१८ साउन, काठमाडौं । आफूलाई पत्रकार बताएर ठगी गरेको अभियोगमा खेमराज खनाल पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसर, टेकुको टोलीले बालाजुबाट खनाललाई पक्राउ गरेको एसएसपी अशोक सिंहले अनलाइनखबरलाई बताए ।

उनका अनुसार खनालले डेढ लाख रुपैयाँ ठगी गरेको आरोप छ । ‘थप व्यक्ति पनि उनीबाट ठगिएको सूचना छ यद्यपि उजुरी आइसकेको छैन’ उनले भने, ‘पक्राउ गरेका छौं, अब विस्तृत अनुसन्धान हुन्छ ।’

खनाल विभिन्न प्रहरी उच्च अधिकृतहरुसँग तस्वीर खिचेर सामाजिक सञ्जालमा राख्ने गर्थें । त्यही फोटोको आधारमा प्रहरीसँग निकट सम्बन्ध छ भनेर उनीले ठगी गर्ने गरेको प्रहरीले जनाएको छ ।