काठमाडौँ — कोरोना संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञा साउन २० गतेसम्मका लागि लम्ब्याइएको छ ।

आइतबार काठमाडौं जिल्ला प्रशासनका तर्फबाट जारी विज्ञप्तिमा निषेधाज्ञा साउन २० गतेसम्म लम्ब्याउने निर्णय गरिएको काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताएका छन् ।

सोमबारदेखि लागू हुने निषेधाज्ञामा पहिलेकै निषेध प्रावधानहरुलाई निरन्तरता दिइएको छ । उपत्यकामा सभा, समारोह गर्न अझै रोक लगाइएको छ । त्यस्तै, पार्टी प्यालेस, डान्सबार, नाचघर, स्वीमिङ पुल, सैलुन, ब्युटी पार्लर, हेल्थक्लब, फुटसल, जिमखाना, शैक्षिक संस्थाहरु भने अझै बन्द रहने भएका छन् ।

पछिल्लो पटक थपिएको निषेधाज्ञा आइतबार रातिदेखि सकिँदैछ ।

काठमाडौं जिल्ला प्रशासनका तर्फबाट जारी विज्ञप्ति :

https://ekantipur.com/news/2021/07/25/162721702704486073.html