेन्द्रलाल नेपालीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
    प्रस, रौतहट/
    नेपाली कांग्रेस पार्टीका केन्द्रीय सदस्य अजयकुमार चौरसियाले आप्mनै पार्टीमा भएको गुट–उपगुटले पार्टी कमजोर भएको बताएका छन् । नेपाली कांग्रेस जिल्ला कार्य समितिद्वारा आयोजित राष्ट्रिय जागरण अभियान कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् ।
    देशको राजनीतिक इतिहासमा ठूलो इतिहास बोकेको नेपाली कांग्रेस अहिले आप्mनै गुट–उपगुटका कारण कमजोर भएको नेता चौरसियाले बताए । देशमा लोकतन्त्रको स्थापना, शान्ति सम्झौता, संविधानसभा निर्वाचन तथा संविधान निर्माणजस्ता महŒवपूर्ण कार्य नेपाली कांग्रेसले गरेको उनले बताए । नेपाली कांग्रेस स्थानीय तहदेखि माथिल्लो तहसम्म एक ढिका नभए पार्टी अझ कमजोर बन्ने उनले बताए ।
    मधेसवादीको खोल ओढेका उपेन्द्र यादव मधेसी जन अधिकार फोरम पार्टीबाट उदय भई अहिले कम्युनिस्ट पार्टीमा विलय भएको बताए । मधेसी, जनजाति, पिछडावर्ग, मुस्लिमलगायत सम्पूर्ण वर्गका लागि सदैव लडिरहने पार्टी अहिले कमजोर भएको महसूस भइरहेको बताउँदै अहिलेपनि पार्टी एक ढिक्का बनेन हो भने कांग्रेसप्रति आस्थावान जनताले बाध्य भएर अन्य पार्टीलाई मत दिएको बताएका थिए । त्यसैले अब पार्टीका कार्यकर्ता–नेता एक हुने बेला आएको छ । देशमा अहिले दुईतिहाईको कम्युनिस्ट सरकारले कांग्रेसी कार्यकर्तालाई दुःख दिन लागेको आरोप लगाए ।
    सो अवसरमा पूर्वमन्त्री तथा वर्तमान सङ्घीय सांसद मोहम्मद आफताब आलमले रौतहटमा पार्टी अब एक ढिक्का हुने बताए । व्यक्तिगत स्वार्थभन्दा माथि उठेर नेता तथा कार्यकर्तालाई अगाडि बढ्न उनले आग्रह गरे । स्थानीय तहका वडादेखि भ्रातृ सङ्गठन चयन प्रक्रिया एक महीनाभित्र शुरू हुने बताए । जिल्ला सभापति कृष्ण यादवको अध्यक्षतामा भएको कार्यक्रममा सांसद देवप्रसाद तिमिल्सिना, देवचन्द्र मिश्र, नगरपालिकाका मेयर, उपमेयर, वडा अध्यक्षलगायतको सहभागिता थियो । मेथुर चौधरी धर्मशाला गरुडामा कार्यक्रम भएको थियो ।
    ठोरी नाकामा धूपीसल्लोसहित एकजना भारतीय पक्राउ

    Posted: 08 May 2019 09:18 AM PDT


    प्रस, ठोरी, २५ वैशाख/
    ठोरी नाकाबाट बहुमूल्य धूपीसल्लो सहित एकजना भारतीय नागरिक पक्राउ परेका छन् । सशस्त्र प्रहरी बोर्डर आउटपोस्ट ठोरीले धूपीसल्लोसहित भारतीय नागरिक पङ्कज साहलाई ठोरी भन्सार क्षेत्रबाट पक्राउ गरेको हो ।
    शङ्का लागेर चेकजाँच गर्दा उनको साथबाट करीब ३५ केजी धूपीसल्लो फेला परेको सशस्त्र प्रहरी निरीक्षक अमरबहादुर विकले जानकारी दिए । अस्थायीरूपमा नेपालको ठोरी गाउँपालिका–२, सुन्दरबस्ती बस्दै आएका साहले दैनिक ३०/३५ किलोको दरले मोटरसाइकलमा राखेर भारततर्फ तस्करी गर्ने गरेको खुलासा भएको छ । सिमेन्टको बोरामा बाँधेर बीआर २२ एल ०५९० नंको भारतीय मोटरसाइकलमा लोड गरेको अवस्थामा धूपीसल्लो बरामद भएको हो ।
    पक्राउ परेका साहले चितवन राष्ट्रिय निकुञ्जबाट ल्याएको बहुमूल्य धूपीसल्लो भारतको नरकटियागंजलगायत शहरमा पु¥र्याई प्रतिकेजी भारु २२५ मा बेच्ने गरेको खुलेको प्रहरी निरीक्षक विकले बताए । पक्राउ परेका साहलाई चितवन राष्ट्रिय निकुञ्जको कार्यालय कसरामा बुझाइएको प्रहरी निरीक्षक विकले बताएका छन् ।
    हुरी प्रभावित क्षेत्रमा अहिले पनि मनोरोगी फेला पर्दै

    Posted: 08 May 2019 09:17 AM PDT


    प्रस, परवानीपुर, २५ वैशाख/
    गत चैत १७ गते आएको हावाहुरीको प्रभाव मानसिकरूपमा गाउँलेहरूबाट नहटेको पाइएको छ । पर्सा–बारामा विकरालरूपमा आएको त्यो विपदले २९ जनाको ज्यान लिइसकेको छ भने करीब २ हजार घर ध्वस्त पारी पर्सा बाराको हजारौं गाउँलेहरूको मन–मष्तिस्कमा गम्भीर असर पारेको छ ।
    वीरगंजका मानसिक रोग विशेषज्ञ डा. भरत गोइतका अनुसार हावाहुरी गएको एक महीना बितिसक्दा पनि गाउँलेहरूमा पूर्णरूपमा निद्रा नआउने, टाउको दुख्ने, बान्ता हुने, डर लाग्ने, वाक्वाकी लाग्ने गरेको बताएका छन् । उनी बुधवार फेटा गाउँपालिका –१ भरवलिया पुगी प्रभावित बासिन्दाको स्वास्थ्य परीक्षण गर्दा मनोरोगी अहिले पनि फेला परिरहेको बताएका छन् ।
    उनले परीक्षणको क्रममा भरवलियाका छजनामा मनोरोग विकसित भएको बताए । कुनै पनि विपद् आएको तीन महीनासम्म त्यहाँका निवासीमा उक्त घटनाको असर रहने हुँदा स्वास्थ्य परीक्षण तथा मानसिकरूपमा चेतना जगाउने काम भएको सामाजिक अभियन्ता प्रकाश थारूले बताए । कार्यक्रममा स्वास्थ्यकर्मी अनिसकान्त कुशवाहाले सहजीकरण गरेका थिए ।
    कोदालो प्रहारबाट एकजनाको मृत्यु

    Posted: 08 May 2019 09:15 AM PDT

    प्रस, पर्सागढी, २५ वैशाख/
    वीरगंज महानगरपालिका–३२ बदनगरका ५५ वर्षीय रतन माझीको छिमेकी ३२ वर्षीय धुरुपत माझीको कोदालो प्रहारबाट मृत्यु भएको छ ।
    बाटो प्रयोग गर्ने विषयलाई लिएर मङ्गलवार दुईजनाबीच झडप भएको थियो । झडपको क्रममा रतनको टाउकोमा धुरुपतले कोदालो प्रहार गरेका थिए । गम्भीर घाइते रतनको उपचारको क्रममा बुधवार बिहान नारायणी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
    अभियुक्त धुरुपतलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा बुझाएको प्रहरी चौकी मिलन चोकले जनाएको छ । मृतक नातामा अभियुक्तका ससुरा पर्ने हुन् ।
    चक्रवात पीडितलाई राहत

