काठमाडौं । ह्वावेले हालै मात्रै सार्वजनिक गरेको पी५० सिरिजको दुईवटा स्मार्टफोनमा स्न्यापड्रागन ८८८ र किरिन ९००० चिपसेट प्रयोग भएको छ । तर यी दुवै स्मार्टफोनले फाइभजीलाई सपोर्ट गर्दैन ।

 

दुवै स्मार्टफोनमा फोरजी नेटवर्कले मात्र काम गर्छ । यसले बजारमा अहिलेदेखि नै असर देखाउन सुरु गरिसकेको छ । ह्वावेले पी५० सिरिजको फोन सार्वजनिक गर्ने बित्तिकै बजारमा फाइभजी सपोर्ट गर्ने ह्वावे मेट ३० र मेट ४० को मूल्य बढेको छ ।

फोरजी मात्र सपोर्ट गर्ने नयाँ स्मार्टफोन किन्नुभन्दा फाइभी चल्ने पुरानै मोडेलको स्मार्टफोन प्रयोगकर्ताले किन्न रुचाइरहेका छन् । यो समस्या समाधान हुन त्यति सजिलो त छैन ।

 

तर अमेरिकाले ह्वावेलाई फाइभजीमा लगाएको प्रतिबन्धलाई बाइपास गर्नका लागि ह्वावेको लागि त्यति गाह्रो नहुन पनि सक्छ । यद्यपि ह्वावेले आफ्नो यो समस्या सन् २०२२ सम्ममा सामाधान गरिसक्ने बताएको छ ।

 

अमेरिकाले ह्वावेलाई फाइभजीमाथि लगाएको प्रतिबन्धका कारण ह्वावेको पी ५० सिरिजको फोनले बजारमा राम्रो व्यापार गर्न सकेको छैन । ह्वावेलाई अमेरिकन कम्पनीबाट फाइभजीको लागि आवश्यक प्रविधिहरू खरिद गर्न प्रतिबन्ध लगाइएको छ ।

 

ह्वावेको फाइभीजीमा यस्ताे छ समस्या 

फाइभजी डिभाइसको लागि दुई वटा वेभहरू मात्र छन्; सरफेस अकस्टिक वेभ (एसएडब्लु) र बल्क अकस्टिक वेभ (बीएडब्लु)।

यी दुईमध्ये पनि पफर्मेन्स र प्रविधको कारण फाइभजी डिभाइसको लागि कम्पनीहरूको पहिलो रोजाइमा बीएडब्लु वेभ रहेको छ । अनि बीएडब्लुको विश्व बजारमा अमेरिकाको ब्रोडकम कम्पनीको मात्र ८७ प्रतिशत हिस्सा रहेको छ ।

त्यस्तै अर्का सेमिकन्डक्टर अमेरिकी कम्पनी कोर्भोको बजार हिस्सा ८ प्रतिशत रहेको छ । यसको अर्थ बीएडब्लुको करिब ९५ प्रतिशत हिस्सा त अमेरिकाले नै ओगटेको छ ।

 

त्यति मात्र होइन, एसएडब्लुको करिब ७० प्रतिशत विश्वबजारको हिस्सा पनि अमेरिकी कम्पनीको नै छ । यसकारण ह्वावेले अमेरिका छोडेर अरु बजार खोज्नु लगभग असम्भव जस्तै नै छ, जसको असर ह्वावेका नयाँ उत्पादनहरूमा सहजै देख्न सकिन्छ ।

यद्यपि कम्पनीले भने पनि सन् २०२२ सम्म यो समस्या समाधान गर्ने बताएको छ ।

https://www.techpana.com/2021/97867/?fbclid=IwAR1oy-EliyPv0FmTlJMrGZ-zHRYp-wzry_Ugg6VX2C92i2MoiKrVgQPz-Sc