काठमाडौँ — कोभिड–१९ विरुद्धको खोप लगाएको ‘क्यूआर कोड’ सहितको प्रमाण पत्र नदिएको भन्दै वैदेशिक रोजगारीमा जानेहरुले प्रदर्शन गरेका छन् । वैदेशिक रोगजारीका लागि कुवेत जान लागेकाहरुले आइतबार काठमाडौंको भद्रकालीमा प्रदर्शन गरेका हुन् ।

 
qr-code-demand-protest-august-1-2021-1-0182021123606-1000x0.jpg&w=1000&h=0

वैदेशिक रोजगारीमा जाने युवाहरुलाई सरकारले खोपको व्यवस्था गरेपनि विभिन्न देशहरुले खोप लगाएको प्रमाणित गर्न 'क्यूआर कोड'सहितको प्रमाण पत्र माग्ने हुँदा उनीहरु काममा फर्कन पाएका छैनन् । खोप लगाएर फेरि कुवेत फर्कन तयार धेरैको कम्पनीले दिएको बिदा सकिन लागेको तर नेपाल सरकारले भने खोप लगाएको 'क्यूआर कोड' भएको प्रमाण पत्र दिन चासो नदेखाएपछि वैदेशिक रोजगारीमा जानेहरु बेरोजगार हुने चिन्तामा छन् । खोप लगाएर कुवेत फर्कन ‘क्यूआर कोड’ भएको प्रमाण पत्र कुरेर काठमाडौंमा बसेका करिब ५ सय युवाहरु दैनिक स्वास्थ मन्त्रालय र टेकु अस्पताल धाउँदाधाउँदै हैरान भएको बताए । वैदेशिक रोजगारी एवं अन्य कामकाजको सिलसिलामा अन्तर्राष्ट्रिय यात्रा गर्नेले खोप लगाएको 'क्यूआर कोड'सहितको प्रमाण पत्र पेस गर्नुपर्ने हुन्छ ।

qr-code-demand-protest-august-1-2021-3-0182021123622-1000x0.jpg&w=1000&h=0
qr-code-demand-protest-august-1-2021-6-0182021123711-1000x0.jpg&w=1000&h=0
qr-code-demand-protest-august-1-2021-7-0182021123727-1000x0.jpg&w=1000&h=0
qr-code-demand-protest-august-1-2021-4-0182021123637-1000x0.jpg&w=1000&h=0
qr-code-demand-protest-august-1-2021-5-0182021123653-1000x0.jpg&w=1000&h=0

https://ekantipur.com/photo_feature/2021/08/01/162781610887444646.html