    Posted: 08 May 2019 09:15 AM PDT


    प्रस, वीरगंज, २५ वैशाख/
    वीरगंज महानगरपालिका–२२ जगरनाथपुरका चक्रवात पीडितलाई राहतस्वरूप पोषणयुक्त खाना र शैक्ष्Fिक सामग्री वितरण गरिएको छ ।
    दिव्य युवा क्लबको सहजीकरणमा बुधवार प्रभावित क्षेत्रमा भएको कार्यक्रममा गर्भवती, सुत्केरी महिलाहरूलाई पोषणयुक्त खाना, सरसफाइ सामग्री र बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको क्लबका निर्देशक रमाकान्तप्रसाद कुर्मीले बताए ।
    वितरित सामाग्रीमा दाल, गेंडागुँडी, खानेतेल, साडी, स्यानेटरी प्याड, झुल तथा बालबालिकालाई कापी, पेन, ज्यामिति बक्स, पोशाकलगायत सामग्री रहेको उनले जानकारी दिए । वडाध्यक्ष ग्यासुद्दिन मियाँको अध्यक्षतामा भएको कार्यक्रममा वीरगंज महानगरपालिकाका सामाजिक विकास महाशाखा प्रमुख अरुणकुमार महतोलगायतको उपस्थिति थियो ।
    रेडक्रसका जन्मदाताको जन्मोत्सवमा विविध कार्यक्रम

    Posted: 08 May 2019 09:14 AM PDT

    प्रस, वीरगंज, २५ वैशाख/
    रेडक्रसका जन्मदाता जाँ हेनरी ड्युनाको जन्मदिनको अवसरमा बुधवार नेपाल रेडक्रस सोसाइटी, पर्साले विभिन्न कार्यक्रम सम्पन्न गरेको छ ।
    उक्त अवसरको आरम्भ रेडक्रसको झन्डोत्तोलनबाट गरिएको थियो । प्रदेश नं. २ का अध्यक्ष फुलमहम्मद मियाँले रक्तसञ्चार केन्द्रमा झन्डोत्तोलन गर्दै ड्युनाको तस्वीरमा माल्यार्पण गरेका थिए । सो अवसरमा रक्तसञ्चार केन्द्रमा रक्तदान कार्यक्रम सम्पन्न्न भयो । कार्यक्रममा तीनजना महिलासहित १६ जनाले रक्तदान गरेका थिए ।
    रक्तदान गर्नेहरूमा नेरेसो पर्साका सभापति वीरेन्द्रराज कँडेल, मन्त्री शैलेन्द्रकुमार चौरसिया, धीरेन्द्र झा, शार्दुल भट्टराई, सिर्जना श्रेष्ठ, मीना चौरसिया, रोशन गुप्तालगायत थिए ।
    कार्यक्रममा रेडक्रसका उपसभापति मधु राणा, मदन गुप्ता, दिनानाथ रौनियार, विना चौलागाई, विद्या भण्डारी, सरोजा राणा, दयाशङ्कर सिंह, साबिर अहमद, सलाउद्दीन अहमदलगायतको सहभागिता थियो ।
    यसैगरी विद्यालयस्तरीय कथा प्रतियोगिता सम्पन्न भयो । त्रिभुवन हनुमान माविमा आयोजित विद्यालयस्तरीय कथा प्रतियोगितामा विभिन्न ८ विद्यालयका १६ जना विद्यार्थी सहभागी थिए । कार्यक्रम सो विद्यFलयका प्रधानाध्यापक शत्रुघ्न गिरीको अध्यक्षतामा भएको थियो ।
    एनआइसी एशिया बैंकद्वारा भिस्वामा क्रिकेट प्रतियोगिता शुरू

    Posted: 08 May 2019 09:14 AM PDT


    प्रस, परवानीपुर, २५ वैशाख/
    एनआइसी एशिया बैंकको भिस्वा शाखाद्वारा आजदेखि टी–२० क्रिकेट प्रतियोगिता शुरू गरिएको छ ।
    पाँच दिने क्रिकेट प्रतियोगितामा बिहारका ३ र पर्साका ५ गरी ८ वटा टिमको सहभागिता छ । आइतवारसम्म चल्ने यस प्रतियोगिताको उद्घाटन भिस्वा शाखाका प्रबन्धक मैनुद्दिन हवारीले गरेका थिए ।
    आजको उद्घाटन खेल भिस्वा–१ र कट्टिबलुवा टिमबीच भएको थियो । जसमा कट्टिबलुवा दुई रनले विजयी भएको छ । टस जिती ब्याटिङ गरेको कट्टिबलुवाले २० ओभर खेल्दै ८ ओभरको क्षतिमा १२६ रन बनाएको थियो भने भिस्वा–१ ले पूरै ओभर अलआउट भएर १२४ रन मात्र बनायो । खेल भिस्वामा भइरहेको छ।
    परसौनीको मेयर कपमा परवानीपुर र परसौनी फाइनलमा

    Posted: 08 May 2019 09:13 AM PDT


    प्रस, परवानीपुर, २५ वैशाख/
    गत शनिवारदेखि बाराको परसौनी गाउँपालिकाद्वारा परसौनीको खुटवा क्रिकेट मैदानमा भइरहेको प्रथम मेयर कप क्रिकेट प्रतियोगिताको उपाधिको लागि शुक्रवार दिउँसो १ बजेदेखि आयोजक परसौनी गाउँपालिका र परवानीपुर गाउँपालिकाबीच फाइनल खेल हुने भएको छ ।
    मङ्गलवार भएको दोस्रो सेमिफाइनल खेलमा परसौनी गाउँपालिकाको टिमले विश्रामपुर टिमलाई ८ रनले पराजित गर्दै फाइनलमा परवानीपुरसँग भिड्ने स्थान पक्का गरेको हो । टस जिती पहिले ब्याटिङ रोजेको परसौनीले निर्धारित २० ओभरको खेलमा १७.२ बलमा अल आउट हुदैं ११६ रन बनायो ।
    ११७ रनको विजयी लक्ष्य लिई जवाफी ब्याटिङ गरेको विश्रामपुरले १८ ओभर २ बलमा अलआउट हुँदै जम्मा १०८ रन मात्र बनायो । हिजोको अन्तिम सेमिफाइनल खेलका म्यान अफ द म्याच परसौनीका मखसुद अन्सारी घोषित भए । यस अघि सोमवार भएको पहिलो सेमिफाइनल खेलमा देवताल गाउँपालिकालाई परवानीपुरले हराई फाइनल प्रवेश पाएको आयोजक परसौनी गाउँपालिकाका अध्यक्ष भोला कलवारले बताए । उनका अनुसार विजेताले ५१ हजार र उपविजेताले २५ हजार पुरस्कार राशि प्राप्त गर्नेछन् ।
    बजेटप्रतिको पूर्वाशा

