- Computer Operator at Lahan
- Lives in Lahan
- From Lahan
- Male
- 13/09/1996
- Followed by 50 people
Friends 25
Recent Updates
-
बदलिँदो चितवन : ७० वर्षको कायाकल्प कथा ...
२४ चैत, चितवन । कुनै समय देशकै वैकल्पिक राजधानीका रुपमा अघि सारिएको थियो, चितवनको भरतपुरलाई । नेपालको मध्य भूभागमा अवस्थित यो शहरको मुख्य बजार हो, नारायणगढ । यो अहिले मध्य नेपालको प्रमुख ब्यापारिक केन्द्रका रुपमा रहेको छ ।
शहरका रुपमा नारायणगढले जसरी विकासमा छलाङ मार्दैछ, त्यति नै व्यवसायिक प्रगति पनि हात पार्दैछ । कुनै समय नारायणगढमा खुम्चिएको भरतपुर अहिले फैलँदो छ । यसको व्यवसायिक सम्भावना र अवसर र विकासे रफ्तार पनि ग्रामीण भेगतर्फ विकेन्द्रिकृत हुँदैछ ।
तर, भरतपुरसहित नारायणगढको रौनक धेरै सुस्ताएको छैन, यहाँ आधुनिक किसिमका ब्यापार व्यवस्ाायले प्रवेश पाएका छन् । काठमाडौंमा उपलब्ध रहेका प्रायः सेवा सुविधा यही शहरले ग्राहकलाई दिन सकेको छ ।
यो पनि पढ्नुस्
घरभाडा बढेको बढ्यै, साना व्यवसायीको उठीबास !
बूढो नारायणगढको अब रहेन जवानी !
अस्ट्रेलियाबाट फर्किएर ढिँडो मस्काउँदा दैनिक ३५ हजारको व्यापार !
त्यसैले भरतपुरले आफ्नो ब्यापार मोडल फेर्दै लगेको छ भने उपभोक्तामा पनि क्रयशक्ति बढाएर आधुनिक उपभोगतर्फ आकर्षित देखिन्छन् । त्यसैअनुसार विकासे अड्डाले पनि पूर्वाधारको निर्माणमा ध्यान दिन थालेका छन् । निजी क्षेत्र पनि व्यवसायिक सम्भावना भएका हेरेर क्षेत्रमा प्रतिस्पर्धा गरिरहेका छन् ।
भरतपुरसहित समग्र चितवन देशमै बलियो अर्थतन्त्र भएको क्षेत्रमा गनिन्छ । चितवनको शहरीमात्रै नभएर गामीण अर्थतन्त्र पनि निकै बलियो र दाह्रो छ । झन भरतपुर जिल्लाकै सदरमुकाम पनि भएकाले यसले अरु नगरभन्दा आफूलाई सशक्त गर्न सकेको छ ।
मेयर रेणु दाहाल भरतपुरको आर्थिक र समाजिकसहित सबै क्षेत्रमा यथोचित विकास गर्न महानगर लागि परेको बताउँछिन् । नागरिकलाई न्युनतम् सेवा सुवधासहित आधुनिक शहरी पूर्वाधारमार्फत स्तरीय सेवा दिने गरी विभिन्न योजना बनिरहेको उनको भनाइ छ ।
भरतपुरलाई आधुनिक सुविधासम्पन्न शहरका रुपमा विकास गर्न सकिने प्रशस्त सम्भावना रहेकाले यसमा सबैको सक्रियता र सहयोग जरुरी पर्ने उनले बताइन् ।बदलिँदो चितवन : ७० वर्षको कायाकल्प कथा ... २४ चैत, चितवन । कुनै समय देशकै वैकल्पिक राजधानीका रुपमा अघि सारिएको थियो, चितवनको भरतपुरलाई । नेपालको मध्य भूभागमा अवस्थित यो शहरको मुख्य बजार हो, नारायणगढ । यो अहिले मध्य नेपालको प्रमुख ब्यापारिक केन्द्रका रुपमा रहेको छ । शहरका रुपमा नारायणगढले जसरी विकासमा छलाङ मार्दैछ, त्यति नै व्यवसायिक प्रगति पनि हात पार्दैछ । कुनै समय नारायणगढमा खुम्चिएको भरतपुर अहिले फैलँदो छ । यसको व्यवसायिक सम्भावना र अवसर र विकासे रफ्तार पनि ग्रामीण भेगतर्फ विकेन्द्रिकृत हुँदैछ । तर, भरतपुरसहित नारायणगढको रौनक धेरै सुस्ताएको छैन, यहाँ आधुनिक किसिमका ब्यापार व्यवस्ाायले प्रवेश पाएका छन् । काठमाडौंमा उपलब्ध रहेका प्रायः सेवा सुविधा यही शहरले ग्राहकलाई दिन सकेको छ । यो पनि पढ्नुस् घरभाडा बढेको बढ्यै, साना व्यवसायीको उठीबास ! बूढो नारायणगढको अब रहेन जवानी ! अस्ट्रेलियाबाट फर्किएर ढिँडो मस्काउँदा दैनिक ३५ हजारको व्यापार ! त्यसैले भरतपुरले आफ्नो ब्यापार मोडल फेर्दै लगेको छ भने उपभोक्तामा पनि क्रयशक्ति बढाएर आधुनिक उपभोगतर्फ आकर्षित देखिन्छन् । त्यसैअनुसार विकासे अड्डाले पनि पूर्वाधारको निर्माणमा ध्यान दिन थालेका छन् । निजी क्षेत्र पनि व्यवसायिक सम्भावना भएका हेरेर क्षेत्रमा प्रतिस्पर्धा गरिरहेका छन् । भरतपुरसहित समग्र चितवन देशमै बलियो अर्थतन्त्र भएको क्षेत्रमा गनिन्छ । चितवनको शहरीमात्रै नभएर गामीण अर्थतन्त्र पनि निकै बलियो र दाह्रो छ । झन भरतपुर जिल्लाकै सदरमुकाम पनि भएकाले यसले अरु नगरभन्दा आफूलाई सशक्त गर्न सकेको छ । मेयर रेणु दाहाल भरतपुरको आर्थिक र समाजिकसहित सबै क्षेत्रमा यथोचित विकास गर्न महानगर लागि परेको बताउँछिन् । नागरिकलाई न्युनतम् सेवा सुवधासहित आधुनिक शहरी पूर्वाधारमार्फत स्तरीय सेवा दिने गरी विभिन्न योजना बनिरहेको उनको भनाइ छ । भरतपुरलाई आधुनिक सुविधासम्पन्न शहरका रुपमा विकास गर्न सकिने प्रशस्त सम्भावना रहेकाले यसमा सबैको सक्रियता र सहयोग जरुरी पर्ने उनले बताइन् । - आमाले PUBG नखेल भनेर गाली गर्दा छोराले गरे आत्महत्या
