काठमाडौँ — बालाजु औद्योगिक क्षेत्रमा रहेको एउटा बिस्कुट उद्योगमा आगलागी भएको छ । 

शनिबार बिहान २ बजेदेखि औद्योगिक क्षेत्र परिसरमा रहेको नेबिको बिस्कुट उद्योगमा आगलागी भएको हो ।

बिहानैदेखि जुद्ध वारुण यन्त्र, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतका पानीका ट्यांकर र दमकलको सहयोगमा आगो निभाउने प्रयास भइरहे पनि अझै नियन्त्रणमा आउन नसकेको महानगरीय प्रहरी वृत्त बालाजुले जनाएको छ ।

balaju-fire-0782021032319-1000x0.jpg

आगलागीबाट मानवीय क्षति नभएको वृत्तले जनाएको छ । आगलागीमा तयारी सामग्री र कच्चा पदार्थ जलेर नष्ट भए पनि के कति क्षति भयो भन्नेबारे यकिन जानकारी नआएको वृत्तले जनाएको छ ।