काठमाडौं । नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले पदबहाली गरेका छन् । बिहीबार मन्त्रालयमा आयोजित स्वागत कार्यक्रमबीच अर्यालले मन्त्रालयको जिम्मेवारी सम्हालेका हुन् ।

 

पदभार ग्रहणका क्रममा सचिव अर्यालले मन्त्रालयको जिम्मेवारी सबैको साझा भएको उल्लेख गर्दै कुशलतापूर्वक निभाउन निकायगत तथा क्षेत्रगत सहयोग, सद्भाव, समन्वय र साझेदारी आवश्यक रहेको बताए ।

‘डिजिटल नेपाल फ्रेमवर्कले परिकल्पना गरेको डिजिटल प्रविधिमा आधारित अर्थतन्त्रमा रूपान्तरण, आईटीको सुरक्षित प्रयोग, गुणस्तरीय एवम् स्वस्थ दूरसञ्चार तथा आमसञ्चार क्षेत्रको विस्तार, ई-कमर्ससँग हुलाक सेवाको आवद्धता, मुद्रण सम्बन्धी कार्यक्रमको सहजीकरण लगायत चलचित्र क्षेत्रको विकासका लागि छलफलबाट आवश्यक समन्वय र सहजीकरण गरिनेछ,’ उनले भने, ‘यसका लागि प्रशासनिक आचरण पालनामा सबैको आवश्यक सहयोग रहने आशा छ ।’ 

https://www.techpana.com/2021/98628/?fbclid=IwAR2eOHeM_UWMSUg0iXsM2Vw9HpLcA0uMlVJmwogzPzTddxJ21iKereRa-cc