भारतको दक्षिणी क्षेत्रमा एक किशोरले पबजी खेलका कारण आत्महत्या गरेका छन् । पबजीकाे लत लागेका ती किशोरलाई पबजी नखेल्न भन्दै उनकी आमाले गाली गरेकी थिइन् । आमाको गालीपछि ती किशोरले आत्महत्या गरेको खबर भारतीय सञ्चारमाध्यमले प्रकाशित गरेका छन् । किशोरको आत्महत्यासँगै पबजी खेललाई प्रतिबन्ध लगाउनेबारे राष्ट्रिय बहस चलेको छ ।
१६ वर्षीय किशोरका बाबुले प्लेयर अननोन्स ब्याटल ग्राउण्ड्स (पबजी) प्रतिबन्ध लगाउन माग गरेका छन् । भारतीय सञ्चारमाध्यमले जनाएअनुसार मृतक किशोरले अङ्ग्रेजी परीक्षाको तयारी गर्न छोडेर पबजी खेलेर समय बर्बाद गरिरहेका थिए र उनकी आमाले गाली गरेकी थिइन् । आमाले गाली गरेपछि ती किशोरले हैदराबादमा रहेकाे आफ्नै घरमा रहेको 'सिलिङ फ्यान'मा झुण्डेर आत्महत्या गरेका हुन् ।आमाले PUBG नखेल भनेर गाली गर्दा छोराले गरे आत्महत्या भारतको दक्षिणी क्षेत्रमा एक किशोरले पबजी खेलका कारण आत्महत्या गरेका छन् । पबजीकाे लत लागेका ती किशोरलाई पबजी नखेल्न भन्दै उनकी आमाले गाली गरेकी थिइन् । आमाको गालीपछि ती किशोरले आत्महत्या गरेको खबर भारतीय सञ्चारमाध्यमले प्रकाशित गरेका छन् । किशोरको आत्महत्यासँगै पबजी खेललाई प्रतिबन्ध लगाउनेबारे राष्ट्रिय बहस चलेको छ । १६ वर्षीय किशोरका बाबुले प्लेयर अननोन्स ब्याटल ग्राउण्ड्स (पबजी) प्रतिबन्ध लगाउन माग गरेका छन् । भारतीय सञ्चारमाध्यमले जनाएअनुसार मृतक किशोरले अङ्ग्रेजी परीक्षाको तयारी गर्न छोडेर पबजी खेलेर समय बर्बाद गरिरहेका थिए र उनकी आमाले गाली गरेकी थिइन् । आमाले गाली गरेपछि ती किशोरले हैदराबादमा रहेकाे आफ्नै घरमा रहेको 'सिलिङ फ्यान'मा झुण्डेर आत्महत्या गरेका हुन् । - निर्माण व्यावसायी संघ सिरहाको अध्यक्षमा रासलाल राय निर्वाचित
सिरहा : निर्माण व्यावसायी संघ लहान सिरहाको अध्यक्षमा रासलाल राय निर्वाचित भएका छन् ।
शनिवार अबेर राति सम्पन्न मतगणना परिणाम अनुसार नेकपा समर्थित इस्लाम अलिलाई रायले ४९ मतले पराजित गरेको हुन् । संघमा राय प्यानलका उपाध्यक्षमा गोपाल राय, महासचिवमा नन्द किशोर साह (मन्टुन), कोषाध्यक्षमा श्याम कुमार महतो र एक सदस्य निर्वाचित भएका छन् ।
अली प्यानलका धेरै पदाधिकारी पराजित भएपछि नेकपाभित्र असन्तुष्टि बढेको छ । नेकपासँग आवद्ध संघका सदस्यहरु अन्तर्घात गरेको चर्चा पनि चलेको हो । केहि समय लहानका मेयर मुनी साहका छोरा विशाल साह संघलाई कब्जा गरेका थिए । यो निर्वाचनले उनलाई ठूलो झट्का दिएको छ ।
३ सय ३१ मतदाता रहेको निर्माण व्यवसायी संघको निर्वाचनमा नेकपाको तर्फबाट प्रदेश सभा सदस्यद्धय अशोक यादव, प्रमोद कुमार यादव, सखुवा नन्कारकटी गाँउपालिका अध्यक्ष केदारनाथ यादव, गोलबजार नगरपालिका प्रमुख देवनाथ साह, लहान नपा ९ का वडाध्यक्ष प्रदिप चौधरी, १० का वडाध्यक्ष मन्टी कुमार मण्डल लगायतले मतदान गरेका थिए ।निर्माण व्यावसायी संघ सिरहाको अध्यक्षमा रासलाल राय निर्वाचित सिरहा : निर्माण व्यावसायी संघ लहान सिरहाको अध्यक्षमा रासलाल राय निर्वाचित भएका छन् । शनिवार अबेर राति सम्पन्न मतगणना परिणाम अनुसार नेकपा समर्थित इस्लाम अलिलाई रायले ४९ मतले पराजित गरेको हुन् । संघमा राय प्यानलका उपाध्यक्षमा गोपाल राय, महासचिवमा नन्द किशोर साह (मन्टुन), कोषाध्यक्षमा श्याम कुमार महतो र एक सदस्य निर्वाचित भएका छन् । अली प्यानलका धेरै पदाधिकारी पराजित भएपछि नेकपाभित्र असन्तुष्टि बढेको छ । नेकपासँग आवद्ध संघका सदस्यहरु अन्तर्घात गरेको चर्चा पनि चलेको हो । केहि समय लहानका मेयर मुनी साहका छोरा विशाल साह संघलाई कब्जा गरेका थिए । यो निर्वाचनले उनलाई ठूलो झट्का दिएको छ । ३ सय ३१ मतदाता रहेको निर्माण व्यवसायी संघको निर्वाचनमा नेकपाको तर्फबाट प्रदेश सभा सदस्यद्धय अशोक यादव, प्रमोद कुमार यादव, सखुवा नन्कारकटी गाँउपालिका अध्यक्ष केदारनाथ यादव, गोलबजार नगरपालिका प्रमुख देवनाथ साह, लहान नपा ९ का वडाध्यक्ष प्रदिप चौधरी, १० का वडाध्यक्ष मन्टी कुमार मण्डल लगायतले मतदान गरेका थिए । - 16th सप्ताह ग्रासरुट फूटबल प्रशिक्षण लहान, सिरहा16th सप्ताह ग्रासरुट फूटबल प्रशिक्षण लहान, सिरहा
- दुनियामा इमान्दारिता भन्दा ठुलो चिज अरु के छ र ।
नियम, कानुन, प्रहरि, प्रशासन, ड्रेस, फिङ्गर पृण्ट हाजिरि , अदालत त बेइमानलाइ हो नि मलाइ आवस्यक छैन ।
दुनियामा इमान्दारिता भन्दा ठुलो चिज अरु के छ र । नियम, कानुन, प्रहरि, प्रशासन, ड्रेस, फिङ्गर पृण्ट हाजिरि , अदालत त बेइमानलाइ हो नि मलाइ आवस्यक छैन । - स्पिनिङ पिचमा किन चल्न सकेन सन्दीपको जादु ?