    Posted: 08 May 2019 09:11 AM PDT


    सञ्जय साह मित्र
    हरेक वर्ष जेठको पन्ध्रौं दिन देशको अनुमानित आय–व्यय प्रस्तुत गर्ने चलन चलेको छ । देशमा नयाF संविधान आएपछि यस क्रमले निरन्तरता पाएको हो । पहिले प्रायः असार महीनाको अन्तिमतिर देशको अनुमानित आय–व्यय प्रस्तुत गरिन्थ्यो । असारको अन्तिम समयमा बजेट प्रस्तुत गरेर साउनको पहिलो दिनदेखि लागू गरिन्थ्यो र अहिलेपनि मध्य जेठमा प्रस्तुत गरेर असारसम्म बजेटमाथिको प्रायः सबै छलफल सम्पन्न गरी बजेट पारित गरिन्छ । बजेट पारित भएपछि साउनको पहिलो दिनदेखि लागू हुन्छ । बजेटको कार्यान्वयन साउनको पहिलो दिनदेखि नै हुने गरेको छ । साउनको पहिलो दिनदेखि नेपालको बजेट कार्यान्वयन गर्ने काम अलि पुरानै समयदेखि भइरहेको हो । बजेट तथा देशको आर्थिक गतिविधिको विषयमा अलिकति पनि जानकारी राख्नेले यो कुरो सजिलै बुझेका छन् कि हाम्रो देशमा बजेट कार्यान्वयन साउनदेखि हुन्छ ।
    पहिले जब असारको अन्तिम हप्तातिर वा अन्तिम दिन नै बजेट प्रस्तुत हुने गथ्र्यो, तब बजेटप्रति सामान्य रुचि राख्ने सबैले बजेटलाई राम्ररी सुन्दथे । बजेटको वाचनलाई राम्ररी सुन्ने होइन कि आप्mनो सरोकारको क्षेत्रका विश्लेषणहरूप्रति चासो दिन्थे । भोलिपल्टै वा साउन एक गतेदेखि नै कुन वस्तुको करमा के कति परिवर्तन आयो र कुन वस्तुको मूल्य बढ्ने भयो भन्ने चासो व्यक्त हुन थाल्दथ्यो । शिक्षित समुदायको लागि दुईवटा महŒवपूर्ण पक्ष थप हुन्थे । पहिलो कि रोजगार सिर्जना गर्ने कुरामा बजेटले के बोलेको छ र तलब वा भत्ता कति बढ्दैछ । कतिपयले त कसरी बढ्दैछ भनेर पनि विचार पु¥याउFथे । प्रतिशतमा बढेको छ कि सीधै रकम थपिएको छ । प्रतिशतमा हो भने अब तलब कति पुग्यो र सीधै रकम थपेको हो भने अब कति पुग्यो भनेर हिसाब गर्दथे । विभिन्न क्षेत्रका विश्लेषणहरूले यो पनि स्पष्ट पार्दथ्यो कि अब तलब यति भयो । फलानो तहका कर्मचारीको तलब अब यति हुने भयो र फलानो तहको कर्मचारीले अब यति पाउFछन् ।
    कर्मचारीको तलब बढ्दा नवयुवामा निकै उत्साह देखिन्थ्यो । जो रोजगारको खोजीमा हुन्थे, उनीहरू अब चाहिं खूब परिश्रम गर्नुपर्छ जसले गर्दा यो तहको नोकरी पाएF भने महीनामा यति रकम कमाउFछु भन्ने योजना बनाउन शुरू गर्थे । गाउFघरभन्दा शहर–बजारतिरका युवामा यो प्रवृत्ति अलि बढी पाइन्थ्यो । शहरमा विभिन्न सुविधा हुने र पढ्ने माहौल पनि हुने हुनाले शहरका नवयुवकहरूलाई तलबले पनि प्रभावित वा उत्साहित बनाएको देखिन्थ्यो । तर तलब बढ्दा महFगी पनि बढ्छ भनेर पहिलेदेखि नै सामाजिक धारणा रहेको छ । जहिले पनि तलब बढ्दा अब फेरि महFगी बढ्ने भयो भनेर विश्लेषण गरिन्छ । तलब नबढोस् भन्ने चाहना राख्नेहरूले मात्र यस प्रकारको विश्लेषण गर्ने गरेका छन् ।
    गत दुई वर्ष तलब नबढ्दा पनि महFगी त बढेकै हो नि, हैन र ? वास्तवमा गत वर्षभन्दा अघिल्लो वर्ष महFगी निकै बढेको थियो । गत वर्ष पनि महFगी बढेकै हो तर तलब बढेन । तलब नबढे पनि महFगी आप्mनो गतिमा बढिरहFदा तलब नबढ्दा महFगी बढेन भनेर कसैले तलबलाई गिज्याएन । तलबको सम्बन्ध बजेटसित हुFदैहुFदैन भन्ने होइन । तलब बढ्दा महFगी पनि बढ्छ भन्ने कुरामा आंशिक सत्यता हुन सक्छ किनभने हातमा नगद बढ्दा त्यसको प्रवाह पनि बढ्छ । यद्यपि महFगी कति बढ्छ र तलब कति बढ्छ भन्ने विषयमा खासै अध्ययन भएको पाइFदैन । कतिपय देशमा महFगीको तुलनामा तलब वा भत्ता वृद्धि गर्ने चलन नै रहेको छ । अझ कतिपय देशमा त बजेट प्रस्तुत हुFदा त्यसमा तलबको चर्चा नै गरिन्न किनभने त्यहाँ तलब वृद्धि गर्ने वा नगर्ने सिफारिश गर्न आयोग नै गठन भएको हुन्छ । आयोगले सिफारिश गरे अनुसार सरकारले बजेटमा तलब उल्लेख नै नगरी अघि वा पछि बढाएको हुन्छ । भत्ता पनि थपेको हुन्छ । सरकारले रकम उपलब्ध गराउने भए पनि तलब वा भत्ता निर्धारणमा सरकारको उति धेरै हस्तक्षेप नहुने पनि कतैकतै पाइएको छ ।
    अब पूर्वबजेट छलफल शुरू भएको छ । बजेट आउन अब धेरै समय बाFकी छैन । नयाF संविधानले निर्धारण गरेको समयमा नै बजेट पेश गर्नुपर्ने संवैधानिक बाध्यता रहेको छ । यसले गर्दा आउFदो महीनाको मध्यमा बजेट पेश हुने कुरामा कसैलाई शङ्का नै छैन । कतिको बजेट आउFदैछ र बजेटमा कुन कुराले प्राथमिकता पाउFदैछ भन्ने कुरो सबैले थाहा पाइसकेका छन् किनभने देशको संसद्बाट सरकारको नीति तथा कार्यक्रम पारित भइसकेको छ । बजेटको लागि नीति तथा कार्यक्रम निकै महŒवपूर्ण मानिन्छ । अधिकांश प्रजातान्त्रिक देशमा बजेटभन्दा पहिले नीति तथा कार्यक्रम पारित गर्ने चलन छ र नेपालले पनि यसको अभ्यास लामो समयदेखि गर्दै आएको छ । नीति तथा कार्यक्रममा नै आधारित भएर बजेट आउने हुन्छ । बजेट आउन थालेपछि बजेटप्रति रुचि वा आशा हुने धेरैले बजेटका धेरै कुराहरू थाहा पाउन खोज्दछन् । बजेटको विषयमा आप्mनो सरोकारका कुराहरू जानकारी लिन खोज्दछन् । यसकारण बजेट निर्माण भइरहेको अवस्थामा धेरैले यसमा आप्mनो चासोको कुरो के छ भनी नियालिरहेका हुन्छन् ।
    नीति तथा कार्यक्रमको आधारमा बजेटमा सामाजिक सुरक्षा भत्ता र कर्मचारीहरूको तलब बढ्दैछ भन्ने कुराहरू अनौपचारिक वा औपचारिक रूपमा सार्वजनिक भइरहेका छन् । बजेटमा यसपालि सामाजिक सुरक्षा भत्ता र कर्मचारीको तलब बढ्ने करीब निश्चित छ । गत वर्ष नै तलब र सामाजिक सुरक्षा भत्ता बढ्ने अनुमान गरिएको थियो । कुनैकुनै पत्रिकाले तलब बढ्दै गरेको लेखेका पनि थिए तर तलब र सामाजिक सुरक्षा भत्तामा वृद्धि भएन । तलबमा वृद्धि नभए पनि एक हजार रुपियाँ भने विशेष महFगी भत्ताको रूपमा बढेको थियो । यसपालि सामाजिक सुरक्षा भत्ता एक हजार रुपियाँले बढ्दै छ भन्ने कुरो विभिन्न माध्यमले सार्वजनिक भइरहेको छ । हुनत यस्ता कुराहरू विश्वसनीय नहुन पनि सक्छन् तर नीति तथा कार्यक्रममा नै यस प्रकारको सङ्केत आएपछि सासु–भत्ता बढ्ने कुरामा आशा जागेको छ । सामाजिक सुरक्षा भत्ता बुझिरहेकाहरूमा भने यसले निकै आशा जगाएको छ । अब राज्यको तर्फबाट पाइने भत्ता तीन हजार रुपियाँ पुग्दैछ भन्ने सुनेर यस प्रकारको भत्ताको आशामा रहनेहरू उत्साहित भइरहेका छन् । यस वर्ष भने आशा चाहिं निराशामा परिणत नहुने विश्वास पनि लिइरहेका छन् । सासु–भत्ता बुझ्ने तर अशिक्षित वा अपठित विपन्नहरू पनि तलबको कुरो उठाउFछन् र आपूmले पाउने भत्ताको कुरो पनि सुन्न चाहन्छन् । वास्तवमा सामाजिक सुरक्षा भत्ताले निकै ठूलो क्षेत्र सिर्जना गरिसकेको छ र यसले समाजमा निकै ठूलो महŒव पनि पाइसकेको छ ।
    राज्यकोषबाट तलब प्राप्त गरेर गुजारा गरिरहेकाहरूमा भने तलबको आशा निकै बढेको छ । बजेटको विषयमा आइरहेका सबै खबर, चर्चा–परिचर्चा तथा विश्लेषणहरूमा तलब बुझ्ने वर्गको ध्यान तानिएको छ । तलब पाउने कर्मचारीहरूमाथि उसको परिवारको पनि आशाको नजर टिकेको हुन्छ । अन्य वर्ग पनि प्रत्यक्ष परोक्षरूपमा आश्रित हुन्छ ।
    गाउFघरमा विकासको आशा पनि निकै बढेको छ । आप्mनो आसपासमा विकासको लागि आवश्यक कुराको छलफल हुन थालेको छ । बजेट पूर्वको आशा भने बजेट प्रस्तुतिको दिन नजीकिंदै जाFदा झन् बढेको छ ।
    चक्रवातको जोखिम

