काठमाडौं । नवौं संस्करणको राष्ट्रिय विज्ञान दिवसका लागि तयारी सुरू भएको छ । विसं २०७० देखि हरेक वर्ष असोज १ गते फरक(फरक नाराका साथ राष्ट्रिय विज्ञान दिवस मनाउने गरिएको छ ।

 

विज्ञान तथा प्रविधि क्षेत्रका व्यक्ति र संस्थाहरूलाई सशक्त रूपमा परिचालन गर्न, जनचेतनाको काम गर्न र नीति निर्मातादेखि तल्लो तहका जनतासम्म यो प्रक्रियामा सक्रिय भूमिका निभाउने अवस्था सिर्जना गर्न यो दिवस वर्षेनि मनाउने गरिएको छ ।

यस अवसरमा विश्वविद्यालयहरु, शैक्षिक संस्थाहरु, निजी अनुसन्धान संस्था, नवप्रवर्तक तथा अन्य सरोकारवाला संस्थाबाट आ-आफ्ना निकायबाट गर्न सकिने कार्यक्रम तथा उपयुक्त हुने नारा भदौ ११ भित्र लिखित रुपमा पठाउन अनुरोध गरिएको छ । यसका लागि ईमेल ठेगाना [email protected] मा विवरण पठाउन अनुरोध गरिएको छ ।

 

अघिल्लाे वर्ष कोरोना भाइरसको महामारीका कारण विज्ञान दिवसका कार्यक्रम भर्चुअल विधिबाटै मनाइएकाे थियाे । साे अवसरमा विज्ञान प्रविधि क्षेत्रका सरोकार निकायहरु, प्रदेश तथा स्थानीय तह, विद्यालय, विश्वविद्यालय लगायतको सहकार्यमा साताव्यापी कार्यक्रम सञ्चालन गरिएकाे थियाे ।

 
 

https://www.techpana.com/2021/99197/