१८ साउन, काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले प्रभु क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सोमबार भएको सम्झौतामा मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडको प्रारम्भिक सेयर निष्काशन तथा बिक्रीका लागि दुई कम्पनीबीच सम्झौता भएको हो ।

मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडका तर्फबाट कार्यकारी अध्यक्ष हिमाल गुरुङ्ग र प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरे ।

कम्पनीले प्रारम्भिक सेयर निष्काशनका लागि कुल जारी पूँजी ७६ लाख रुपैयाँको ३० प्रतिशत अर्थात २२ लाख ८० हजार रुपैयाँ कित्ता प्रारम्भिक सेयर निष्काशन गर्ने भएको छ । यसमध्ये आयोजना प्रभावित स्थानीयका लागि ७ लाख ६० हजार कित्ता र सर्वसाधारणका लागि १५ लाख २० २० हजार कित्ता सेयर निष्काशन गर्नेछ ।

सो कम्पनीले निर्माण गरीरहेको आयोजनामा डोल्मा इम्प्याक्ट फण्डको समेत लगानी रहेको छ ।