    Posted: 08 May 2019 09:10 AM PDT

    बितेको साता विनाशकारी प्राकृतिक प्रकोपबाट भारत जोगिन सफल भएको छ । गएको शुक्रवार र शनिवार उडिसा राज्यमा १९३ देखि २४५ किलोमिटर प्रतिघण्टाको दरले ‘फानी’ टर्नेडो आयो । फानीले उडिसाको करिब १० हजार गाउँ र ५२ वटा शहरलाई लतारेर गयो । ११ लाख ५० हजारभन्दा बढी जनसङ्ख्या बसोवास गर्ने क्षेत्रमा बिजुली, टेलिफोनका खम्बाहरू लडे, ठूल्ठूला रूख जरासहित उखेलिए, फुसका घरहरू उडे । सो घटनामा ८ जनाको मात्रै ज्यान गयो । यता बितेको चैत १७ गते साँझ पर्सा–बारामा पनि चक्रवातले भने विध्वंस मच्चायो । ९० किलोमिटर प्रतिघण्टाको दरले आएको चक्रवातले करीब ३० हजार जनसङ्ख्या बसोवास क्षेत्रलाई ओगटेर अगाडि बढ्दा २९ जनाको ज्यान गयो । संयुक्तराज्य अमेरिकाको मध्य क्षेत्रमा नेपालको जस्तो चक्रवात वार्षिक ५०–६० वटा आउने गर्छ । त्यहाँ मानवीय क्षति झन्डै शून्य हुन्छ । भौतिक सम्पत्तिको क्षति भने भइरहन्छ । भारतमा यसपटक आएको फानी नामको चक्रवात नेपालमा आएको टर्नेडो र अमेरिकामा आइरहने चक्रवातभन्दा निकै शक्तिशाली हो । नेपालमा आएको चक्रवात अमेरिकासँग मिल्दोजुल्दो भएकोले यसलाई ‘अमेरिकी टर्नेडोे’ भनी नामाकरण गरेको छ ।
    विश्व नयाँ प्रविधिमा प्रतिस्पर्धाका साथ अगाडि बढिरहेको छ । जल तथा मौसम एवं हावाको अवस्था पत्ता लगाउने सूचना प्रविधिको विकासका कारण जतिसुकै शक्तिशाली चक्रवात आएपनि नागरिकको जीवन रक्षा गर्न भारत, अमेरिकालगायत मुलुकहरू सफल छन् । चक्रवात आउनुभन्दा निकै दिन पहिले भारतको मौसम विज्ञान विभागले सूचना जारी गरिसकेको थियो । चक्रवात कुन क्ष्Fेत्र भएर जाने र कुन क्ष्Fेत्रलाई नछुने पहिचान भइसकेको थियो । पाँचवटा भारतीय भूउपग्रह अन्तरिक्षमा क्रियाशील छ । हरेक १५ मिनटमा त्यसले भू–स्टेशनमा सङ्केत पठाइरहन्छ । सोही आधारमा त्यहाँको सरकारले पर्याप्त शिविरहरू खडा गरी नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण ग¥यो । कतिपय स्थानमा सुरुङ निर्माण गरी सुरक्षा अभ्यास पनि गराइयो । सुरक्षित सुरुङ निर्माण कार्य अमेरिकामा धेरै पहिले सफल भइसकेको छ । त्यहाँ धेरै टर्नेडो आइरहने क्षेत्रका घरहरूमा भुइँ तलामुनि बंकर निर्माण गर्ने चलन स्थापित भइसकेको छ ।
    भारत र अमेरिका विकसित मुलुक हुन्, नेपाल विकासोन्मुख मुलुक । हाम्रबीच धेरै कुरा दाँज्न सकिंदैन । तर कतिपय कुरा, चाहने हो भने, हामी पनि गर्न सक्छौं । दुई करोड रुपियाँको लगानीमा केही दिन पहिले नेपालले नानो स्याटेलाइट प्रक्षेपण ग¥यो । यो कम क्षमताको र भिन्न विशेषताको थियोे । ५० करोड रुपियाँभन्दा बढी लगानीमा हाल भारतको जस्तै स्याटेलाइट प्रक्षेपण गर्न सकिने कुरा आइसकेको छ । मौसम पूर्वानुमानसम्बन्धी स्याटेलाइट रहर नभएर अति आवश्यक प्रविधि भइसकेको छ । प्राकृतिक प्रकोपबाट जोगिने कार्यलाई भगवान् भरोसा ठान्नु जङ्गली अवस्थाको सोच मानिन्छ । दक्षिण एशियामा बङ्गलादेशपछि चक्रवातको जोखिममा नेपाल रहेको कुरा विज्ञहरूले सार्वजनिक गरिसकेका छन् । चक्रवात फेरि नआउला भन्न सकिन्न । त्यसले पु¥याउने मानवीय क्षति जोगाउन मौसम पूर्वानुमान एवं अन्तरिक्ष सूचना सञ्जालमा लगानी गरी भरपर्दो बनाउनु र सुरक्षित हुनु बुद्धिमानी ठहर्नेछ ।
    वीरगंजमा मनाइयो नार्क दिवस, राज्यको नीति किसानमैत्री नभएको आरोप Posted: 08 May 2019 09:20 AM PDT प्रस, परवानीपुर, २५ वैशाख/ कृषिप्रधान देश नेपालमा कृषकको लागि सरकारी नीति स्पष्ट तथा फाइदाजनक नरहेको आरोप लगाइएको छ । कृषि औजार अनुसन्धान केन्द्र रानीघाट, वीरगंजले आयोजना गरेको २८ औं नेपाल कृषि अनुसन्धान परिषद् दिवस कार्यक्रममा बोल्दै पर्सा–बाराका अगुवा कृषकहरूले यस्तो आरोप लगाएका हुन् । सरसफाइ तथा वृक्षरोपण गरी शुभारम्भ गरिएको अन्तक्र्रिया कार्यक्रममा पर्सा बिजवनियाका किसान जयकिशोर यादवले राज्यको गलत नीतिको कारण यहाँका किसान मर्कामा परेको र कृषि उपजमा सोचेजति सुधार हुन नसकेको गुनासो गरे । किसानहरूले ठुलाबडाहरूको लागि मात्र नीति र कार्यक्रम काम लाग्ने बताएका थिए । कृषि ज्ञान केन्द्रमा पोहोर कतिवटा सामान तथा कृषियन्त्र अनुदानमा वितरण गरिएको छ, गएर हेर्दा वास्तविक किसान भन्दा पहुँचवाला नेताका मानिस बढी लाभान्वित भएका यादवले दाबी गरे । आपूmले टर्बो सिडरको लागि निवदेन दिंदा भागमा नपरेको तर पर्साका एकजना प्रभावशाली नेताको मानिसलाई ट्याक्टर परेको थियो, पछि सञ्चार माध्यममा उक्त कुरा आएपछि तानेर ट्याक्टर फिर्ता ल्याइयो, उनले भने । कृषि उत्पादन बढाउन जबसम्म सरकारले यन्त्रीकरणमा अनुदान दिंदैन, किसानको लागत बढिरहने बारा, जितपुरसिमरा उपमहानगरपालिका खेस्रौलका किसान परमानन्द चौधरीले बताए । उनले मेशिनबाट खेती गर्न लागेको १० वर्ष भयो, शुरूमा केही समस्या आयो तर पछि उनको काम देखेर गाउँका अरू किसानले पनि मेशिन प्रयोग गरी उखु, मकै, आलु, धानलगायत रोपिरहेको बताए । यसले बाली हेरी प्रतिबिघा २० हजारसम्म लागत खर्च जोगाउनुका साथै उत्पादन पनि १५ प्रतिशतले बढाइरहेको बताए । माटो विशेषज्ञ तथा पूर्व कृषि मन्त्रालयका कर्मचारी रामचन्द्र साहले सरकारले सबैभन्दा पहिले कृषि उपज बढाउन कृषि क्षेत्रमा स्पष्ट नीति तथा कार्यक्रम लानुपर्ने सुझाव दिए । उनले कति जग्गामा केके रोप्ने पहिले निर्धारण गरी, जग्गा एकनासले सम्याएर छुट्टै परिवेशको खेतीमा मेशिनको उपयोग गर्नुपर्ने नीति ल्याउन आग्रह गरे । केन्द्रका प्रमुख सचिन मिश्रले स्वागत