काठमाडौं । स्मार्टफोन ब्राण्ड बिचको दौडमा पहिलो पटक साओमी विश्वकै उत्कृष्ट ब्राण्ड बन्न सफल भएको छ । सन् २०२१ को जुन महिनामा सबैभन्दा बढि स्मार्टफोन बिक्री गर्दै साओमीले सामसङ र एप्पल पछि पारेको हो ।

 

यो सँगै साओमी पहिलो पटक स्मार्टफोन ब्राण्ड बिचको दौडमा नम्बर वान ब्राण्ड बन्न सफल भएको छ । काउन्टरपोइन्टले सार्वजनिक गरेको मासिक बजार प्रतिवेदन अनुसार जुन महिनामा साओमीको व्यापार २६ प्रतिशतले बढेको छ । प्रतिफल कम्पनी १७‍‌.१ प्रतिशत बजार हिस्साका साथ पहिलो नम्बर रहेको छ । भने, १५.७ प्रतिशत बजार हिस्साका साथ सामसङ दोस्रो र १४.३ प्रतिशत बजार हिस्साका साथ एप्पल तेस्रो स्थानमा रहेका छन् ।  

प्रतिवेदन अनुसार सन् २०२१ को दोस्रो त्रैमासिकमा भने साओमी व्यापारको हिसाबले सामसङ भन्दा पछि दोस्रो स्थानमा रहेको छ । प्रतिवेदन अनुसार साओमीले  सन् २०११ व्यापार सुरु गरे देखि आज सम्म करिब ८० करोड स्मार्टफोन बिक्री गरिसकेको छ ।

 

‘ह्वावेका स्मार्टफोन बिक्रीमा आएको कमी सँगै साओमीले आफ्नो बजारलाई विस्तार गरेको छ,’ जुन महिनाको प्रतिवेदनमा प्रतिक्रिया दिँदै अनुसन्धानका निर्देशक तरुण पाठकले भने, ‘सामसङको आपुर्ती घट्दा पनि साओमीलाई फाइदा भएको हो ।’

 

हाल बजारमा साओमीको रेडमी ९, रेडमी नोट ९ र के सिरिजका स्मार्टफोनहरूको बिक्री उच्च रहेको छ । http://unelma.io/oFAhc