प्रधानमन्त्री शेरबहादुर देउवाले आफूसहित मन्त्रिमण्डलका ६ जनाबाट सरकार चलाइरहेका छन् । २४ दिनयता मन्त्रिमण्डल विस्तार हुन सकेको छैन । आज भोलि नै मन्त्रिमण्डल विस्तार हुने भन्दा भन्दै सकस परिरहेको छ ।

https://youtube.com/c/PrimeTimesTelevision

नेकपा एमालेबाट माधवकुमार नेपाल खेमा सरकारमा जानसक्ने भन्दै देउवाले पटक पटक मन्त्रिमण्डल विस्तारलाई टारेका छन् । नेपाल पक्ष एमाले विभाजन गरेर आउनसक्ने अनुमानका साथ कुरिएको बुझिएको छ । तर, नेपाललाई आफूनिकटस्थबाटै पार्टी नफुटाउन दबाब परिरहेको छ ।

https://tejpuspanews.com/

गठबन्धनभित्रै मन्त्री बन्ने प्रतिष्पर्धा तिव्र छ । नेपाली काँग्रेसभित्र देउवालाई आफ्नो पक्षका आकांक्षीहरुको व्यवस्थापन कठिन छ । महाधिवेशनको मुखमा निकटस्थलाई चिढ्याउँदा पर्न सक्ने नोक्शानीबारे देउवा अवगत छन् । अर्कोतर्फ, वरिष्ठ नेता रामचन्द्र पौडेल, कोइराला परिवार, प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलालाई सन्तुष्ट बनाउन सजिलो छैन । काँग्रेसको भागमा पर्ने मन्त्रिमण्डल अधिकतम ८ देखि ९ रहने देखिएको छ । आकांक्षी धेरै र अवसर थोरै भएकाले देउवालाई असजिलो छ ।

 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सांसद भएकाहरु सबै मन्त्री बन्न खोजिरहेको भन्दै आफू दबाबमा रहेको खुलाइसकेका छन् । दुईजनालाई मन्त्री बनाइसकेकाले अब अधिकतम ५ सम्म मन्त्री पाउने भएकाले प्रचण्डलाई आन्तरिक व्यवस्थापन कठिन छ । नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्रीसहित मन्त्री बन्न चाहिरहेका छन् । उनलाई रोक्ने प्रयास भइरहेको छ । श्रेष्ठ रोकिए प्रचण्डले नयाँ चुनौतीको सामना गर्नुपर्ने हुनसक्छ ।

 

जनता समाजवादी पार्टीमा अध्यक्ष उपेन्द्र यादव आफ्नो नेतृत्वमा सरकारमा जान चाहिरहेका छन् । तर, उनलाई रोक्ने प्रयास भइरहेको छ । यादवले प्राप्त मन्त्री पद बाँडफाँडमा उत्तिकै चुनौती भोगिरहेका छन् । यसको असर मन्त्रिमण्डल विस्तारमा परेको छ । बाबुराम भट्टराई र अशोक राईलगायत नेतालाई सन्तुष्ट बनाएर जानुपर्ने वाध्यता छ ।

 

गठबन्धनका दलहरुभित्र नै समस्या बढेको छ । त्यसमाथि देउवालाई मन्त्रिमण्डल भागवण्डामा गठबन्धनका दलहरुलाई मिलाउन उत्तिकै सकस परिरहेको छ । उनी चौतर्फी दबाब र चुनौती झेलिरहेका छन्