काठमाडौं । एनएमबि बैंकले सबैे उमेरको लगानीकर्ताहरुलाई लक्षित गरीे शुन्य मौज्दातमै विशेष सुविधायुक्त ‘एनएमबि इन्भेष्टर सेभिङस्’ अघि सारेको छ ।

यस बचत योजनाअन्तर्गत बैंकले खातामा उच्चतम ब्याजका साथै ५ वर्षका लागी निः शुल्क डिम्याट तथा मेरो शेयर, निः शुल्क आस्वा, ओम्नी च्यानल र कनेक्ट आईपीएसमार्फत निःशुल्क अन्तरबैंक रकम ट्रान्सफर, निःशुल्क मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, डेबिट कार्ड र क्रेडिट कार्ड र एनएमबि क्यापिटलको सहकार्यमा पोर्टफेलियो म्यानेजमेन्टको सेवा सँगसँगै परामर्श सेवा प्रदान गर्ने जानकारी गराइएको छ ।

हाल मुख्यतया बैंकहरुले कर्जा सापटीमा केन्द्रित राखेको देखिएता पनि एनएमबिले भने लगानीकर्ताहरुलार्ई बचत सँगै लगानी गर्न प्रोत्साहन गर्ने गरी बचतमा आकर्षक योजना ल्याएको बैंकले जनाएकाे छ ।

एनएमबि बैंकले हाल देशभरी १८१ शाखा, १३७ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ ।

https://www.techpana.com/2021/97011/?fbclid=IwAR1BbmpQ20SmG2ggeRvK_KGmiSTJr_cdBaPFviZbCvSzX3Yjdar0JELebes