काठमाडौं । केही समय पहिलेदेखि नै लगभग सबैजसो सामाजिक सञ्जाल एपहरुले स्टोरिज फिचर थपेका छन् । यसैक्रममा अब टिकटक पनि त्यसका लागि अग्रसर देखिएको छ ।

 

यो लोकप्रिय भिडिओ एपले नयाँ स्टोरिज फिचर परीक्षण गरिरहेको छ । म्याट नाभराले ट्वीट गर्दै यो फिचरको चर्चा गरेका छन् र टिकटकका प्रवक्ताले समेत त्यसलाई पुष्टि गरेका छन् ।

यो नयाँ फिचरलाई सामान्य रुपमा ‘टिकटक स्टोरिज’ नाम दिइएको छ । यसले पनि इन्स्टाग्राम र स्नापच्याट लगायतका अन्य एपमा रहेका स्टोरिजले जस्तै काम गर्छ । 

 

हालै थप भएको साइडबारको माथि तपाईंले फलो गरेको अकाउन्टबाट राखिएको स्टोरी फेला पार्न सकिनेछ । जुन राखेको २४ घण्टामा आफैं डिलिट हुन्छ । अन्य प्रयोगकर्ताले यस्तो स्टोरीमा रिएक्ट तथा कमेन्ट समेत गर्न सक्छन् ।

 

साथै तपाईंले इन्स्टाग्राम र अन्य प्लेटफर्ममा जस्तै गरी प्रोफाइलमा ट्याप गरेर स्टोरी राख्न सक्नुहुन्छ । यो फिचरलाई टिकटकले ‘तपाईँका फ्यानसँग अन्तरक्रिया गर्ने नयाँ तरिका’ भनेर व्याख्या गरेको छ ।

प्रयोगकर्ताले ‘क्रियट’ बटनमा ट्याप गरेर नयाँ स्टोरी बनाउन सक्छन् । साथै त्यसमा क्याप्सन, म्युजिक र टेक्स्ट पनि राख्न मिल्छ ।

https://www.techpana.com/2021/97572/?fbclid=IwAR3_bD8zJancgnW5FY56uNBy7HyhfSZ6IwcbDbsPBYkjwTYMX8X2cjBzJ3M