काठमाडौं । चिनियाँ प्रविधि ब्राण्ड रियलमीले नेपालमा आफ्नो बजारीकरणको लागि शंकर ग्रुपसँग सहकार्य गरेको छ । आज एक कार्यक्रमबीच रियलमीले शंकर ग्रुपसँगको सहकार्य घोषणा गरेको हो ।

 

रियलमीका उपाध्यक्ष तथा रियलमी भारत र युरोपेली बजारका सीईओ माधव शेठले नेपाली बजारका लागि पनि नेतृत्वदायी भूमिका निर्वाह गर्ने गरी सहकार्य सुरू गरिएकाे जनाए ।

घोषणा कार्यक्रममा बोल्दै उपाध्यक्ष शेठले नेपाली बजारमा नवीनतम प्रविधिका उत्पादनहरू उत्कृष्ट मूल्यमा नेपाली उपभोक्तामाझ प्रस्तुत गर्ने बताए ।

 

 कम्पनीले सन् २०२२ सम्ममा रियलमीलाई नेपाली स्मार्टफोन बजारमा उत्कृष्ट दुईमा पुर्‍याउने लक्ष्य लिएको छ ।

https://www.techpana.com/2021/96828/?fbclid=IwAR3-JABPmMMpoLFhhE8-JR3HC71f5OYWs5aRmAoM4qHjRZ-D_u62vrExKEk