हामी साेझा सिधा नेपालीले विभिन्न अपराधमा जेलनेल परेका,भुमिगत रहेका विभिन्न दलका अपराधीहरुलाई ठुलाे विश्वासका साथ गणतन्त्र नेपालकाे मसिहा बनायाै। तर अाज गणतान्त्रिक नयाँ नेपालका ति मसिहाहरुले हामी अाम नेपाली नागरिकलाई सेवा दिएकाे नाममा मात्र लिई रहेका छन् प्रत्यक्ष अप्रत्यक्ष रुपमा हामीलाई लुटि मात्र रहेका छन्। हामी अाम नेपाली जनता संग हाम्राे कमाईकाे ८०% करकाे नाममा असुली रहेका छन् लुटिरहेका छन् तर हामी यसबारे बेखबर छाै। अाज देशमा उत्पादनलाई भन्दा अायातलाई बढि महत्व दिईदैछ अाखिर किन? देशका कर्मशील जाेश जागर भएका युवाहरुलाई विदेश पलायन गराईन्छ किन? हामी नेपालीले यस्ता यावत बिषयमा गम्भीर भएर साेच्नुपर्ने बेला भएकाे छ। अाजकाे नयाँ नेपालकाे सरकारले हामीहरु संग प्रत्यक्ष रुपमा लिई रहेकाे करकाे बारे बुझाै अरु अप्रत्यक्ष रुपले लगाउने कर याे भन्दा पनि बढि छ।
म घर भाडामा बस्छु भन्दा=घरभाडा कर।
म अाफ्नै घरमा बस्छु भन्दा पनि =घरधुरि कर
म अाफ्नै जमिनमा खेति गरि बस्छु भन्दा=भुमि कर
म परिश्रम गरि खान्छु भन्दा=अायकर
म उध्दयम गर्न ऋण लिन्छु भन्दा=सेवा कर
म व्यवसाय गर्छु भन्दा=पसलकर-भ्याटकर-पानकर
म विदेश गई कमाएर रेमिटयान्स भित्रयाउछु भन्दा= अायकर
म घरजग्गा किन्छु भन्दा =मालपाेत कर
म जग्गा बेच्छु भन्दा=राजस्व कर
म छाेरा,छाेरीलाई राम्राे स्कुलमा पढाउछु=शिक्षा कर
मेराे छाेरा,छाेरी जन्मे भन्दा= जन्मदर्ता कर
मेराे बाबू मरे भन्दा= मृत्युु दर्ता कर
मलाई नागरिकता चाहियाे भन्दा=सिफारिस कर
म उज्यालोमा बस्छु भन्दा= विजुली कर
म टेलिफाेनमा कुरा गर्छु भन्दा=टेलिफाेन कर
म ईन्टरनेट चलाउछु भन्दा= ईन्टरनेट कर
म अाफनाे सवारी साधन चलाउछु भन्दा=विलबुक कर
म सवारी चालककाे लाईसेन्स लिन्छु भन्दा=राजस्व कर
यहि पाराले गए कुनै दिन हामीले नि:शुल्क लिई रहेकाे सास हावाकाे पनि कर तिर्नुपर्ने हुन्छ नै! तसर्थ साथिहरु
यी सबै दल अनि याे दलिय व्यवस्थालाई चलाउनेहरु मात्र मागेर खाने मगन्ते हुन्। यिनिहरुकाे अग्रगामी परिवर्तन भनेकाे पहिले फित्ते चप्पल लगायर साेझासिधालाई ठग्ने गर्थे भने अहिले सुटबुट लगायर साेझै लुटने गर्दछन। अब हामी जनताले मागेर खाने यि मगन्तेहरुलाई सधै तात तातो भात दिन त सक्दैनाै नि अब हामी जागौ एकजुट भई उठाै तब मात्र हामी अाम नेपालीहरुकाे भविष्य उज्वल छ। - जय देश जय स्वाभिमान।।।