२२ चैत, काठमाडौं । सनराइजर्स हैदरावाद विरुद्धको हिजोको म्याचमा दिल्ली क्यापिटलले नेपाली स्पिनर सन्दीप लामिछानेबाट ठूलो आशा गरेको थियो ।
अघिल्लो म्याचमा नाटकीय रुपमा पराजय व्यहोरेको दिल्लीलाई यस आईपीएलमा दोस्रो जित दिलाउन उनको भूमिका महत्वपूर्ण हुने दिल्लीका फ्यानहरुले पनि विश्वास गरेका थिए । तर, सन्दीप यसपाली चुकेका छन् ।
टि–२० म्याचमा चार ओभरमा ३२ रन दिएर एक विकेट लिनु आफैंमा खराब प्रदर्शन होइन । तर, स्पिनिङ पीचमा सन्दीपबाट जे अपेक्षा गरिएको थियो त्यसमा उनी खरो उत्रिन सकेनन् । म्याचको परिस्थितिले योभन्दा कसिलो र धारिलो बलिङको माग गथ्र्यो ।
दिल्लीको फिराज शाह कोटला रंगशालाको पीचले परम्परागतरुपमै स्पिन बलरलाई सहयोग गर्छ । त्यसैले दुवै टिमले आफ्नो बलिङ आक्रमणमा दुई स्पिनर समावेश गरेका थिए । सन राइजर्ससँग अफगानिस्तानका विश्वप्रख्यात स्पिनर रसिद खान र मोहम्मद नाबी थिए भने दिल्लीसँग सन्दीप र अक्षर पटेलका साथै राहुल टेबटिया पनि थिए । म्याचलाई रसिद भर्सेस सन्दीपको प्रतिस्पर्धाका रुपमा पनि हेरिएको थियो ।
टस जितेर हैदराबादले फिल्डिङ रोज्यो । कठिन पीचमा दिल्लीका ब्याट्सम्यानहरुले सुरुदेखि नै खुलेर खेल्न सकेनन् । उनीहरुले हरेक रनका लागि संघर्ष गर्नुप¥यो । जेनतेन दिल्लीले १ सय ३० रनको लक्ष्य खडा गर्न सफल भयो । दिल्लीका लागि कप्तान श्रेयस ऐयरले सर्वाधिक ४१ बलमा ४३ रन बनाए भने नवौं नम्बरमा आएका अक्षर पटेलले १३ बलमा २३ रनको योगदान गर्दै टिमको स्कोर उकास्न मद्दत गरे ।
१ सय ३० रनको लक्ष्य झिनो भए पनि पीचको अवस्था र दिल्लीको बलिङ आक्रमण हेर्दा त्यो चुनौतिपूर्ण हुन सक्ने मानिएको थियो । दिल्लीले विकेटको आशामा पहिलो ओभरमा नै सन्दीपलाई बलिङ गर्न पठायो । उत्कृष्ट फर्ममा रहेका हैदराबादका ओपनरहरु दिल्लीका लागि सबैभन्दा ठूलो चुनौती थिए । सन्दीपले अघिल्लो चार बलमा एक रन मात्रै खर्चिए तर पाचौं बलमा जोनी बेरिस्टोले स्वीप गर्दै चौका प्रहार गरे । यसले सन्दीपको लय बिग्रियो ।
आफ्नो दोस्रो ओभरमा सन्दीप महंगो सावित भए । ओभरको पहिलो बलमा सन्दीपको टाउकोमाथिबाट बेरिस्टोले छक्का प्रहार गरे भने दोस्रो बलमा फेरि स्लग गरेर चौका हाने । ओभरको पाचौं बलमा डेभिड वार्नरविरुद्ध सन्दीपले एलबिडब्लुको कडा अपिल गरे, तर अम्पायरले दिएनन् । विकेट किपर रिसभ पन्त पनि कन्भिन्स्ड थिएनन्, तर सन्दीपले कप्तान ऐयरलाई रिभ्यूका लागि मनाए । रिभ्यूमा बल आउटसाइड लेगमा पिच भएको देखियो र वार्नर जोगिए ।
अर्कोतर्फ दिल्लीका भारतीय स्पिनर अक्षर पटेलले निकै कसिलो बलिङ गरेका थिए । दोस्रो ओभरमा उनले एक रन मात्र खर्चेका थिए भने एउटा क्याच ड्रप भएको थियो ।
दोस्रो ओभरमा असफल भएका सन्दीप नवौं ओभरमा पुन बलिङमा आए । यतिबेला हैदराबादलाई जितका लागि ७२ बलमा ६२ रन मात्र चाहिएको थियो । सन्दीपले यो ओभरमा पाँच रन मात्र दिए तर विकेट लिन सकेनन् । त्यसपछि सन्दीप १६ औं ओभरमा आफ्नो अन्तिम ओभर फ्याक्न आउँदा हैदराबाद जितको नजिक पुगिसकेको थिए । आफ्नो अन्तिम बलमा सन्दीपले एक विकेट लिए, जुन उनका लागि सान्त्वनाको रुपमा रह्यो । त्यतिबेला हैदराबादलाई २४ बलमा १९ रन मात्रै चाहिएको थियो । अघिल्लो म्याचमा लगभग यही स्थितिबाट दिल्लीले जित गुमाएको थियो । तर, हैदराबादले त्यो गल्ति गरेन । युसुफ पठान र मोहम्मद नाबीले हैदराबादलाई जितसम्म पु¥याए ।
हिजोको म्याचमा दुवै टिमका गरी पाँच स्पिनरले बलिङ गरेकोमा सन्दीप सबैभन्दा महंगा बनेका थिए । हैदराबादका स्पिनर नाबी र रसिदले ४–४ ओभरमा क्रमशः २१ र १८ रन मात्रै खर्चिए । नाबीले दुई र रसिदले एक विकेट लिए । यसैगरी दिल्लीका अक्षर पटेलले ४ ओभरमा १८ र राहुल टेबटियाले २ ओभरमा १० रन मात्रै खर्चिए । दुवैले एक–एक विकेट लिएका थिए ।
हिजोको प्रदर्शनपछि सन्दीपले अर्को म्याचमा मौका नपाउने हुन् कि भन्ने संशय पैदा भएको छ ।स्पिनिङ पिचमा किन चल्न सकेन सन्दीपको जादु ? २२ चैत, काठमाडौं । सनराइजर्स हैदरावाद विरुद्धको हिजोको म्याचमा दिल्ली क्यापिटलले नेपाली स्पिनर सन्दीप लामिछानेबाट ठूलो आशा गरेको थियो । अघिल्लो म्याचमा नाटकीय रुपमा पराजय व्यहोरेको दिल्लीलाई यस आईपीएलमा दोस्रो जित दिलाउन उनको भूमिका महत्वपूर्ण हुने दिल्लीका फ्यानहरुले पनि विश्वास गरेका थिए । तर, सन्दीप यसपाली चुकेका छन् । टि–२० म्याचमा चार ओभरमा ३२ रन दिएर एक विकेट लिनु आफैंमा खराब प्रदर्शन होइन । तर, स्पिनिङ पीचमा सन्दीपबाट जे अपेक्षा गरिएको थियो त्यसमा उनी खरो उत्रिन सकेनन् । म्याचको परिस्थितिले योभन्दा कसिलो र धारिलो बलिङको माग गथ्र्यो । दिल्लीको फिराज शाह कोटला रंगशालाको पीचले परम्परागतरुपमै स्पिन बलरलाई सहयोग गर्छ । त्यसैले दुवै टिमले आफ्नो बलिङ आक्रमणमा दुई स्पिनर समावेश गरेका थिए । सन राइजर्ससँग अफगानिस्तानका विश्वप्रख्यात स्पिनर रसिद खान र मोहम्मद नाबी थिए भने दिल्लीसँग सन्दीप र अक्षर पटेलका साथै राहुल टेबटिया पनि थिए । म्याचलाई रसिद भर्सेस सन्दीपको प्रतिस्पर्धाका रुपमा पनि हेरिएको थियो । टस जितेर हैदराबादले फिल्डिङ रोज्यो । कठिन पीचमा दिल्लीका ब्याट्सम्यानहरुले सुरुदेखि नै खुलेर खेल्न सकेनन् । उनीहरुले हरेक रनका लागि संघर्ष गर्नुप¥यो । जेनतेन दिल्लीले १ सय ३० रनको लक्ष्य खडा गर्न सफल