मन्तव्य तथा कार्यक्रमबारे प्रकाश पारेको कार्यक्रमको केन्द्रका द्वारिका चौधरीले सहजीकरण गरेका थिए । गुट उपगुटका कारण पार्टी कमजोर –केन्द्रीय सदस्य मन्सुर Posted: 08 May 2019 09:19 AM PDT प्रस, वीरगज,२५ वैशाख/ नेपाली कांग्रेसका केन्द्रीय सदस्य फरमुल्लाह मंसुरले वर्तमान सरकारले मुलुकमा राणा चलाउन खोजेको आरोप लगाएका छन् । नेपाली कांग्रेस पर्साले बुधवार वीरगंजमा आयोजना गरेको ‘हिमाल, पहाड, तराई, मधेसमा राष्ट्रिय जागरण अभियान’ मा नेता मंसुरले सरकार जनताको मर्म र भावनाविपरीत गइरहेको आरोप लगाए । दुईतिहाईको दम्भ देखाएर मुलुकलाई भ्रष्टाचारमा डुबाउँदै लगेको भन्दै उनले गाउँदेखि शहरसम्म भ्रष्टाचार मौलाएको र भ्रष्टाचारको अभियोगमा कर्मचारीहरू धमाधम पक्राउ पर्नु दुःखद भएको बताए । कांग्रेस गुट–उपगुटको दलदलमा फसेको स्वीकार गर्दै जनतालाई लोकतन्त्रको अनुभूति दिलाउन कांग्रेसले गाउँगाउरमा पुग्न जागरण अभियान ल्याएको बताए । नेकपाले अहिले न्यायालय तथा सञ्चारमा सीधा हस्तक्षेप गरी विनाकारण दर्जनौ व्यक्तिलाई नियन्त्रणमा लिई रिस साधिरहेको नेता मंसुरले बताए । नेपालमा लोकतन्त्र बलियो बनाउन नेपाली कांग्रेसको काँधमा जिम्मेवारी आएको बताए । जिल्ला सभापति अजय द्विवेदीको सभापतित्वमा शुरू भएको कार्यक्रममा प्रदेशसभा सदस्य शङ्कर चौधरी, राजेश्वर साह तेली, महानगरका उपमेयर शान्ति कार्की, युवा नेता जनार्दनसिंह क्षत्री, वीरेन्द्रलाल नेपालीलगायतले मन्तव्य व्यक्त गरेका थिए । प्रस, रौतहट/ नेपाली कांग्रेस पार्टीका केन्द्रीय सदस्य अजयकुमार चौरसियाले आप्mनै पार्टीमा भएको गुट–उपगुटले पार्टी कमजोर भएको बताएका छन् । नेपाली कांग्रेस जिल्ला कार्य समितिद्वारा आयोजित राष्ट्रिय जागरण अभियान कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् । देशको राजनीतिक इतिहासमा ठूलो इतिहास बोकेको नेपाली कांग्रेस अहिले आप्mनै गुट–उपगुटका कारण कमजोर भएको नेता चौरसियाले बताए । देशमा लोकतन्त्रको स्थापना, शान्ति सम्झौता, संविधानसभा निर्वाचन तथा संविधान निर्माणजस्ता महŒवपूर्ण कार्य नेपाली कांग्रेसले गरेको उनले बताए । नेपाली कांग्रेस स्थानीय तहदेखि माथिल्लो तहसम्म एक ढिका नभए पार्टी अझ कमजोर बन्ने उनले बताए । मधेसवादीको खोल ओढेका उपेन्द्र यादव मधेसी जन अधिकार फोरम पार्टीबाट उदय भई अहिले कम्युनिस्ट पार्टीमा विलय भएको बताए । मधेसी, जनजाति, पिछडावर्ग, मुस्लिमलगायत सम्पूर्ण वर्गका लागि सदैव लडिरहने पार्टी अहिले कमजोर भएको महसूस भइरहेको बताउँदै अहिलेपनि पार्टी एक ढिक्का बनेन हो भने कांग्रेसप्रति आस्थावान जनताले बाध्य भएर अन्य पार्टीलाई मत दिएको बताएका थिए । त्यसैले अब पार्टीका कार्यकर्ता–नेता एक हुने बेला आएको छ । देशमा अहिले दुईतिहाईको कम्युनिस्ट सरकारले कांग्रेसी कार्यकर्तालाई दुःख दिन लागेको आरोप लगाए । सो अवसरमा पूर्वमन्त्री तथा वर्तमान सङ्घीय सांसद मोहम्मद आफताब आलमले रौतहटमा पार्टी अब एक ढिक्का हुने बताए । व्यक्तिगत स्वार्थभन्दा माथि उठेर नेता तथा कार्यकर्तालाई अगाडि बढ्न उनले आग्रह गरे । स्थानीय तहका वडादेखि भ्रातृ सङ्गठन चयन प्रक्रिया एक महीनाभित्र शुरू हुने बताए । जिल्ला सभापति कृष्ण यादवको अध्यक्षतामा भएको कार्यक्रममा सांसद देवप्रसाद तिमिल्सिना, देवचन्द्र मिश्र, नगरपालिकाका मेयर, उपमेयर, वडा अध्यक्षलगायतको सहभागिता थियो । मेथुर चौधरी धर्मशाला गरुडामा कार्यक्रम भएको थियो । ठोरी नाकामा धूपीसल्लोसहित एकजना भारतीय पक्राउ Posted: 08 May 2019 09:18 AM PDT प्रस, ठोरी, २५ वैशाख/ ठोरी नाकाबाट बहुमूल्य धूपीसल्लो सहित एकजना भारतीय नागरिक पक्राउ परेका छन् । सशस्त्र प्रहरी बोर्डर आउटपोस्ट ठोरीले धूपीसल्लोसहित भारतीय नागरिक पङ्कज साहलाई ठोरी भन्सार क्षेत्रबाट पक्राउ गरेको हो । शङ्का लागेर चेकजाँच गर्दा उनको साथबाट करीब ३५ केजी धूपीसल्लो फेला परेको सशस्त्र प्रहरी निरीक्षक अमरबहादुर विकले जानकारी दिए । अस्थायीरूपमा नेपालको ठोरी गाउँपालिका–२, सुन्दरबस्ती बस्दै आएका साहले दैनिक ३०/३५ किलोको दरले मोटरसाइकलमा राखेर भारततर्फ तस्करी गर्ने गरेको खुलासा भएको छ । सिमेन्टको बोरामा बाँधेर बीआर २२ एल ०५९० नंको भारतीय मोटरसाइकलमा लोड गरेको अवस्थामा धूपीसल्लो बरामद भएको हो । पक्राउ परेका साहले चितवन राष्ट्रिय निकुञ्जबाट ल्याएको बहुमूल्य धूपीसल्लो भारतको नरकटियागंजलगायत शहरमा पु¥र्याई प्रतिकेजी भारु २२५ मा बेच्ने गरेको खुलेको प्रहरी निरीक्षक विकले बताए । पक्राउ परेका साहलाई चितवन राष्ट्रिय निकुञ्जको कार्यालय कसरामा बुझाइएको प्रहरी निरीक्षक विकले बताएका छन् । हुरी प्रभावित क्षेत्रमा अहिले पनि मनोरोगी फेला पर्दै Posted: 08 May 2019 09:17 AM PDT प्रस, परवानीपुर, २५ वैशाख/ गत चैत १७ गते आएको हावाहुरीको प्रभाव मानसिकरूपमा गाउँलेहरूबाट नहटेको पाइएको छ । पर्सा–बारामा विकरालरूपमा आएको त्यो विपदले २९ जनाको ज्यान लिइसकेको छ भने करीब २ हजार घर ध्वस्त पारी पर्सा बाराको हजारौं गाउँलेहरूको मन–मष्तिस्कमा गम्भीर असर पारेको छ । वीरगंजका मानसिक रोग विशेषज्ञ डा. भरत गोइतका अनुसार हावाहुरी गएको एक महीना बितिसक्दा पनि गाउँलेहरूमा पूर्णरूपमा निद्रा नआउने, टाउको दुख्ने, बान्ता हुने, डर लाग्ने, वाक्वाकी लाग्ने गरेको बताएका छन् । उनी बुधवार फेटा गाउँपालिका –१ भरवलिया पुगी प्रभावित बासिन्दाको स्वास्थ्य परीक्षण गर्दा मनोरोगी अहिले