काठमाडौं । चिनियाँ स्मार्टफोन निर्माता साओमीले आफ्नो सहायक ब्राण्ड रेड्मीका लागि नयाँ उत्पादन ल्याउने भएको छ । रेड्मी ९ को सफलतापछि कम्पनीले रेड्मी १० बजारमा सार्वजनिक गर्न लागेको हो ।

 

कम्पनीले हालै मि डटकममा एक ब्लग पाेस्ट गर्दै रेड्मी १० का तस्वीरसहित महत्वपूर्ण स्पेसिफिकेशनको जानकारी दिएको छ ।

कम्पनीको सो पोस्टमा दिइएको जानकारी अनुसार रेड्मी १० पञ्च होल डिस्प्ले र क्वाड रियर क्यामेरा सहित आउने छ । कम्पनीले ४ जीबी र्‍याम/६४ जीबी इन्टर्नल स्टाेरेज, ४ जीबी र्‍याम/१२८ जीबी इन्टर्नल स्टाेरेज र ६ जीबी र्‍याम/१२८ इन्टर्नल स्टाेरेज गरी तीन भेरियन्टमा स्मार्टफोन ल्याउनेछ ।

 

यो फोन कार्बन ग्रे, पेबल ह्वाइट र सि ब्लु गरी तीन कलरमा उपलब्ध हुनेछ । एन्ड्रोइड ११ मा आधारित मियूआई १२.५ चल्ने फोनमा फुल एचडी प्लस (१०८०x२४०० पिक्सेल) डट डिस्प्ले रहनेछ, जसमा ९० हर्जको रिफ्रेस रेट रहेनेछ ।

 

फाेनमा अक्टाकोर मिडियाटेक हेलियो जी८८ चिपसेट रहने छ । फोटो र भिडिओका लागि रेड्मी १० मा क्वाड रियर क्यामेरा सेटअप हुनेछ, जसमा प्राइमेरी सेन्सर ५० मेगापिक्सेलको हुनेछ भने ८ मेगापिक्सेलको अल्ट्रा वाइड शुटर, २ मेगापिक्सेलको म्याक्रो सेन्सर र २ मेगापिक्सेलकै डेप्थ सेन्सर रहनेछ ।

 

त्यस्तै ८ मेगापिक्सेलकाे सेल्फी क्यामेरा सेटअप रहनेछ । ५ हजार एमएएच रहने ब्याट्रीमा १८ वाट फास्ट चार्जिङ र ९ वाटको रिभर्स चार्जिङ सपोर्ट रहनेछ ।

https://www.techpana.com/2021/99050/