१९ साउन, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले पूर्व कप्तान पारस खड्काको सन्यास अप्रत्यासित भएको बताएका छन् ।

आईसीसी विश्व क्रिकेट लिग टूका लागि नेपाली राष्ट्रिय टोलीको मंगलबार बन्द प्रशिक्षण सुरु गर्ने तयारी थियो, तर पारसले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । अध्यक्ष चन्दका अनुसार मंगलबार विहान करिव साढे ७ बजेतिर पारसले इमेल गरेर सन्यास लिन लागेको जानकारी गराएका थिए ।पारसको सन्यासबारे चन्द भन्छन्, ‘कप्तानबाट राजीनामा दिए जस्तै अप्रत्यासित भयो ।’ यसबारे क्रिकेट संघको औपचारिक धारणा आउने समेत उनले बताएका छन् ।