पनि फेला परिरहेको बताएका छन् । उनले परीक्षणको क्रममा भरवलियाका छजनामा मनोरोग विकसित भएको बताए । कुनै पनि विपद् आएको तीन महीनासम्म त्यहाँका निवासीमा उक्त घटनाको असर रहने हुँदा स्वास्थ्य परीक्षण तथा मानसिकरूपमा चेतना जगाउने काम भएको सामाजिक अभियन्ता प्रकाश थारूले बताए । कार्यक्रममा स्वास्थ्यकर्मी अनिसकान्त कुशवाहाले सहजीकरण गरेका थिए । कोदालो प्रहारबाट एकजनाको मृत्यु Posted: 08 May 2019 09:15 AM PDT प्रस, पर्सागढी, २५ वैशाख/ वीरगंज महानगरपालिका–३२ बदनगरका ५५ वर्षीय रतन माझीको छिमेकी ३२ वर्षीय धुरुपत माझीको कोदालो प्रहारबाट मृत्यु भएको छ । बाटो प्रयोग गर्ने विषयलाई लिएर मङ्गलवार दुईजनाबीच झडप भएको थियो । झडपको क्रममा रतनको टाउकोमा धुरुपतले कोदालो प्रहार गरेका थिए । गम्भीर घाइते रतनको उपचारको क्रममा बुधवार बिहान नारायणी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । अभियुक्त धुरुपतलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा बुझाएको प्रहरी चौकी मिलन चोकले जनाएको छ । मृतक नातामा अभियुक्तका ससुरा पर्ने हुन् । चक्रवात पीडितलाई राहत Posted: 08 May 2019 09:15 AM PDT प्रस, वीरगंज, २५ वैशाख/ वीरगंज महानगरपालिका–२२ जगरनाथपुरका चक्रवात पीडितलाई राहतस्वरूप पोषणयुक्त खाना र शैक्ष्Fिक सामग्री वितरण गरिएको छ । दिव्य युवा क्लबको सहजीकरणमा बुधवार प्रभावित क्षेत्रमा भएको कार्यक्रममा गर्भवती, सुत्केरी महिलाहरूलाई पोषणयुक्त खाना, सरसफाइ सामग्री र बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको क्लबका निर्देशक रमाकान्तप्रसाद कुर्मीले बताए । वितरित सामाग्रीमा दाल, गेंडागुँडी, खानेतेल, साडी, स्यानेटरी प्याड, झुल तथा बालबालिकालाई कापी, पेन, ज्यामिति बक्स, पोशाकलगायत सामग्री रहेको उनले जानकारी दिए । वडाध्यक्ष ग्यासुद्दिन मियाँको अध्यक्षतामा भएको कार्यक्रममा वीरगंज महानगरपालिकाका सामाजिक विकास महाशाखा प्रमुख अरुणकुमार महतोलगायतको उपस्थिति थियो । रेडक्रसका जन्मदाताको जन्मोत्सवमा विविध कार्यक्रम Posted: 08 May 2019 09:14 AM PDT प्रस, वीरगंज, २५ वैशाख/ रेडक्रसका जन्मदाता जाँ हेनरी ड्युनाको जन्मदिनको अवसरमा बुधवार नेपाल रेडक्रस सोसाइटी, पर्साले विभिन्न कार्यक्रम सम्पन्न गरेको छ । उक्त अवसरको आरम्भ रेडक्रसको झन्डोत्तोलनबाट गरिएको थियो । प्रदेश नं. २ का अध्यक्ष फुलमहम्मद मियाँले रक्तसञ्चार केन्द्रमा झन्डोत्तोलन गर्दै ड्युनाको तस्वीरमा माल्यार्पण गरेका थिए । सो अवसरमा रक्तसञ्चार केन्द्रमा रक्तदान कार्यक्रम सम्पन्न्न भयो । कार्यक्रममा तीनजना महिलासहित १६ जनाले रक्तदान गरेका थिए । रक्तदान गर्नेहरूमा नेरेसो पर्साका सभापति वीरेन्द्रराज कँडेल, मन्त्री शैलेन्द्रकुमार चौरसिया, धीरेन्द्र झा, शार्दुल भट्टराई, सिर्जना श्रेष्ठ, मीना चौरसिया, रोशन गुप्तालगायत थिए । कार्यक्रममा रेडक्रसका उपसभापति मधु राणा, मदन गुप्ता, दिनानाथ रौनियार, विना चौलागाई, विद्या भण्डारी, सरोजा राणा, दयाशङ्कर सिंह, साबिर अहमद, सलाउद्दीन अहमदलगायतको सहभागिता थियो । यसैगरी विद्यालयस्तरीय कथा प्रतियोगिता सम्पन्न भयो । त्रिभुवन हनुमान माविमा आयोजित विद्यालयस्तरीय कथा प्रतियोगितामा विभिन्न ८ विद्यालयका १६ जना विद्यार्थी सहभागी थिए । कार्यक्रम सो विद्यFलयका प्रधानाध्यापक शत्रुघ्न गिरीको अध्यक्षतामा भएको थियो । एनआइसी एशिया बैंकद्वारा भिस्वामा क्रिकेट प्रतियोगिता शुरू Posted: 08 May 2019 09:14 AM PDT प्रस, परवानीपुर, २५ वैशाख/ एनआइसी एशिया बैंकको भिस्वा शाखाद्वारा आजदेखि टी–२० क्रिकेट प्रतियोगिता शुरू गरिएको छ । पाँच दिने क्रिकेट प्रतियोगितामा बिहारका ३ र पर्साका ५ गरी ८ वटा टिमको सहभागिता छ । आइतवारसम्म चल्ने यस प्रतियोगिताको उद्घाटन भिस्वा शाखाका प्रबन्धक मैनुद्दिन हवारीले गरेका थिए । आजको उद्घाटन खेल भिस्वा–१ र कट्टिबलुवा टिमबीच भएको थियो । जसमा कट्टिबलुवा दुई रनले विजयी भएको छ । टस जिती ब्याटिङ गरेको कट्टिबलुवाले २० ओभर खेल्दै ८ ओभरको क्षतिमा १२६ रन बनाएको थियो भने भिस्वा–१ ले पूरै ओभर अलआउट भएर १२४ रन मात्र बनायो । खेल भिस्वामा भइरहेको छ। परसौनीको मेयर कपमा परवानीपुर र परसौनी फाइनलमा Posted: 08 May 2019 09:13 AM PDT प्रस, परवानीपुर, २५ वैशाख/ गत शनिवारदेखि बाराको परसौनी गाउँपालिकाद्वारा परसौनीको खुटवा क्रिकेट मैदानमा भइरहेको प्रथम मेयर कप क्रिकेट प्रतियोगिताको उपाधिको लागि शुक्रवार दिउँसो १ बजेदेखि आयोजक परसौनी गाउँपालिका र परवानीपुर गाउँपालिकाबीच फाइनल खेल हुने भएको छ । मङ्गलवार भएको दोस्रो सेमिफाइनल खेलमा परसौनी गाउँपालिकाको टिमले विश्रामपुर टिमलाई ८ रनले पराजित गर्दै फाइनलमा परवानीपुरसँग भिड्ने स्थान पक्का गरेको हो । टस जिती पहिले ब्याटिङ रोजेको परसौनीले निर्धारित २० ओभरको खेलमा १७.