काठमाडौं । पछिल्लो समय मानिसहरु स्मार्टफोन र ल्यापटपमा आवश्यकताभन्दा बढी समय बिताइरहेका छन् । धेरै समय स्क्रिनअघि बिताउँदा आँखालाई आराम पुगिरहेको हुँदैन । अत्याधिक प्रयोग हुँदा आँखा सुख्खा हुन थाल्छन् ।

 

जसबाट सुन्निने समस्या देखिन थाल्छ । जबदेखि इन्टरनेट डेटा तथा स्मार्टफोन आम मानिसहरुको पहुँचमा आयो, तबदेखि यसको प्रयोग निकै बढ्न थालेको छ ।

मानिसहरु चाहे कामकै लागि होस् वा समय व्यतित गर्न, स्क्रिनअघि बसिरहेकै छन् ।

 

तर आवश्यकता भन्दा धेरै स्मार्टफोन प्रयोग गर्नु तपाईंको स्वास्थ्यका लागि हानिकारक हुने गर्दछ । सामान्यतया प्रयोगकर्ताहरुले आफ्नो डिस्प्लेको ब्राइटनेस (चम्किलोपना) एकदमै फुल बनाएर राखिरहेका हुन्छन् ।

 

आज हामी तपाईंलाई यस किसिमको व्यवहारले सिर्जना हुनसक्ने जोखिमहरुको बारेमा बताउने छौं ।

 

स्मार्टफोनको ब्राइटनेस तथा लगातार फोन प्रयोग गर्दा हाम्रो आँखामा नराम्रो असर परिरहेको हुन्छ । फोनबाट निस्किने प्रकाशले सोझै आँखाको रेटिनामा असर पुर्‍याउँछ ।

जसका कारण आँखा चाँडै खराब हुने सम्भावना हुन्छ । यतिमात्र होइन, विस्तारै हेर्ने क्षमतामा समेत ह्रास आउन थाल्दछ र टाउको दुख्ने समस्या बढ्ने गर्दछ ।

त्यसै त दिनभरको काम गराईले आँखालाई आराम मिलिरहेको हुँदैन । त्यसमाथि रातमा सुत्नुअघि समेत स्मार्टफोन प्रयोग गर्दा आँखा सुख्खा हुने र सुन्निने मात्र नभई चिलाउने समस्या पनि देखिने गर्दछ ।

 

साथै आँखाको अश्रु ग्रन्थीमा नकारात्मक असर पुग्न जान्छ । लगातार स्मार्टफोन प्रयोग गर्दा आँखाबाट पानी निस्किन थाल्दछ । मोबाइलबाट निस्किने किरण आँखाका लागि हानिकारक हुने गर्दछन् ।

लगातार स्मार्टफोन प्रयोग गर्दा आँखा झिम्काउने प्रक्रिया पनि सुस्त हुँदै जान्छ । जसका कारण आँखाको नशा खुम्चिन थाल्दछ ।

याे पनि पढ्नुहाेस् : डार्क मोड के स्वास्थ्यका लागि हानिकारक छ ?

https://www.techpana.com/2021/98845