बङ्गलादेशमा चट्याङ्ग लाग्दा १७ जनाको ज्यान गएको छ । बेहुलासहित १४ जना घाइते भएका छन् । 

बङ्गलादेशको  शिवगञ्जमा बेहुली लिन गएका बेला परेको चट्याङ्ग लागेर १७ जनाको ज्यान गएको र १४ जना घाइते भएका बीबीसीले जनाएको छ । 

डुङ्गाबाट उत्रिएर नदी किनारमा रहेको बेहुलीको घरतर्फ जाँदै गर्दा चट्याङ्गले लागेको खबरमा उल्लेख छ । प्रत्यक्षदर्शीका अनुसार एकैपटक धेरै चट्याङ्ग खसेको थियो । बङ्गलादेशमा हरेक वर्ष चट्याङ्गले ठूलो जनधनको क्षति हुने गरेको छ । 

सन् २०१६ को मे महिनामा बङ्गालादेशमा एकैदिन चट्याङ्ग लागेर ८२ जनाको ज्यान गएको थियो भने त्यो महिनाभर चट्याङ्गबाट ज्यान गुमाउनेको सङ्ख्या २ सय नाघेपछि सरकारले चट्याङ्गलाई प्राकृतिक विपत्ति घोषणा गरेको थियो।

दक्षिण एसियामा हरेक वर्ष प्राकृतिक विपत्तिमा परेर सयौँको ज्यान जाने गरेको छ ।