काठमाडौं । भन्सार छलेर भित्र्याउँदै गरेका विभिन्न ब्राण्डका ७८ लाख मूल्य बराबरको स्मार्टफोन प्रहरीले बरामद गरेको छ । पूर्वपश्चिम राजमार्गस्थित नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका-१ बाट प्रहरीले उक्त फोन बरामद गरेको हो ।

 

प्रहरीका अनुसार बरामद भएका स्मार्टफोनमा विभिन्न ब्राण्डका पाँच सय ९५ थान रहेको छ । जसको बजार मूल्य करिब ७८ लाख रुपैयाँ रहेको इलाका प्रहरी कार्यालय दुम्किबासले जनाएको छ ।

इलाका प्रहरी कार्यालय दुम्किबासबाट खटिएका प्रहरीले बिहीबार राति पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश ३-०१-०२३-च-५५४४ नम्बरको कारमा सुरक्षा जाँच गर्दा अवैध मोबाइल फेला पारेको हो ।

 

भन्सार छलेर मोबाइल ल्याउने चितवन भरतपुर महानगरपालिका-८ का अर्जुन ढकाल र भरतपुर-२१ का इन्द्रलाल श्रेष्ठ रहेका छन् । उनीहरु दुवैलाई प्रहरीले नियन्त्रणमा लिएको उल्लेख गरिएको छ । 

https://www.techpana.com/2021/97585/?fbclid=IwAR1pbygrJ1GaO8tA2oJlSVI2GoD-cB7vhhs5NFxEiA0NeEjkR38E34Pwmqc