काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०७९/८० लाई विद्युतीय भुक्तानी कारोबार प्रवर्द्धन वर्षको रुपमा मनाउने घोषणा गरेको छ ।

 

नगद भुक्तानीलाई कम गर्ने लक्ष्यका साथ विद्युतीय भुक्तानी कारोबारलाई प्रवर्द्धन गर्नको लागि विद्युतीय भुक्तानी कारोबार प्रवर्द्धन वर्ष मनाउन लागेको राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताएका छन् ।

 

शुक्रबार मौद्रिक नीति सार्वजिनक गर्दै गभर्नर अधिकारीले आगामी वर्षको सो योजनाको लागि चालु आर्थिक वर्षमा आवश्यक तयारी गरिने उल्लेख गरे ।

 

उनका अनुसार विद्युतीय भुक्तानी कारोबार प्रवर्द्धन वर्षको लागि चालु आर्थिक वर्षमा आवश्यक पूर्वाधारको व्यवस्थान र सचेतनाका कार्यक्रमहरू सञ्चालन गरिनेछ ।

https://www.techpana.com/2021/98729/