१८ साउन, धनगढी । कञ्चनपुरमा बहुविवाह मुद्दाका फरार एकजना प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा पुनर्वास नगरपालिका–८ का पदमराज उपाध्याय रहेका छन् ।

उनलाई जिल्ला अदालत कञ्चनपुरले बहुविवाह सम्बन्धी कसुरमा १२ कात्तिक २०७४ मा ३ वर्ष कैद र २५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) सिद्धराज न्यौपानेले उपाध्यायलाई पुनर्वास क्षेत्रबाटै पक्राउ गरेर जिल्ला अदालतमा पेश गरिएको जानकारी दिए ।

अदालतले उनलाई कैद भुक्तानका लागि जिल्ला कारागार चलान गरेको डीएसपी न्यौपानेले बताए