बिना हेल्मेट मोटरसाइकल चलाउँदा पूर्वयुवराज पारस शाहलाई प्रहरीले रोकेको घटना चर्चाको विषय बन्यो। 'श्रीपेच लगाउने टाउकोमा हेल्मेट लगाउन सुहाउँदैन', भन्दै कतिपय युवाले पारसको पक्षमा महाराजगन्ज चोक मा प्रदर्शनसमेत गरे। तर, सडक दुर्घटना सम्बन्धी तथ्याङ्क भन्छ, 'श्रीपेच नलगाए पनि ज्यान जोगिन्छ, हेल्मेट नलगाए भन्न सकिन्न।'