भयो । दिल्लीका लागि कप्तान श्रेयस ऐयरले सर्वाधिक ४१ बलमा ४३ रन बनाए भने नवौं नम्बरमा आएका अक्षर पटेलले १३ बलमा २३ रनको योगदान गर्दै टिमको स्कोर उकास्न मद्दत गरे । १ सय ३० रनको लक्ष्य झिनो भए पनि पीचको अवस्था र दिल्लीको बलिङ आक्रमण हेर्दा त्यो चुनौतिपूर्ण हुन सक्ने मानिएको थियो । दिल्लीले विकेटको आशामा पहिलो ओभरमा नै सन्दीपलाई बलिङ गर्न पठायो । उत्कृष्ट फर्ममा रहेका हैदराबादका ओपनरहरु दिल्लीका लागि सबैभन्दा ठूलो चुनौती थिए । सन्दीपले अघिल्लो चार बलमा एक रन मात्रै खर्चिए तर पाचौं बलमा जोनी बेरिस्टोले स्वीप गर्दै चौका प्रहार गरे । यसले सन्दीपको लय बिग्रियो । आफ्नो दोस्रो ओभरमा सन्दीप महंगो सावित भए । ओभरको पहिलो बलमा सन्दीपको टाउकोमाथिबाट बेरिस्टोले छक्का प्रहार गरे भने दोस्रो बलमा फेरि स्लग गरेर चौका हाने । ओभरको पाचौं बलमा डेभिड वार्नरविरुद्ध सन्दीपले एलबिडब्लुको कडा अपिल गरे, तर अम्पायरले दिएनन् । विकेट किपर रिसभ पन्त पनि कन्भिन्स्ड थिएनन्, तर सन्दीपले कप्तान ऐयरलाई रिभ्यूका लागि मनाए । रिभ्यूमा बल आउटसाइड लेगमा पिच भएको देखियो र वार्नर जोगिए । अर्कोतर्फ दिल्लीका भारतीय स्पिनर अक्षर पटेलले निकै कसिलो बलिङ गरेका थिए । दोस्रो ओभरमा उनले एक रन मात्र खर्चेका थिए भने एउटा क्याच ड्रप भएको थियो । दोस्रो ओभरमा असफल भएका सन्दीप नवौं ओभरमा पुन बलिङमा आए । यतिबेला हैदराबादलाई जितका लागि ७२ बलमा ६२ रन मात्र चाहिएको थियो । सन्दीपले यो ओभरमा पाँच रन मात्र दिए तर विकेट लिन सकेनन् । त्यसपछि सन्दीप १६ औं ओभरमा आफ्नो अन्तिम ओभर फ्याक्न आउँदा हैदराबाद जितको नजिक पुगिसकेको थिए । आफ्नो अन्तिम बलमा सन्दीपले एक विकेट लिए, जुन उनका लागि सान्त्वनाको रुपमा रह्यो । त्यतिबेला हैदराबादलाई २४ बलमा १९ रन मात्रै चाहिएको थियो । अघिल्लो म्याचमा लगभग यही स्थितिबाट दिल्लीले जित गुमाएको थियो । तर, हैदराबादले त्यो गल्ति गरेन । युसुफ पठान र मोहम्मद नाबीले हैदराबादलाई जितसम्म पु¥याए । हिजोको म्याचमा दुवै टिमका गरी पाँच स्पिनरले बलिङ गरेकोमा सन्दीप सबैभन्दा महंगा बनेका थिए । हैदराबादका स्पिनर नाबी र रसिदले ४–४ ओभरमा क्रमशः २१ र १८ रन मात्रै खर्चिए । नाबीले दुई र रसिदले एक विकेट लिए । यसैगरी दिल्लीका अक्षर पटेलले ४ ओभरमा १८ र राहुल टेबटियाले २ ओभरमा १० रन मात्रै खर्चिए । दुवैले एक–एक विकेट लिएका थिए । हिजोको प्रदर्शनपछि सन्दीपले अर्को म्याचमा मौका नपाउने हुन् कि भन्ने संशय पैदा भएको छ । - यसरी पनि सेवा सम्भव छ !
सडक मानवमुक्त देश बनाउने अभियन्ताहरुको कथा
कल्पना गर्नुस्, एउटा ३३ वर्षको युवकले के गर्ला ? के सोच्ला ? उसको जीवनप्रतिको दृष्टिकोण कस्तो होला ?
अब, जवाफ तपाईंसँगै राख्नुहोस् । र, यो ३३ वर्षे युवकको कथा पढ्नुहोस् । जो घर जोड्ने, गाडी किन्ने र सुखमय जीवन विताउनेभन्दा दुरको यात्रामा निस्किएका छन् । जीवनको नयाँ परिभाषा खोज्दैछन् ।
जीवन एउटै हो । तर, मानिसले त्यसलाई अनेकौं तरिकाले जिउँछन् । जीवनमा अनेकौं संयोगहरु आइपुग्छन्, जो मानिसको कल्पनाभन्दा पर हुन्छ । तर, तीनै संयोगहरुले जीवनका नयाँनयाँ परिभाषा सृजना गर्छ । कति संयोगले विषबमन गर्छन्, कति संयोगले अमृत पिलाउँछन् ।
त्यस्तै, एउटा संयोग । रामजी अधिकारी ०६६ सालमा पिकनिक नगएको भए आज उनी कहाँ हुन्थे ? उनैलाई थाहा छैन ।
त्यही पिकनिकले नै उनी अहिले असहाय, असक्त, अनाथ र अपांग आठ सय जनाको अभिभावक भएका छन् । उनीजस्तै ६० जना युवा अभियन्ता दैनिक १८ घण्टा तीनै चार ‘अ’का बारेमा सोच्छन्, खोज्छन् । अनि मानव सेवा आश्रममा लिएर प्रेमको औषधि खुवाउँछन् । त्यही, मानवसेवा आश्रमका अध्यक्ष हुन्, रामजी ।
दृष्टि देखाउने त्यो पिकनिक
रामजी क्याम्पस पढ्दै थिए । पढ्नु, फगत कोरा किताबी ज्ञान हासिल गर्नु मात्र होइन ।
पढाइसँगै रामजीहरु ‘सर्वोकृष्ट जीवन सास्वत चिन्तन’को अभियानमा थिए । यसो भनौं, उनी खुला विश्वविद्यालयमा पढाउँदै पनि थिए । सकारात्मक सोच चिन्तन, मानवियता र सामाजिक भावनासहित असल व्यक्ति निर्माण गर्ने अभियान थियो ।
त्यही अभियानको दौरानमा उनीहरुले २०६६ मा हेटौंडामा पिकनिक आयोजना गरे । तर यस्तो पिकनिक, जुन विद्यमान परिभाषाभन्दा निकै पृथक ।
त्यो पिकनिकबाट उनीहरुले आकाशलाई छानो बनाएर सडक बस्नेको जीवन महशुस गर्न खोजे । सडकमा पुगे अनि १८ जना वृद्धवृद्धालाई बटुले । हेटौंडा नगरपालिकाको भ्यानमा राखे । अनि पिकनिक स्पट पुगे ।
सडकबाट उठाइएका वृद्धवृद्धाहरुको शरीरबाट नमिठो गन्ध हुत्तिँदै थियो । उनीहरुले नुहाइदिए । फोहोर जमेका लामा-लामा नङ थिए, काटिदिए । कपाल जटा परेका थिए, छोट्याइदिए । शरिर घाउले भरिएका थिए, ड्रेसिङ गरिदिए । र, सफा कपडा लगाइदिए । अनि वृद्धवृद्धासँगै बसेर तात्तातो खाना खाए, नाचे, रमाइलो गरे ।
यति गरेपछि अभियन्ताहरुको मनमा यस्तो आनन्द सवार भयो, जुन कल्पनाभन्दा बाहिरको थियो । रामजी भन्छन्, ‘रात परेपछि फेरि हामीले उहाँहरुलाई सडकमै लगेर छाड्नुपर्थ्यो । हामीले मनलाई कसिलो बनायौं र त्यसै गर्यौं ।’
अध्याँरो भइसकेको थियो । छोड्नेबेला कदिमा स्याङ्तानले हात समाउँदै भनिन्, ‘पहिले त हामीले मागेर खान्थ्यौं । तर, तिमीहरुले सफा बनाइदियौं, नयाँ कपडा लगाइदियौ । अब हामीलाई कसले खान दिन्छ ?’
