काठमाडौँ — विश्वका विभिन्न मुलुकका ५० हजारभन्दा बढीको फोन नम्बरमा अनधिकृत रुपमा प्रवेश गरेको पेगासस स्पाइवेअरले भारतका लागि नेपाली राजदूतसहित विभिन्न देशका कूटनीतिज्ञको फोन पनि ह्याक गरेको हुन सक्ने बताइएको छ ।

इजरायलस्थित गैरसरकारी एनएसओ ग्रुपले निर्माण गरेको जासुसी प्रविधि कम्पनी ‘पेगासस’ मार्फत भारत सरकारले आफ्ना विरोधीहरुका बारे गरिएको जासुसीमा दिल्लीमा रहेका नेपाली, चिनियाँसहितका कूटनीतिक नियोग प्रमुखहरुको समेत पछिल्लो ४ वर्षे अवधिको ‘फोन–ट्यापिङ’ भएको सूचना बाहिर आएको छ ।

फ्रेन्च पत्रिका ‘ले मोन्डे’ले सोमबार सार्वजनिक गरेको समाचारमा, दिल्लीस्थित थुप्रै राजदूतहरुले विभिन्न समयमा गरेको संवाद तथा राजनेता, मानवअधिकारकर्मी, सांसद, पत्रकारको फोन नम्बरसहितको सूची ‘पेगासस’मा रहेको छ । ‘ले मोन्डे’मा प्रकाशित फ्रेन्च भाषाको समाचारको अनुवाद पठाउँदै पेरिसस्थित कान्तिपुरकर्मी ददी सापकोटाले जनाएअनुसार, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मद्दत पुग्ने गरी ‘पेगासस’ मार्फत गुप्तचरी गरिएको जनाइएको छ ।

विश्वकै ठूलो लोकतन्त्र मानिएको भारतमा सरकार सञ्चालनको पद्धति जासुसी र गुप्तचरीका भरमा चलिरहेको यो घटनाको आलोचना गर्दै विश्वका प्रतिष्ठित मिडियाहरुले चर्को निन्दा गरेका छन् । ‘जासुसीका लागि सन् २०१७ यताका प्रमुख २ हजार वटा मामलालाई छनौट गरिएको र भारत–पाक विषयक ती मामलामा सूचना संकलनमा पत्रकार, नेता, कूटनीतिज्ञसहितलाई उपयोग गरिएको छ,’‘ले मोन्डे’मा भनिएको छ । यो जासुसी सफ्टवेयरको प्र भारतीय प्रधानमन्त्री मोदीको सन् २०१७, जुलाइमा भएको इजरायल भ्रमणपछि थालिएको जनाइएको छ ।


https://ekantipur.com/news/2021/07/20/162676194947886886.html 
https://theprint.in/theprint-essential/what-is-pegasus-the-ultimate-spyware-used-for-surveillance/698432/