काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाबाट डिजिटल रुपमै ऋण लिन मिल्ने भएको छ ।

 

नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीति २०७८ ७९ सार्वजनिक गर्दै डिजिटल रुपमा ऋण प्रवाह गर्नका लागि डिजिटल कर्जा मार्गदर्शन निर्माण गर्ने जानकारी दिएको छ ।

राष्ट्र बैंकका अनुसार यो प्रणाली लागू भएपछि सेवाग्राहीहरूले ऋण लिनका लागि बैंक तथा वित्तीय संस्थासम्म धाउनुपर्ने छैन ।

 

सेवाग्राहीले घरमै बसेर अनलाइन माध्यमबाट कर्जाको आवेदन बुझाएपछि बैंक तथा वित्तीय संस्थाले अनलाइनबाटै आवेदन स्वीकृत गरी कर्जा प्रवाह गरिनेछ ।

 

चालु आर्थिक वर्षभित्रै सो मार्गदर्शन तर्जुमा गरी कार्यन्वयनमा लैजाने राष्ट्र बैंकले जनाएको छ ।

https://www.techpana.com/2021/98719/