२ बलमा अल आउट हुदैं ११६ रन बनायो । ११७ रनको विजयी लक्ष्य लिई जवाफी ब्याटिङ गरेको विश्रामपुरले १८ ओभर २ बलमा अलआउट हुँदै जम्मा १०८ रन मात्र बनायो । हिजोको अन्तिम सेमिफाइनल खेलका म्यान अफ द म्याच परसौनीका मखसुद अन्सारी घोषित भए । यस अघि सोमवार भएको पहिलो सेमिफाइनल खेलमा देवताल गाउँपालिकालाई परवानीपुरले हराई फाइनल प्रवेश पाएको आयोजक परसौनी गाउँपालिकाका अध्यक्ष भोला कलवारले बताए । उनका अनुसार विजेताले ५१ हजार र उपविजेताले २५ हजार पुरस्कार राशि प्राप्त गर्नेछन् । बजेटप्रतिको पूर्वाशा Posted: 08 May 2019 09:11 AM PDT सञ्जय साह मित्र हरेक वर्ष जेठको पन्ध्रौं दिन देशको अनुमानित आय–व्यय प्रस्तुत गर्ने चलन चलेको छ । देशमा नयाF संविधान आएपछि यस क्रमले निरन्तरता पाएको हो । पहिले प्रायः असार महीनाको अन्तिमतिर देशको अनुमानित आय–व्यय प्रस्तुत गरिन्थ्यो । असारको अन्तिम समयमा बजेट प्रस्तुत गरेर साउनको पहिलो दिनदेखि लागू गरिन्थ्यो र अहिलेपनि मध्य जेठमा प्रस्तुत गरेर असारसम्म बजेटमाथिको प्रायः सबै छलफल सम्पन्न गरी बजेट पारित गरिन्छ । बजेट पारित भएपछि साउनको पहिलो दिनदेखि लागू हुन्छ । बजेटको कार्यान्वयन साउनको पहिलो दिनदेखि नै हुने गरेको छ । साउनको पहिलो दिनदेखि नेपालको बजेट कार्यान्वयन गर्ने काम अलि पुरानै समयदेखि भइरहेको हो । बजेट तथा देशको आर्थिक गतिविधिको विषयमा अलिकति पनि जानकारी राख्नेले यो कुरो सजिलै बुझेका छन् कि हाम्रो देशमा बजेट कार्यान्वयन साउनदेखि हुन्छ । पहिले जब असारको अन्तिम हप्तातिर वा अन्तिम दिन नै बजेट प्रस्तुत हुने गथ्र्यो, तब बजेटप्रति सामान्य रुचि राख्ने सबैले बजेटलाई राम्ररी सुन्दथे । बजेटको वाचनलाई राम्ररी सुन्ने होइन कि आप्mनो सरोकारको क्षेत्रका विश्लेषणहरूप्रति चासो दिन्थे । भोलिपल्टै वा साउन एक गतेदेखि नै कुन वस्तुको करमा के कति परिवर्तन आयो र कुन वस्तुको मूल्य बढ्ने भयो भन्ने चासो व्यक्त हुन थाल्दथ्यो । शिक्षित समुदायको लागि दुईवटा महŒवपूर्ण पक्ष थप हुन्थे । पहिलो कि रोजगार सिर्जना गर्ने कुरामा बजेटले के बोलेको छ र तलब वा भत्ता कति बढ्दैछ । कतिपयले त कसरी बढ्दैछ भनेर पनि विचार पु¥याउFथे । प्रतिशतमा बढेको छ कि सीधै रकम थपिएको छ । प्रतिशतमा हो भने अब तलब कति पुग्यो र सीधै रकम थपेको हो भने अब कति पुग्यो भनेर हिसाब गर्दथे । विभिन्न क्षेत्रका विश्लेषणहरूले यो पनि स्पष्ट पार्दथ्यो कि अब तलब यति भयो । फलानो तहका कर्मचारीको तलब अब यति हुने भयो र फलानो तहको कर्मचारीले अब यति पाउFछन् । कर्मचारीको तलब बढ्दा नवयुवामा निकै उत्साह देखिन्थ्यो । जो रोजगारको खोजीमा हुन्थे, उनीहरू अब चाहिं खूब परिश्रम गर्नुपर्छ जसले गर्दा यो तहको नोकरी पाएF भने महीनामा यति रकम कमाउFछु भन्ने योजना बनाउन शुरू गर्थे । गाउFघरभन्दा शहर–बजारतिरका युवामा यो प्रवृत्ति अलि बढी पाइन्थ्यो । शहरमा विभिन्न सुविधा हुने र पढ्ने माहौल पनि हुने हुनाले शहरका नवयुवकहरूलाई तलबले पनि प्रभावित वा उत्साहित बनाएको देखिन्थ्यो । तर तलब बढ्दा महFगी पनि बढ्छ भनेर पहिलेदेखि नै सामाजिक धारणा रहेको छ । जहिले पनि तलब बढ्दा अब फेरि महFगी बढ्ने भयो भनेर विश्लेषण गरिन्छ । तलब नबढोस् भन्ने चाहना राख्नेहरूले मात्र यस प्रकारको विश्लेषण गर्ने गरेका छन् । गत दुई वर्ष तलब नबढ्दा पनि महFगी त बढेकै हो नि, हैन र ? वास्तवमा गत वर्षभन्दा अघिल्लो वर्ष महFगी निकै बढेको थियो । गत वर्ष पनि महFगी बढेकै हो तर तलब बढेन । तलब नबढे पनि महFगी आप्mनो गतिमा बढिरहFदा तलब नबढ्दा महFगी बढेन भनेर कसैले तलबलाई गिज्याएन । तलबको सम्बन्ध बजेटसित हुFदैहुFदैन भन्ने होइन । तलब बढ्दा महFगी पनि बढ्छ भन्ने कुरामा आंशिक सत्यता हुन सक्छ किनभने हातमा नगद बढ्दा त्यसको प्रवाह पनि बढ्छ । यद्यपि महFगी कति बढ्छ र तलब कति बढ्छ भन्ने विषयमा खासै अध्ययन भएको पाइFदैन । कतिपय देशमा महFगीको तुलनामा तलब वा भत्ता वृद्धि गर्ने चलन नै रहेको छ । अझ कतिपय देशमा त बजेट प्रस्तुत हुFदा त्यसमा तलबको चर्चा नै गरिन्न किनभने त्यहाँ तलब वृद्धि गर्ने वा नगर्ने सिफारिश गर्न आयोग नै गठन भएको हुन्छ । आयोगले सिफारिश गरे अनुसार सरकारले बजेटमा तलब उल्लेख नै नगरी अघि वा पछि बढाएको हुन्छ । भत्ता पनि थपेको हुन्छ । सरकारले रकम उपलब्ध गराउने भए पनि तलब वा भत्ता निर्धारणमा सरकारको उति धेरै हस्तक्षेप नहुने पनि कतैकतै पाइएको छ । अब पूर्वबजेट छलफल शुरू भएको छ । बजेट आउन अब धेरै समय बाFकी छैन । नयाF संविधानले निर्धारण गरेको समयमा नै बजेट पेश गर्नुपर्ने संवैधानिक बाध्यता रहेको छ । यसले गर्दा आउFदो महीनाको मध्यमा बजेट पेश हुने कुरामा कसैलाई शङ्का नै छैन । कतिको बजेट आउFदैछ र बजेटमा कुन कुराले प्राथमिकता पाउFदैछ भन्ने कुरो सबैले थाहा पाइसकेका छन् किनभने देशको संसद्बाट सरकारको नीति तथा कार्यक्रम पारित भइसकेको छ । बजेटको लागि नीति तथा कार्यक्रम निकै महŒवपूर्ण मानिन्छ । अधिकांश प्रजातान्त्रिक देशमा बजेटभन्दा पहिले नीति तथा कार्यक्रम पारित गर्ने चलन छ र नेपालले पनि यसको अभ्यास लामो समयदेखि गर्दै आएको छ । नीति तथा कार्यक्रममा नै आधारित भएर बजेट आउने हुन्छ । बजेट आउन थालेपछि बजेटप्रति रुचि वा आशा हुने धेरैले बजेटका धेरै कुराहरू थाहा पाउन खोज्दछन् । बजेटको विषयमा आप्mनो सरोकारका कुराहरू जानकारी लिन खोज्दछन् । यसकारण बजेट निर्माण भइरहेको अवस्थामा धेरैले यसमा आप्mनो चासोको कुरो के छ भनी नियालिरहेका हुन्छन् । नीति तथा कार्यक्रमको आधारमा बजेटमा सामाजिक सुरक्षा भत्ता र कर्मचारीहरूको तलब बढ्दैछ भन्ने कुराहरू अनौपचारिक वा औपचारिक रूपमा सार्वजनिक भइरहेका छन् । बजेटमा यसपालि सामाजिक सुरक्षा भत्ता र कर्मचारीको तलब बढ्ने करीब निश्चित छ । गत वर्ष नै तलब र सामाजिक सुरक्षा भत्ता बढ्ने अनुमान गरिएको थियो । कुनैकुनै पत्रिकाले तलब बढ्दै गरेको लेखेका पनि थिए तर तलब र सामाजिक सुरक्षा भत्तामा वृद्धि भएन । तलबमा वृद्धि नभए पनि एक हजार रुपियाँ भने