काठमाडौं । साओमीले स्मार्टफाेन सार्वजनिक हुनुअघि नै फिचर सार्वजनिक गरिदिने मिडियासँगको लडाईंलाई निरन्तरता दिएको छ ।

 

कम्पनीले आफ्नो नयाँ स्मार्टफोन ‘मि मिक्स ४’ अघिल्लो सातामात्रै विश्वबजारमा सार्वजनिक गरेको छ । तर, उक्त स्मार्टफोन सार्वजनिक हुनु दुई दिनअघि नै फोनका सम्पूर्ण जानकारी बाहिरिएपछि कम्पनीले मिडियालाई कारबाही गरेको हो ।

कम्पनीले त्यसरी जानकारी बाहिर ल्याउने मिडियालाई एक लाख ५५ हजार अमेरिकी डलर अर्थात एक कराेड ८३ लाख रूपैयाँभन्दा बढी जरिवाना लगाएकाे छ ।

 

यस्तै खालका घटना यसअघि सामसङ र एप्पलको हकमा पनि भएको थियो । उनीहरूले पनि सञ्चारमाध्यमलाई ठूलो रकम जरिवानासहित कारबाही गरेका थिए ।

 

कम्पनीहरूले सार्वजनिक हुनुअघि सञ्चारमाध्यमलाई आफ्नो डिभाइस परीक्षणका लागि उपलब्ध गराउने गर्छन् । त्यसरी उपलब्ध गराउँदा दुई संस्थाबीच मोबाइल सार्वजनिक नहुँदासम्म जानकारी बाहिर ल्याउन नमिल्ने गरी सम्झौता भएको हुन्छ ।

 

तर सम्झौताभन्दा बाहिर गएर सञ्चारमाध्यमले जानकारी बाहिर ल्याइदिएपछि साओमीले कारबाही गरेको हो ।

यसअघि पनि मि १० अल्ट्रा सार्वजनिक हुनुअघि नै त्यसको जानकारी सार्वजनिक गरिदिएपछि कम्पनीले एक ब्लगरलाई कारबाही गरेको थियो ।

हाल कुन मिडियालाई कारबाही गरिएको भन्ने विषयमा भने कुनै जानकारी बाहिर आएको छैन ।

https://www.techpana.com/2021/99080/