२० साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकको सञ्चालकमा अर्थ सचिव मधुकुमार मरासिनी नियुक्त भएका हुन् । नेपाल सरकारको प्रतिनिधित्व गर्दै राष्ट्र बैंकको सञ्चालकमा बुधबार मरासिनी नियुक्त भएका हुन् ।

यस अघि तत्कालिन अर्थ सचिव शिशिरकुमार ढुंगाना राष्ट्र बैंकको सञ्चालक थिए । ढुंगानाको अर्थमन्त्रालयबाट प्रधानमन्त्री कार्यालयमा सरुवा भएपछि मरासिनी अर्थसचिवको रुपमा सञ्चालक बनेका हुन् ।

सञ्चालक नियुक्त भएपछि मरासिनीले बुधबार नै पद तथा गोपनियताको सपथ लिएका छन् । सर्वोच्च अदालतका तेजबहादुर के.सी.समक्ष नेपाल राष्ट्र बैंक सञ्चालक समितिको सदस्यको रूपमा पद तथा गोपनीयताको शपथ लिएका हुन् ।