काठमाडौं । फेसबुकले अघिल्लो वर्षमात्रै वेबमा आधारित एनिमेटेड जीआईएफ सर्च इन्जिन तथा प्लेटफर्म प्रदायक गिफीलाई अधिग्रहण गरेको थियो । फेसबुकले उक्त कम्पनी गत साल ४०० मिलियन डलर अर्थात ४८ अर्ब २४ करोड रुपैयाँमा खरीद गरेको हो ।

 

गिफी सेयर गर्न मिल्ने र धेरै इंगेज्मेन्ट युक्त कन्टेन्ट उत्पादक कम्पनी हो । जसका एनिमेटेड गिफ फेसबुकमा समेत शेयर हुँदै आएका छन् । सबैभन्दा उल्लेखनीय कुरा के छ भने, गिफीले फेसबुकको इन्स्टाग्रामका लागि ब्युल्ट ईन स्टिकर सर्च फंसन समेत उपलब्ध गराउँदै आएको छ ।

गिफी फेसबुकका अन्य एपहरूमा समेत उपलब्ध गराउने उद्देश्यका साथ कम्पनी गत वर्ष खरिद गरेको हो । साथै गिफीको प्रविधि विकासमा थप लगानी गर्ने योजना कम्पनीले बनाएको थियो । तर, गिफी खरिद गरेको एक वर्ष नपुग्दै फेसबुकले वाध्यात्मक रुपमा उक्त कम्पनी बेच्नु पर्ने अवस्था आउन सक्ने देखिएको छ ।

 

प्रतिस्पर्धा तथा बजारको अध्ययन गर्ने निकाय(सीएमए)ले फेसबुकले अन्य जीआईएफ फाइललाई प्रतिवद्ध लगाउने गरेको तथ्य फेला परेको जनाएको छ । बजार बिगार्ने गरी भएको उक्त कदम गैरकानुनी भएको भन्दै सीएमएले फेसबुकलाई कम्पनी बिक्री गर्न निर्देशन दिने तयारी गरेको हो ।

 

हुन त हाल सीएमए र फेसबुक बिच छलफल चलिरहेको छ । छलफलको निचोड हालसम्म आएको छैन् । फेसबुकले भने फेला परेको तथ्यमा कुनै सत्यता नभएको बताउँदै आएको छ । त्यसैले उक्त छलफलको निचोडले अब गिफी फेसबुकको कम्पनी रहने नरहने भन्ने निर्णय गर्नेछ । 

https://www.techpana.com/2021/98673/?fbclid=IwAR1X15WuR3mFK4bUVFguOtCg8s-0Bep8hnQ_Vxz2i7d2AshyCnWs5fUBsvE