अबदेखि कोरोना भाइरसको खोप लगाएको प्रमाणपत्र जिल्ला अस्पतालमै पाइने भएको छ। विदेश जाने मजदुर तथा विद्यार्थीलाई काठमाडौंमा खोप लगाएको प्रमाणपत्र लिन सकस भएपछि सरकारले सबै जिल्लाबाट प्रमाणपत्र दिने व्यवस्था गरेको हो। बुधबार स्वास्थ्य सेवा विभागले ७७ वटै जिल्लालाई पत्र पठाएर त्यहिँबाट खोप लगाएको प्रमाणिकरण गर्न निर्देशन गरेकाे छ।