धनगढीबाट भर्खर म काठमाडौ ओर्लिए एक घन्टामै काठमाडौं रेलले ल्याइपुरायो , काठमाडौं पुरै फेरिएछ। म सिधै मेट्रो चढेर लागे साथीको कोठातिर। साथिले पाइपवाला ग्यासको बटन अन गरेर ५ मिनेट्मै खाजा तयार पारे। खाजा खाइ पछि AC रुम मा आराम गर्दै मैले सोधे , AC महङ्गो हुदैन? साथिले मन्द मुस्कानका साथ भने,हावाबाट निकालेको बिजुली हो धेरै सस्तो छ। म तेत्तिकै दङ्ग थे, हुनत धनगढी पनि तेति अबिकसित त थिएन तर यी सबै कुराहरु processing मै थिए। हामी धरहरा घुम्न निस्कियौ । धरहराको चौथो तल्ला
सम्म गाडीहरू खचाखच पर्किङ गरिएका थिय ।
दसौं तल्लाबाट काठमाडौं नियाली सकेपछी हामी केबलकार बाट स्वयम्भु हान्नियौ । काठमाडौं साच्चिकै बिचित्र थियो। पानीजहाज चड्ने मेरो पुरानो इच्क्षा पूरा हुने वाला थियोे । हामी सिधै कोशी ब्यारेज हानियौ । निकै सस्तोमा टिकट किनेर हामी प्रसान्त महासागरको यात्रामा निस्कियौ १० दिनको यात्रामा म जहाज लागेर सिथिल भैसकेको थिए। साथीको हालत पनि उस्तै थियो। ओहो कति ठुलो व्होल माछो हाम्रै जहाजको अगाडि पुछ्चर हल्लाउदै थियो। हेर्दाहेर्दै माछोत जहाजतिरै पो आउदै छ त बा! नभन्दै माछोले जहाजलाइ ठक्कर दियो। जहाज नराम्ररी हल्लियो ।हामिलाई अडिन गारो भो। अह्हो जहाज त डुब्दै पो छ त! मैले केही भेउ पाउन सकिन। न समाउने केही थियो न कसैको सहरा, जताततै पानी नै पानी लौन मत डुबे प्रसान्त महासागरमा ! म आत्तिय । तर एकछिन पानी त नुनिलो छैन त! मैले भिजेको हात मुखमा पुर्याए । अझ हात चाट्छस ?
छिटो उठ! ९ बजिसक्यो मम्मी को हातमा पानीको जग
थियो। धन्न बाचियो । धन्न सपना रहेछ, नत्र ज्यानै जाने #नयाँ नेपाल नयाँ सोचको साथ.....