काठमाडौं । बेलायतको रक्षा मन्त्रालयले आफ्नो कम्प्युटर नेटवर्किङमा भएको गम्भीर सुरक्षा समस्या पत्ता लगाउने इथिकल ह्याकरहरूलाई बाउन्टी दिएको छ ।

 

मन्त्रालयको सहकार्यमा ‘ह्याकर वान’ ले गरेको एक महिने लामो क्राउडसोर्स पेनिट्रेसन टेस्टिङमा करिब २४ जना ह्याकरहरूले विभिन्न समस्या पत्ता लगाएबापत बाउन्टी पाएका हुन् ।

बाउन्टीमा कति रकम दिइएको छ भन्ने कुरा चाहिँ सार्वजनिक भइसकेको छैन ।

 

आफ्नो नेटवर्कको सुरक्षा प्रणालीमा प्रविधिको नवीनतम प्रयोग गर्न परम्परागत प्रयोगबाट बाहिरिनको लागि यो कार्यक्रम गरिएको मन्त्रालयले जनाएको छ ।

 

विभिन्न निजी कम्पनीहरूले यसरी इथिकल ह्याकरहरूलाई आफ्नो वेबसाइटमा भएको समस्या पत्ता लगाएबापत बाउन्टी दिने काम गर्दै आए पनि बेलायती सरकारले यसरी इथिकल ह्याकरलाई बाउन्टी दिएको यो पहिलो पटक हो ।

 

गत डिसेम्बरमा मन्त्रालयले बग हन्टरहरूलाई पक्राउ नगर्ने प्रतिबद्धता जाहेर गरेसँगै आफैंले यो कार्यक्रम सञ्चालन गरेको हो ।

सुरक्षा अनुसन्धानकर्ताहरूले आफूले भेटाएका सुरक्षा त्रुटिहरूलाई कम्पनीलाई रिपोर्ट गर्नेभन्दा पनि बेच्ने काम गर्ने सम्भावना भएको हुदाँ यसो नहोस् भन्ने अवधारणा सहित क्राउडसोर्स पेनिट्रेसन टेस्टिङ गराएको हो ।

https://www.techpana.com/2021/97216/?fbclid=IwAR3myFNSyRzFZFumeQWybV2c8dhJeh4gHJrPfQywcSKNvvvQzh7HVrSKjOw