काठमाडौं । युवा पुस्तामाझ लोकप्रिय स्मार्टफोन ब्राण्ड पोकोले नेपाली प्रयोगकर्तामाझ नयाँ उत्पादन ल्याएको छ ।

 

कम्पनीले हालै फाइभजी स्मार्टफोनको रुपमा ‘एम थ्री प्रो’ सार्वजनिक गरेको हो, जुन केही साओमीका देशभरका रिटेल स्टोरका अतिरिक्त ईकमर्स प्लेटफर्म दराज र सस्तो डिलबाट खरिद गर्न सकिनेछ ।

‘म्याड स्पिड, किलर लुक्स’ ट्यागलाइनका साथ आएको उक्त फोनमा ९० हर्ज फुल हाई डिस्प्ले रहेको छ ।

 

‘हाम्रो योजना सधैं गुणस्तरीय उत्पादनमार्फत प्रयोगकर्ताको अनुभवलाई पुनः परिभाषित गर्ने कुरामा केन्द्रित छ,’ साओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने, ‘यसका लागि हाम्रा सम्पूर्ण प्रोडक्टमार्फत प्रस्तुत गर्ने प्रयास गरिरहेका छौं ।’

 

उनले अगाडि भने, ‘त्यसैले नयाँ आउने उत्पादन पनि त्यहीअनुसार होस् भन्ने हाम्रो चाहना हो । जसको एउटा उदाहरण पोको एम थ्री प्रो हुनेछ । यो फोन सार्वजनिक हुँदा फाइभजी टेक्नोलोजी पनि भित्रिन्छ । डाइमेन्सिटी ७०० एसओसीमा आधारित फोनमा ड्युल फाइभजी सपोर्ट रहेको छ।’

 

कम्पनीका अनुसार फोनमा ७ नानाेमिटरकाे फ्ल्यागशिप लेभलको प्रोसेस प्रयोग भएको छ । मिडियाटेक ७०० चिपसेट र डुअल फाइभजी सपोर्ट रहेको फोनमा ८–कोर सिपियुका साथ यसले २.२ गिगाहर्ज सम्मको क्लक स्पिड प्रदान गर्ने दाबी कम्पनीको छ ।

फोनमा शक्तिशाली एआरएम माली ५७ जीपीयू रहेको छ । गेम खेल्दा अगावै लोड हुन दिनका लागि यस उपकरणमा यूएफएस २.२ को फ्लास मेमोरी समेत प्रयोग भएको जनाइएको छ । जसले गेम लोडिङ समय सामान्यभन्दा तीन गुणा बढाउने कम्पनीको दाबी छ ।

फोनमा ६.५ इन्चको फुल एचडी डिस्प्ले छ, जसमा ९० हर्ज रिफ्रेस रेट दिइएकाे छ । यसले प्रयोगकर्तालाई स्मुथ अनुभव र ब्याट्री खपत कम गर्न मद्दत गर्ने जनाइएको छ । डिस्प्लेको सुरक्षाका लागि फोनमा पीटुआई र कर्निङ गोरिल्ला ग्लास प्रदान गरिएको छ । जसले क्यामेरामा हुनसक्ने स्क्रयाच र झर्दा फुटिहाल्ने खालको समस्याबाट जोगाउँछ ।

 

पोको एम थ्री प्रोमा ट्रिपल क्यामेरा सेटअप रहेको छ । जसको मुख्य क्यामेरा ४८ मेगापिक्सेलको रहेको छ भने २ मेगापिक्सेलको म्याक्रो र २ मेगापिक्सेलकै डेप्थ लेन्स रहेको छ ।

फोनका क्यामेरामा नाइट मोड, स्लो मोड, मल्टिपल टाइम–ल्याप्स मोड र क्लोन फोटोजस्ता विभिन्न मोड उपलब्ध रहेका छन् । जसको मद्दतले उत्कृष्ट फोटो तथा भिडियो लिन कैद गर्न सकिने जनाइएको छ ।

पोको एम थ्री प्रोमा ५००० एमएएच क्षमताको ब्याट्री रहेको छ । कम्पनीका अनुसार यो फोन साधारण प्रयोगमा दुई दिनसम्म टिक्नेछ । जसका लागि २२.५ वाटको फास्ट चार्जिङ सिस्टम रहेको छ । तर, फोनमा भने १८ वाटको चार्जर उपलब्ध हुनेछ ।

अबको केही दिनपछि नेपाली बजारमा उपलब्ध हुने यो फोन पावर ब्ल्याक, कुल ब्लु गरी तीन भेरियन्टमा उपलब्ध हुनेछ । जसको बजार मूल्य (४ जीबी/६४ जीबी) २३ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ ।

https://www.techpana.com/2021/98561/?fbclid=IwAR3u_ox9-VgE4rR7jKCPgGgVFy_GuCbsAB1moZTqowGg-8-k8ZdqAxqTkE4