कदिमाको गोलीजस्तो बोलीले रामजीहरुलाई नराम्ररी रन्थनाइदियो । उनीहरुको मनमा एउटै कुराले राज गर्यो कि हामीले निकै ठूलो पाप गर्यौं । रातभर सोचे । अर्को दिन बिहान निर्णय गरे, ‘जसै गरेर भए पनि सडकपेटीमा बिताउनेहरुको उद्धार गर्नुपर्छ ।’
सुरुमा उनीहरु केही आश्रममा पुगे, केही वृद्ध-वृद्धाका लागि कुरा गरे । तर, जसको दिसा-पिसाब सन्तुलनमा छैन, मानसिक रुपमा रोगी छ, परिचय नै छैन, उनीहरुको लागि आश्रम पनि नहुँदोरहेछ, भएन ।
त्यसैले जन्मियो, ‘मानव सेवा आश्रम ।’ जुन आश्रम १३ भदौ, २०५९ मा हेटौंडाबाटै शुरु भयो । यो किन त ? रामजीसँग सीधा जवाफ दिन्छन्, ‘खुशी, शान्ति र आत्मसन्तुष्टिका लागि ।’
मुठी माग्दा मुक्का
२३ जेठ । हेटौंडामा भाडाको एउटा फ्ल्याट । पाँच जना असक्त वृद्धवृद्धालाई सकड पेटीबाट त्यो फल्याटसम्म ल्याइएको थियो । तर ओढ्ने-ओच्छाउने छैन, खुवाउने खाना छैन ।
‘हामीसँग मात्र भावना थियो’, रामजी भन्छन्, ‘त्यसपछि हामीले नजिकको अभिभावक, शुभेच्छुकसँग सेकेन्ड हेन्ड म्याट, थाल, चम्चा माग्यौं । सहयोगका लागि आग्रह गर्यौं । कतिले सहयोग गर्नुभयो, कतिले शंका गर्नुभयो, कतिले आक्षेप पनि लगाउनुभयो ।’
त्यसपछि रामजीहरुले ‘मुठी दान संकलन’ अभियान थाले । मुठी दान संकलनका लागि युवा अभियन्ताहरु बोरा बोकेर टोल-टोलमा पुगे । रामजी ६ वर्ष अघिको क्षण सम्झँदै भन्छन्, ‘कतिले मुठीको ठाउँमा मुरी दिए, कति ठाउँमा मुठीको ठाउँमा मुक्का पनि खायौं । कतिले कुकुर फुकाएर छोडिदिए, कतिले पानीले छ्यापेर धपाए ।’
तर, रामजीहरुको यात्रामा ब्रेक लागेन । उनीहरुले चार ‘अ’हरुलाई आश्रममा ल्याएर नाना, खाना, छाना र औषधि उपचारको प्रयास गर्दै गए । कतिपयको परिवार खोजेर पुर्नमिलन पनि गराए, आफन्त नभेटिएकालाई आश्रममा राखेर सहारा दिए ।
अब अहिलेको सफलताको कथा सुनाउँछन् रामजी, ‘निःस्वार्थ सेवामा लागेका कारण यो ६ वर्षको अवधिमा ६ वटा प्रदेश, १२ जिल्ला, १४ स्थानमा मानव सेवा आश्रमको सेवा सञ्चालनमा छन् । आजको दिनमा विभिन्न उमेर समूहका आठ सय जना सहयोगअपेक्षी आमाबुवा, दाजुभाइ दिदीबहिनी र सानासाना बाबुनानीको सेवा गर्ने अवसर पाएका छौं । स्थानीय, प्रदेश र केन्द्रीय सरकारसँग सहकार्य गर्दैछौं ।’
तर, आश्रमले कुनै पनि विदेशी सहयोग लिँदैन । एनजीओ/आईएनजीओको बजेटभन्दा बाहिर छ उनीहरुको आश्रम । उनीहरुले प्रमाणित गरेका छन्, यसरी पनि सेवा सम्भव छ !
जीवन यस्तो पनि !
मानव सेवा आश्रमको युट्युबमा एउटा भिडियो छ, जहाँ एक जना वृद्धको हातमा साङ्ला बाँधिएको छ । र, साङ्लामा ताला ठोकिएको छ । खिया लागेको साङ्लाले गडेर हातमा घाउ लागेको छ । रामजी भन्छन्, ‘आफ्नै परिवारले १३ वर्षदेखि साङ्लाले बाँधेर राखेका थिए । मानसिक समस्या भएकाले उनलाई त्यसरी बाँधेर राखिएको रहेछ । उहाँले त्यहीँ दिसा-पिसाब गर्नुहुन्थ्यो, त्यही खानुहुन्थ्यो ।’
मानव सेवा आश्रमले जञ्जीरले बाँधिएका सप्तरी राजविराजका उमाकान्त चौधरीलाई आश्रममा ल्यायो र निको बनायो । रामजी भन्छन्, ‘मनोसामाजिक समस्या भएका मानिसलाई प्रेमसँग उपचार गरियो र सकारात्मक वातावरण प्रदान गरियो भने सुधार हुन्छ । यस्तो स्थिति देख्दा त लाग्छ, प्रेमलाई टर्चलाइट बालेर खोज्नुपर्छ ।’
त्यस्तै दुई व्यक्ति थिए, राष्ट्रपति भवन पछाडि । घुम्न आएका जापानिजले उनीहरुका भिडियो खिचे र सामाजिक सञ्जालमा राखिदिए । दुई व्यक्ति, अनिल र सुनिललाई दुई वटा पिंजडामा थुनिएको थियो र, हातमा डोरी लगाएर कगतीको बोटमा बाँधिएको थियो । उनीहरु फलामको पिंजडा जोडसँग हल्लाइरहन्थे र चिच्याइरहन्थे, जसरी चिडियाखानामा चिम्पान्जी बेलाबेलामा चिच्याउँछ ।
त्यो खबर थाहा पाउनासाथ मानव सेवा आश्रमको टिम पुग्यो र पिंजडामुक्त गर्यो । प्रेम दियो र मानिस बनायो ।
अब हेटौंडाकी टेम्पो दिदीको कथा सुनाउँछन्, रामजी । उनको नाम खासमा टेम्पो दिदी होइन । नाम हो, सुशीला पुडासैनी । तर, यो समाज विशेषण थप्न खुब सिपालु छ ।
सुशीला हिँडेर वीरगञ्जसम्म पुग्थिन् र हिँडेरै हेटौंडा आइपुग्थिन् । उनले बाटोमा भेटजतिसँग एक रुपैयाँ माग्थिन् । जसले दिँदैन उसको गालामा झापड लगाउन पनि पछि पर्दिनथिन् । रामजी भन्छन्, ‘हेटौंडामा उहाँको पिटाइ नखाएका मानिस कमै होलान् ।’
किन त्यस्ती भइन् सुशीला ? उनको श्रीमानले आफ्नै दिदीलाई सौता बनाएर घर भित्राए । त्यो दृष्यले सुशीला अचम्मित मात्र भइनिन्, मानसिक सन्तुलनलाई नै काबुमा राख्न सकिनन् । त्यसपछि उनलाई स्याहार गर्ने कोही भएन । अनि भइन्, ‘ट्याम्पो दिदी’ । ट्याम्पोजस्तै ओहोरदोहोर गरिरहने ।
तर, ‘ट्याम्पो दिदी’को कथा अहिले फेरिएको छ । मानव सेवा आश्रमले उनको उपचार गरेको छ र स्वस्थ भएकी छन् । अहिले उनी मानव सेवा आश्रमकै सेवामा छिन् ।
‘सडकमा हिँड्ने ७० वर्षका आमाहरुको बलात्कार हुन्छ, जसको दिसापिसाब हुने ठाउँ च्यातिएर एकै ठाउँमा हुन्छ’, रामजी समाजको कुरुप अनुहार देखाउँछन्, ‘घरबाट सडकमा फ्याँकिएका मनोरोगीको बलात्कार हुन्छ । पेटमा बच्चा बस्छ । पेटमा के छ भनेर कसैले सोध्यो भने गर्भवतीले भन्नुहुन्छ, ढुंगा छ, ढुंगा छ ।’ यस्तै बलात्कृत आमाहरुबाट जन्मिएका २० बच्चा छन्, मानव सेवा आश्रममा । उनीहरुलाई बाउ को हो थाहा छैन । स्कुलमा भर्ना गर्न पनि गाह्रो हुन्छ ।
यस्तै आठ सय कथा बोकेका आठ सय जना अहिले आश्रममा छन् । उनीहरुको कथा न भनिसाध्य छ, न सुनिसाध्य । यतिसम्मकी आश्रमले कहिले कानमा किरा परेकाहरुलाई बोकेर ल्याउँछ, कहिले खातखुट्टा, पेटमा किरा परेकाहरुलाई । र, नयाँ जीवन दिन्छ ।
आश्रम खोल्नै नपरोस्
धादिङका रामजी सेवा निवृत्त सैनिकका सन्तान हुन् । रामजीका सन्तान कति छन् ?
