काठमाडौं । जाम्बियामा बिहीबार भएको राष्ट्रपतीय निर्वाचनका लागि फेसबुक, ह्वाट्सएप, ट्विटरलगायतका सामाजिक सञ्जाल बन्द गरिएको छ । निर्वाचनको नतिजा भने आउने बाँकी रहेको छ । तर, निर्वाचन अघि ह्वाट्सएप, ट्विटर र फेसबुक ह्वाट्सएप, ट्विटर र फेसबुक जस्ता सामाजिक सञ्जाल बन्द गरिएको तथ्य बाहिरिएको हो ।

 

डिजिटल राइट अर्गनाइजेशन एक्सेस नाउँ र इन्टरनेट मनिटर नेटब्लक्सले निर्वाचनलाई लक्षित गर्दै जाम्बियामा त्यस्ता सामाजिक सञ्जाल बन्द गरिएको बताएका हुन् । उनीहरूका अनुसार त्यहाँका इन्टरनेट सेवा प्रदायक तथा टेलिकम सेवा प्रदायकमार्फत त्यस्ता एपको पहुँचमा रोक लगाइएको हो ।

सामाजिक सञ्जालमार्फत मौन अवधिमा हुन सक्ने प्रचारबाजीलाई रोक्ने यस्तो खालको निर्णय लिइएको जनाइएको छ । जाम्बियाको स्थानीय सञ्चार माध्यम लुसाका टाइम्सले त्यहाँको सूचना तथा प्रसारण सेवा मन्त्रालयको निर्देशनमा सामाजिक सञ्जाल माथि प्रतिवद्ध लगाएको बताएको छ ।

 

नेटब्लक्सका अनुसार बिहीबार जाम्बियामा नाटकीय शैलीमा एकै पटक ह्वाट्सएप, ट्विटर र फेसबुक जस्ता सामाजिक सञ्जालको ट्राफिक घटेको थियो । त्यसले पनि जाम्बिया निर्वाचनको समयमा सामाजिक सञ्जाल माथि प्रतिवद्ध लगाइएको प्रमाणित भएको छ । 

https://www.techpana.com/2021/98680/?fbclid=IwAR1vkhNGs_7YQEMOMZEQseNKOf21Q-XidtPMWuBctymceaoH2O3vt7ienKA