विशेष महFगी भत्ताको रूपमा बढेको थियो । यसपालि सामाजिक सुरक्षा भत्ता एक हजार रुपियाँले बढ्दै छ भन्ने कुरो विभिन्न माध्यमले सार्वजनिक भइरहेको छ । हुनत यस्ता कुराहरू विश्वसनीय नहुन पनि सक्छन् तर नीति तथा कार्यक्रममा नै यस प्रकारको सङ्केत आएपछि सासु–भत्ता बढ्ने कुरामा आशा जागेको छ । सामाजिक सुरक्षा भत्ता बुझिरहेकाहरूमा भने यसले निकै आशा जगाएको छ । अब राज्यको तर्फबाट पाइने भत्ता तीन हजार रुपियाँ पुग्दैछ भन्ने सुनेर यस प्रकारको भत्ताको आशामा रहनेहरू उत्साहित भइरहेका छन् । यस वर्ष भने आशा चाहिं निराशामा परिणत नहुने विश्वास पनि लिइरहेका छन् । सासु–भत्ता बुझ्ने तर अशिक्षित वा अपठित विपन्नहरू पनि तलबको कुरो उठाउFछन् र आपूmले पाउने भत्ताको कुरो पनि सुन्न चाहन्छन् । वास्तवमा सामाजिक सुरक्षा भत्ताले निकै ठूलो क्षेत्र सिर्जना गरिसकेको छ र यसले समाजमा निकै ठूलो महŒव पनि पाइसकेको छ । राज्यकोषबाट तलब प्राप्त गरेर गुजारा गरिरहेकाहरूमा भने तलबको आशा निकै बढेको छ । बजेटको विषयमा आइरहेका सबै खबर, चर्चा–परिचर्चा तथा विश्लेषणहरूमा तलब बुझ्ने वर्गको ध्यान तानिएको छ । तलब पाउने कर्मचारीहरूमाथि उसको परिवारको पनि आशाको नजर टिकेको हुन्छ । अन्य वर्ग पनि प्रत्यक्ष परोक्षरूपमा आश्रित हुन्छ । गाउFघरमा विकासको आशा पनि निकै बढेको छ । आप्mनो आसपासमा विकासको लागि आवश्यक कुराको छलफल हुन थालेको छ । बजेट पूर्वको आशा भने बजेट प्रस्तुतिको दिन नजीकिंदै जाFदा झन् बढेको छ । चक्रवातको जोखिम Posted: 08 May 2019 09:10 AM PDT बितेको साता विनाशकारी प्राकृतिक प्रकोपबाट भारत जोगिन सफल भएको छ । गएको शुक्रवार र शनिवार उडिसा राज्यमा १९३ देखि २४५ किलोमिटर प्रतिघण्टाको दरले ‘फानी’ टर्नेडो आयो । फानीले उडिसाको करिब १० हजार गाउँ र ५२ वटा शहरलाई लतारेर गयो । ११ लाख ५० हजारभन्दा बढी जनसङ्ख्या बसोवास गर्ने क्षेत्रमा बिजुली, टेलिफोनका खम्बाहरू लडे, ठूल्ठूला रूख जरासहित उखेलिए, फुसका घरहरू उडे । सो घटनामा ८ जनाको मात्रै ज्यान गयो । यता बितेको चैत १७ गते साँझ पर्सा–बारामा पनि चक्रवातले भने विध्वंस मच्चायो । ९० किलोमिटर प्रतिघण्टाको दरले आएको चक्रवातले करीब ३० हजार जनसङ्ख्या बसोवास क्षेत्रलाई ओगटेर अगाडि बढ्दा २९ जनाको ज्यान गयो । संयुक्तराज्य अमेरिकाको मध्य क्षेत्रमा नेपालको जस्तो चक्रवात वार्षिक ५०–६० वटा आउने गर्छ । त्यहाँ मानवीय क्षति झन्डै शून्य हुन्छ । भौतिक सम्पत्तिको क्षति भने भइरहन्छ । भारतमा यसपटक आएको फानी नामको चक्रवात नेपालमा आएको टर्नेडो र अमेरिकामा आइरहने चक्रवातभन्दा निकै शक्तिशाली हो । नेपालमा आएको चक्रवात अमेरिकासँग मिल्दोजुल्दो भएकोले यसलाई ‘अमेरिकी टर्नेडोे’ भनी नामाकरण गरेको छ । विश्व नयाँ प्रविधिमा प्रतिस्पर्धाका साथ अगाडि बढिरहेको छ । जल तथा मौसम एवं हावाको अवस्था पत्ता लगाउने सूचना प्रविधिको विकासका कारण जतिसुकै शक्तिशाली चक्रवात आएपनि नागरिकको जीवन रक्षा गर्न भारत, अमेरिकालगायत मुलुकहरू सफल छन् । चक्रवात आउनुभन्दा निकै दिन पहिले भारतको मौसम विज्ञान विभागले सूचना जारी गरिसकेको थियो । चक्रवात कुन क्ष्Fेत्र भएर जाने र कुन क्ष्Fेत्रलाई नछुने पहिचान भइसकेको थियो । पाँचवटा भारतीय भूउपग्रह अन्तरिक्षमा क्रियाशील छ । हरेक १५ मिनटमा त्यसले भू–स्टेशनमा सङ्केत पठाइरहन्छ । सोही आधारमा त्यहाँको सरकारले पर्याप्त शिविरहरू खडा गरी नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण ग¥यो । कतिपय स्थानमा सुरुङ निर्माण गरी सुरक्षा अभ्यास पनि गराइयो । सुरक्षित सुरुङ निर्माण कार्य अमेरिकामा धेरै पहिले सफल भइसकेको छ । त्यहाँ धेरै टर्नेडो आइरहने क्षेत्रका घरहरूमा भुइँ तलामुनि बंकर निर्माण गर्ने चलन स्थापित भइसकेको छ । भारत र अमेरिका विकसित मुलुक हुन्, नेपाल विकासोन्मुख मुलुक । हाम्रबीच धेरै कुरा दाँज्न सकिंदैन । तर कतिपय कुरा, चाहने हो भने, हामी पनि गर्न सक्छौं । दुई करोड रुपियाँको लगानीमा केही दिन पहिले नेपालले नानो स्याटेलाइट प्रक्षेपण ग¥यो । यो कम क्षमताको र भिन्न विशेषताको थियोे । ५० करोड रुपियाँभन्दा बढी लगानीमा हाल भारतको जस्तै स्याटेलाइट प्रक्षेपण गर्न सकिने कुरा आइसकेको छ । मौसम पूर्वानुमानसम्बन्धी स्याटेलाइट रहर नभएर अति आवश्यक प्रविधि भइसकेको छ । प्राकृतिक प्रकोपबाट जोगिने कार्यलाई भगवान् भरोसा ठान्नु जङ्गली अवस्थाको सोच मानिन्छ । दक्षिण एशियामा बङ्गलादेशपछि चक्रवातको जोखिममा नेपाल रहेको कुरा विज्ञहरूले सार्वजनिक गरिसकेका छन् । चक्रवात फेरि नआउला भन्न सकिन्न । त्यसले पु¥याउने मानवीय क्षति जोगाउन मौसम पूर्वानुमान एवं अन्तरिक्ष सूचना सञ्जालमा लगानी गरी भरपर्दो बनाउनु र सुरक्षित हुनु बुद्धिमानी ठहर्नेछ ।
    File Type: pdf
    Like
    6
    1 Comments 0 Shares 153 Views
  • Beautiful Dance Cover by To Small Kids.
    .
    .
    .
    Like to banta hain :point_up_2:
    Beautiful Dance Cover by To Small Kids. . . . Like to banta hain :point_up_2:
    Like
    6
    1 Comments 0 Shares 97 Views 0
  • Do you like e-Sathi?
    Do you like e-Sathi?
    4
    0
    Like
    5
    1 Comments 0 Shares 122 Views
  • Like
    6
    1 Comments 0 Shares 102 Views
  • Like
    6
    1 Comments 0 Shares 135 Views
  • Like
    6
    1 Comments 0 Shares 101 Views
More Stories