राजा भनेपछि हामीले ‘इन्ष्टिच्युसन’लाई बुझ्नुपर्छ । पूरै राजसंस्थालाई बुझ्नुपर्छ । राजा एउटा व्यक्ति मात्र हुँदैन । संस्था प्रमुख हुन्छ, व्यक्ति गौण रहन्छ । संस्था रहेसम्म व्यक्ति आउँछन जान्छन । पृथ्वीनारायण शाह पनि राजा थिए, रणबहादुर शाह पनि राजा थिए । त्यसपछि राजेन्द्र शाह सुरेन्द्र शाह पनि राजा भए । त्यो संस्था नै महान् थियो । वीपी कोइरालाले भनेको राजा पनि व्यक्ति होइन संस्था नै हो । हो त्यो राजसंस्थाले राष्ट्रियताको प्रत्याभूति गर्छ । राजसंस्थाको प्रकृति नै असंलग्न हुन्छ । पार्टी, गुट, समूह राजाको केही पनि हुँदैन । देशको सम्पूर्ण भूभाग, सम्पूर्ण जनता मेरा हुन् भन्ने त्यो संस्थाको भावना हुन्छ । त्यति मात्र होइन, कांग्रेस, कम्युनिष्ट, माओवादी, राप्रपा सबै मेरा जनता हुन् भन्ने भावना हुन्छ । त्यसकारणले राजा राजनीतिक खेलभन्दा माथि बस्नुपर्छ भन्ने राजसंस्थाको आफ्नै मान्यता हो । राजाले कहिल्यै पार्टीगत वा विचारधारागत राजनीतिमा हस्तक्षेप त के रुची समेत देखाएनन् । किनभने राजसंस्थाको जवाफदेहिता देश र जनताप्रति हुन्छ । ऊ देश र जनताप्रति वफादार हुन्छ । अर्काे एउटा के हुन्छ भने राजालाई आफ्नो उत्तराधिकारीको चासो हुन्छ, आफ्नो छोरालाई कुशल राजा बनाएर राख्ने चिन्ता हुन्छ । त्यसका निम्ति राजालाई देशको चिन्ता हुन्छ । त्यसैले आफ्ना छोरा नातिका लागि पनि राजाको स्वार्थ देश मात्र हुन्छ । तसर्थ राष्ट्रप्रमुखमा राजा वफादार हुन्छ भन्ने मान्यताले काम गर्दछ ।
मुख्य कुरा राजाले धर्म, परम्परा, संस्कृति, संस्कारमा विश्वास गर्छन । र, समग्रमा राजनीतिभन्दा माथि एउटा संस्था हुनुपर्छ भन्ने कुरामा राजा विश्वास गर्छन । नेपाल राजनीतिको त्रिकोणमा राजा अनि राजसंस्था एक ठुलाे शक्ति हाे । अहिले कम्युनिष्ट शक्ति र प्रजातन्त्रवादी शक्ति यो पारम्परिक शक्तिको भूमिकालाई स्वीकार गरिरहेको छैन । यी दुई शक्ति कुरा बुझेर पनि बुझपचाई रहेका छन्। जब सम्म यी तीन शक्ति बिच सन्तुलन अाउदैन देशमा स्थिरता अाउदैन। स्वर्गीय मदन भण्डारीको टुंडिखेलको त्यो भाषणको स्मरण गराउन चाहन्छु, जुन भाषणमा उहाँले राजालाई आफ्नो श्रीपेच फुकालेर चुनाव लड्न आउन चुनौती दिनुभएको थियो । त्यसको केही समयपछि नै पोखरा पुगेर उहाँले राजा पनि एउटा शक्ति हो भनेर भाषण गर्नुभयो । यो सत्य सबैलाई अवगत नै छ । उहाँले राजसंस्था बारे राम्राे संग अध्यन गरेरै त्यसो भनेको हुनुपर्छ । वीपी कोइरालापछिका नेताहरु उच्च योग्यता नभएका कारण उनीहरुले यो परम्परागत शक्तिलाई बुझ्न सकेनन् । यो त्रिकाेणात्क सन्तुलनलाई बुझ्न सकेनन् । कांग्रेस र कम्युनिष्टले राजसंस्थालाई सन्तुलनका लागि आवश्यक मित्रवत शक्तिको रुपमा बुझ्नुभन्दा उल्टो शत्रुवत व्यवहार गर्न थाले । हो,त्यसैको परिणति हो आजको राजनीति । अन्तयमा राजा हामी सबै नेपालीका साझा🌿