रामजी भन्छन्, ‘५५ जना ।’
रामजी फिस्स हाँस्छन् र अगाडि थप्छन्, ‘एउटी छोरी छ, तर यसोभन्दा अप्ठ्यारो लाग्छ । मलाई त आश्रममा भएका ५५ जना नै आफ्ना सन्तानजस्तो लाग्छ र सिंगो परिवार साढे आठ सय जनाको ।’
रामजीलाई निःस्वार्थ सेवामा जुन सन्तुष्टि लाग्छ, त्यो अरु कुनैबाट पाउँदैनन् । भन्छन्, ‘सडकअपेक्षित बाबा-आमा, दिदी-भाइहरुलाई ल्याएर सेवा गर्न त्यति सजिलो छैन । तर, हामीले उहाँहरुलाई प्रेमले स्वीकार गरेकाले सबै अप्ठ्यारालाई सजिलो देख्छौं, आनन्द र रमाइलो महसुस गर्छौं ।’
त्यसैले त मानव सेवा आश्रमको सेवा फैलिँदो छ । हेटौंडामा पाँच करोड बराबरको भवन बनेको छ । चितवनमा दाताले ८ कठ्ठा जमिन उपलब्ध गराएका छन् र भवन निर्माणको चरणमा छ । अन्यत्र भाडाका घरहरुमा आश्रम चलेका छन् ।
आश्रममा केयर गिभरहरु छन् । नियमित योग, ध्यान, प्रणायाम हुन्छ । देशभरका मानव सेवा आश्रमको लागि मासिक ४० देखि ५० लाख खर्च हुन्छ ।
यति धेरै खर्च चाहिँ कहाँबाट जुट्छ ? ‘आश्रमलाई कतिले मासिक रुपमा सहयोग गर्नुहुन्छ । कतिले १०-५ रुपैयाँ । तरकारी व्यवसायी संघले तरकारी दिन्छ, फलफूल व्यवसायी संघले फलफूल’, रामजी भन्छन्, ‘कतिले धक फुकाएर सहयोग गर्छन् ।’
धादिङका शितलकाजी मास्केले त आफ्नो दुई वटा पेट्रोल पम्पको पाँच प्रतिशत शेयर नै आश्रमलाई उपलब्ध गराएका छन् । आश्रमले एक कप चिया अभियान चलाएको छ । एक बालक एक अभिभावकको योजना बनाएको छ । रामजी भन्छन्, ‘अहिले त यस्तो संस्कार बस्न थालेको छ कि बुबाआमाका पितृ कर्ममा पनि आएर सहयोग गर्नुहुन्छ, बिहे पार्टी, जन्मदिनको खर्च कटाएर आश्रमलाई दिनुहुन्छ ।’
हुन त रामजीलाई यस्ता आश्रम खुल्नै नपरे हुन्थ्यो जस्तो लाग्छ । यो सम्भव पनि देख्छन् । उनी भन्छन्, ‘हाम्रो कल्पना सडक मानवमुक्त देशको हो । त्यो सम्भव छ ।’
यसै पनि जिल्ला समन्वय समितिसँग सहकार्य गरी मकवानपुरलाई सडक मानवमुक्त जिल्ला घोषणा गरिएको छ । गोरखा नगरपालिकालाई सडक मानवमुक्त र पशुपति मन्दिर परिसर मगन्तेमुक्त क्षेत्र बनिसकेको छ । भरतपुर महानगरपालिकालाई सडक मानवमुक्त पहिलो महानगरपालिका घोषणा गर्ने अभियानमा सुरु भएको छ ।
यसरी अरुको जीवन बदल्ने दौडमा हिँडेका रामजीले मानव जीवनलाई कसरी बुझ्छन् त ?
उनको बुझाइ छ, ‘बग्दै गरेको खोलालाई बाँध बाधियो भने सिंचाइ हुन्छ, ऊर्जा निस्कन्छ । मानिसको जीवन पनि त्यस्तै हो । आफ्नो कारण कुनै एक जना व्यक्तिले नयाँ जीवन पाउँछ भने त्यो जीवन कति सुन्दर हुन्छ होला । जीवन सुगन्धयुक्त फूल हो, मानिसले सुगन्ध छर्न सक्नुपर्छ । म पनि आफ्नो जीवनलाई सार्थक बनाउने प्रयासमा छु ।’
यसरी पनि सेवा सम्भव छ ! सडक मानवमुक्त देश बनाउने अभियन्ताहरुको कथा कल्पना गर्नुस्, एउटा ३३ वर्षको युवकले के गर्ला ? के सोच्ला ? उसको जीवनप्रतिको दृष्टिकोण कस्तो होला ? अब, जवाफ तपाईंसँगै राख्नुहोस् । र, यो ३३ वर्षे युवकको कथा पढ्नुहोस् । जो घर जोड्ने, गाडी किन्ने र सुखमय जीवन विताउनेभन्दा दुरको यात्रामा निस्किएका छन् । जीवनको नयाँ परिभाषा खोज्दैछन् । जीवन एउटै हो । तर, मानिसले त्यसलाई अनेकौं तरिकाले जिउँछन् । जीवनमा अनेकौं संयोगहरु आइपुग्छन्, जो मानिसको कल्पनाभन्दा पर हुन्छ । तर, तीनै संयोगहरुले जीवनका नयाँनयाँ परिभाषा सृजना गर्छ । कति संयोगले विषबमन गर्छन्, कति संयोगले अमृत पिलाउँछन् । त्यस्तै, एउटा संयोग । रामजी अधिकारी ०६६ सालमा पिकनिक नगएको भए आज उनी कहाँ हुन्थे ? उनैलाई थाहा छैन । त्यही पिकनिकले नै उनी अहिले असहाय, असक्त, अनाथ र अपांग आठ सय जनाको अभिभावक भएका छन् । उनीजस्तै ६० जना युवा अभियन्ता दैनिक १८ घण्टा तीनै चार ‘अ’का बारेमा सोच्छन्, खोज्छन् । अनि मानव सेवा आश्रममा लिएर प्रेमको औषधि खुवाउँछन् । त्यही, मानवसेवा आश्रमका अध्यक्ष हुन्, रामजी । दृष्टि देखाउने त्यो पिकनिक रामजी क्याम्पस पढ्दै थिए । पढ्नु, फगत कोरा किताबी ज्ञान हासिल गर्नु मात्र होइन । पढाइसँगै रामजीहरु ‘सर्वोकृष्ट जीवन सास्वत चिन्तन’को अभियानमा थिए । यसो भनौं, उनी खुला विश्वविद्यालयमा पढाउँदै पनि थिए । सकारात्मक सोच चिन्तन, मानवियता र सामाजिक भावनासहित असल व्यक्ति निर्माण गर्ने अभियान थियो । त्यही अभियानको दौरानमा उनीहरुले २०६६ मा हेटौंडामा पिकनिक आयोजना गरे । तर यस्तो पिकनिक, जुन विद्यमान परिभाषाभन्दा निकै पृथक । त्यो पिकनिकबाट उनीहरुले आकाशलाई छानो बनाएर सडक बस्नेको जीवन महशुस गर्न खोजे । सडकमा पुगे अनि १८ जना वृद्धवृद्धालाई बटुले । हेटौंडा नगरपालिकाको भ्यानमा राखे । अनि पिकनिक स्पट पुगे । सडकबाट उठाइएका वृद्धवृद्धाहरुको शरीरबाट नमिठो गन्ध हुत्तिँदै थियो । उनीहरुले नुहाइदिए । फोहोर जमेका लामा-लामा नङ थिए, काटिदिए । कपाल जटा परेका थिए, छोट्याइदिए । शरिर घाउले भरिएका थिए, ड्रेसिङ गरिदिए । र, सफा कपडा लगाइदिए । अनि वृद्धवृद्धासँगै बसेर तात्तातो खाना खाए, नाचे, रमाइलो गरे । यति गरेपछि अभियन्ताहरुको मनमा यस्तो आनन्द सवार भयो, जुन कल्पनाभन्दा बाहिरको थियो । रामजी भन्छन्, ‘रात परेपछि फेरि हामीले उहाँहरुलाई सडकमै लगेर छाड्नुपर्थ्यो । हामीले मनलाई कसिलो बनायौं र त्यसै गर्यौं ।’ अध्याँरो भइसकेको थियो । छोड्नेबेला कदिमा स्याङ्तानले हात समाउँदै भनिन्, ‘पहिले त हामीले मागेर खान्थ्यौं । तर, तिमीहरुले सफा बनाइदियौं, नयाँ कपडा लगाइदियौ । अब हामीलाई कसले खान दिन्छ ?’ कदिमाको गोलीजस्तो बोलीले रामजीहरुलाई नराम्ररी रन्थनाइदियो । उनीहरुको मनमा एउटै कुराले राज गर्यो कि हामीले निकै ठूलो पाप गर्यौं । रातभर सोचे । अर्को दिन बिहान निर्णय गरे, ‘जसै गरेर भए पनि सडकपेटीमा बिताउनेहरुको उद्धार गर्नुपर्छ ।’ सुरुमा उनीहरु केही आश्रममा पुगे, केही वृद्ध-वृद्धाका लागि कुरा गरे । तर, जसको दिसा-पिसाब सन्तुलनमा छैन, मानसिक रुपमा रोगी छ, परिचय नै छैन, उनीहरुको लागि आश्रम पनि नहुँदोरहेछ, भएन । त्यसैले जन्मियो, ‘मानव सेवा आश्रम ।’ जुन आश्रम १३ भदौ, २०५९ मा हेटौंडाबाटै शुरु भयो । यो किन त ? रामजीसँग सीधा जवाफ दिन्छन्, ‘खुशी, शान्ति र आत्मसन्तुष्टिका लागि ।’ मुठी माग्दा मुक्का २३ जेठ । हेटौंडामा भाडाको एउटा फ्ल्याट । पाँच जना असक्त वृद्धवृद्धालाई सकड पेटीबाट त्यो फल्याटसम्म ल्याइएको थियो । तर ओढ्ने-ओच्छाउने छैन, खुवाउने खाना छैन । ‘हामीसँग मात्र भावना थियो’, रामजी भन्छन्, ‘त्यसपछि हामीले नजिकको अभिभावक, शुभेच्छुकसँग सेकेन्ड हेन्ड म्याट, थाल, चम्चा माग्यौं । सहयोगका लागि आग्रह गर्यौं । कतिले सहयोग गर्नुभयो, कतिले शंका गर्नुभयो, कतिले आक्षेप पनि लगाउनुभयो ।’ त्यसपछि रामजीहरुले ‘मुठी दान संकलन’ अभियान थाले । मुठी दान संकलनका लागि युवा अभियन्ताहरु बोरा बोकेर टोल-टोलमा पुगे । रामजी ६ वर्ष अघिको क्षण सम्झँदै भन्छन्, ‘कतिले मुठीको ठाउँमा मुरी दिए, कति ठाउँमा मुठीको ठाउँमा मुक्का पनि खायौं । कतिले कुकुर फुकाएर छोडिदिए, कतिले पानीले छ्यापेर धपाए ।’ तर, रामजीहरुको यात्रामा ब्रेक लागेन । उनीहरुले चार ‘अ’हरुलाई आश्रममा ल्याएर नाना, खाना, छाना र औषधि उपचारको प्रयास गर्दै गए । कतिपयको परिवार खोजेर पुर्नमिलन पनि गराए, आफन्त नभेटिएकालाई आश्रममा राखेर सहारा दिए । अब अहिलेको सफलताको कथा सुनाउँछन् रामजी, ‘निःस्वार्थ सेवामा लागेका कारण यो ६ वर्षको अवधिमा ६ वटा प्रदेश, १२ जिल्ला, १४ स्थानमा मानव सेवा आश्रमको सेवा सञ्चालनमा छन् । आजको दिनमा विभिन्न उमेर समूहका आठ सय जना सहयोगअपेक्षी आमाबुवा, दाजुभाइ दिदीबहिनी र सानासाना बाबुनानीको सेवा गर्ने अवसर पाएका छौं । स्थानीय, प्रदेश र केन्द्रीय सरकारसँग सहकार्य गर्दैछौं ।’ तर, आश्रमले कुनै पनि विदेशी सहयोग लिँदैन । एनजीओ/आईएनजीओको बजेटभन्दा बाहिर छ उनीहरुको आश्रम । उनीहरुले प्रमाणित गरेका छन्, यसरी पनि सेवा सम्भव छ ! जीवन यस्तो पनि ! मानव सेवा आश्रमको युट्युबमा एउटा भिडियो छ, जहाँ एक जना वृद्धको हातमा साङ्ला बाँधिएको छ । र, साङ्लामा ताला ठोकिएको छ । खिया लागेको साङ्लाले गडेर हातमा घाउ लागेको छ । रामजी भन्छन्, ‘आफ्नै परिवारले १३ वर्षदेखि साङ्लाले बाँधेर राखेका थिए । मानसिक समस्या भएकाले उनलाई त्यसरी बाँधेर राखिएको रहेछ । उहाँले त्यहीँ दिसा-पिसाब गर्नुहुन्थ्यो, त्यही खानुहुन्थ्यो ।’ मानव सेवा आश्रमले जञ्जीरले बाँधिएका सप्तरी राजविराजका उमाकान्त चौधरीलाई आश्रममा ल्यायो र निको बनायो । रामजी भन्छन्, ‘मनोसामाजिक समस्या भएका मानिसलाई प्रेमसँग उपचार गरियो र सकारात्मक वातावरण प्रदान गरियो भने सुधार हुन्छ । यस्तो स्थिति देख्दा त लाग्छ, प्रेमलाई टर्चलाइट बालेर खोज्नुपर्छ ।’ त्यस्तै दुई व्यक्ति थिए, राष्ट्रपति भवन पछाडि । घुम्न आएका जापानिजले उनीहरुका भिडियो खिचे र सामाजिक सञ्जालमा राखिदिए । दुई व्यक्ति, अनिल र सुनिललाई दुई वटा पिंजडामा थुनिएको थियो र, हातमा डोरी लगाएर कगतीको बोटमा बाँधिएको थियो । उनीहरु फलामको पिंजडा जोडसँग हल्लाइरहन्थे र चिच्याइरहन्थे, जसरी चिडियाखानामा चिम्पान्जी बेलाबेलामा चिच्याउँछ । त्यो खबर थाहा पाउनासाथ मानव सेवा आश्रमको टिम पुग्यो र पिंजडामुक्त गर्यो । प्रेम दियो र मानिस बनायो । अब हेटौंडाकी टेम्पो दिदीको कथा सुनाउँछन्, रामजी । उनको नाम खासमा टेम्पो दिदी होइन । नाम हो, सुशीला पुडासैनी । तर, यो समाज विशेषण थप्न खुब सिपालु छ । सुशीला हिँडेर वीरगञ्जसम्म पुग्थिन् र हिँडेरै हेटौंडा आइपुग्थिन् । उनले बाटोमा भेटजतिसँग एक रुपैयाँ माग्थिन् । जसले दिँदैन उसको गालामा झापड लगाउन पनि पछि पर्दिनथिन् । रामजी भन्छन्, ‘हेटौंडामा उहाँको पिटाइ नखाएका मानिस कमै होलान् ।’ किन त्यस्ती भइन् सुशीला ? उनको श्रीमानले आफ्नै दिदीलाई सौता बनाएर घर भित्राए । त्यो दृष्यले सुशीला अचम्मित मात्र भइनिन्, मानसिक सन्तुलनलाई नै काबुमा राख्न सकिनन् । त्यसपछि उनलाई स्याहार गर्ने कोही भएन । अनि भइन्, ‘ट्याम्पो दिदी’ । ट्याम्पोजस्तै ओहोरदोहोर गरिरहने । तर, ‘ट्याम्पो दिदी’को कथा अहिले फेरिएको छ । मानव सेवा आश्रमले उनको उपचार गरेको छ र स्वस्थ भएकी छन् । अहिले उनी मानव सेवा आश्रमकै सेवामा छिन् । ‘सडकमा हिँड्ने ७० वर्षका आमाहरुको बलात्कार हुन्छ, जसको दिसापिसाब हुने ठाउँ च्यातिएर एकै ठाउँमा हुन्छ’, रामजी समाजको कुरुप अनुहार देखाउँछन्, ‘घरबाट सडकमा फ्याँकिएका मनोरोगीको बलात्कार हुन्छ । पेटमा बच्चा बस्छ । पेटमा के छ भनेर कसैले सोध्यो भने गर्भवतीले भन्नुहुन्छ, ढुंगा छ, ढुंगा छ ।’ यस्तै बलात्कृत आमाहरुबाट जन्मिएका २० बच्चा छन्, मानव सेवा आश्रममा । उनीहरुलाई बाउ को हो थाहा छैन । स्कुलमा भर्ना गर्न पनि गाह्रो हुन्छ । यस्तै आठ सय कथा बोकेका आठ सय जना अहिले आश्रममा छन् । उनीहरुको कथा न भनिसाध्य छ, न सुनिसाध्य । यतिसम्मकी आश्रमले कहिले कानमा किरा परेकाहरुलाई बोकेर ल्याउँछ, कहिले खातखुट्टा, पेटमा किरा परेकाहरुलाई । र, नयाँ जीवन दिन्छ । आश्रम खोल्नै नपरोस् धादिङका रामजी सेवा निवृत्त सैनिकका सन्तान हुन् । रामजीका सन्तान कति छन् ? रामजी भन्छन्, ‘५५ जना ।’ रामजी फिस्स हाँस्छन् र अगाडि थप्छन्, ‘एउटी छोरी छ, तर यसोभन्दा अप्ठ्यारो लाग्छ । मलाई त आश्रममा भएका ५५ जना नै आफ्ना सन्तानजस्तो लाग्छ र सिंगो परिवार साढे आठ सय जनाको ।’ रामजीलाई निःस्वार्थ सेवामा जुन सन्तुष्टि लाग्छ, त्यो अरु कुनैबाट पाउँदैनन् । भन्छन्, ‘सडकअपेक्षित बाबा-आमा, दिदी-भाइहरुलाई ल्याएर सेवा गर्न त्यति सजिलो छैन । तर, हामीले उहाँहरुलाई प्रेमले स्वीकार गरेकाले सबै अप्ठ्यारालाई सजिलो देख्छौं, आनन्द र रमाइलो महसुस गर्छौं ।’ त्यसैले त मानव सेवा आश्रमको सेवा फैलिँदो छ । हेटौंडामा पाँच करोड बराबरको भवन बनेको छ । चितवनमा दाताले ८ कठ्ठा जमिन उपलब्ध गराएका छन् र भवन निर्माणको चरणमा छ । अन्यत्र भाडाका घरहरुमा आश्रम चलेका छन् । आश्रममा केयर गिभरहरु छन् । नियमित योग, ध्यान, प्रणायाम हुन्छ । देशभरका मानव सेवा आश्रमको लागि मासिक ४० देखि ५० लाख खर्च हुन्छ । यति धेरै खर्च चाहिँ कहाँबाट जुट्छ ? ‘आश्रमलाई कतिले मासिक रुपमा सहयोग गर्नुहुन्छ । कतिले १०-५ रुपैयाँ । तरकारी व्यवसायी संघले तरकारी दिन्छ, फलफूल व्यवसायी संघले फलफूल’, रामजी भन्छन्, ‘कतिले धक फुकाएर सहयोग गर्छन् ।’ धादिङका शितलकाजी मास्केले त आफ्नो दुई वटा पेट्रोल पम्पको पाँच प्रतिशत शेयर नै आश्रमलाई उपलब्ध गराएका छन् । आश्रमले एक कप चिया अभियान चलाएको छ । एक बालक एक अभिभावकको योजना बनाएको छ । रामजी भन्छन्, ‘अहिले त यस्तो संस्कार बस्न थालेको छ कि बुबाआमाका पितृ कर्ममा पनि आएर सहयोग गर्नुहुन्छ, बिहे पार्टी, जन्मदिनको खर्च कटाएर आश्रमलाई दिनुहुन्छ ।’ हुन त रामजीलाई यस्ता आश्रम खुल्नै नपरे हुन्थ्यो जस्तो लाग्छ । यो सम्भव पनि देख्छन् । उनी भन्छन्, ‘हाम्रो कल्पना सडक मानवमुक्त देशको हो । त्यो सम्भव छ ।’ यसै पनि जिल्ला समन्वय समितिसँग सहकार्य गरी मकवानपुरलाई सडक मानवमुक्त जिल्ला घोषणा गरिएको छ । गोरखा नगरपालिकालाई सडक मानवमुक्त र पशुपति मन्दिर परिसर मगन्तेमुक्त क्षेत्र बनिसकेको छ । भरतपुर महानगरपालिकालाई सडक मानवमुक्त पहिलो महानगरपालिका घोषणा गर्ने अभियानमा सुरु भएको छ । यसरी अरुको जीवन बदल्ने दौडमा हिँडेका रामजीले मानव जीवनलाई कसरी बुझ्छन् त ? उनको बुझाइ छ, ‘बग्दै गरेको खोलालाई बाँध बाधियो भने सिंचाइ हुन्छ, ऊर्जा निस्कन्छ । मानिसको जीवन पनि त्यस्तै हो । आफ्नो कारण कुनै एक जना व्यक्तिले नयाँ जीवन पाउँछ भने त्यो जीवन कति सुन्दर हुन्छ होला । जीवन सुगन्धयुक्त फूल हो, मानिसले सुगन्ध छर्न सक्नुपर्छ । म पनि आफ्नो जीवनलाई सार्थक बनाउने प्रयासमा छु ।’
More Stories