काठमाडौं । जब साओमीको ‘मि ट्याब्लेट ५’ र यसकाे प्रो भर्सन सार्वजनिक हुनेछ, त्यतिबेला उक्त डिभाइस पक्कै पनि सस्तो मूल्यमा बजारमा उपलब्ध हुनेछ । जुन आईप्याड प्रोका लागि सबैभन्दा चुनौती हुने देखिएको छ ।

 

हुन त साओमीले पहिला पनि ट्याब नल्याएको भने होइन । यसअघि साओमीका ट्याब धेरैजसो चिनियाँ बजारलाई लक्षित गरेर ल्याइएका थिए । तर, यो पटक भने कम्पनीले आफ्नो ‘मि’ ट्याबलाई विश्वका अन्य बजारमा समेत सार्वजनिक गर्ने तयारी गरेको छ ।

साओमी सप्लाइ चेन स्रोतका अनुसार मुख्यतः युरोपियन बजारमा कम्पनीले ट्याब्लेटका साथ इन्ट्री गर्ने तयारी गरिरहेको छ ।

 

हुन त हालसम्म साओमीको उक्त ट्याब्लेट कस्तो आउने छ भन्ने विषयमा कुनै जानकारी प्राप्त भएको छैन । तर, आईप्याडकाे तुलनामा निकै सस्ताे हुने अनुमान गरिएकाे छ ।

 

महंगो मूल्यमा आईप्याड बिक्री गरिरहेको एप्पलका लागि साओमी अब सबैभन्दा चुनौती हुने देखिएको छ । साओमीले ल्याउने ट्याब्लेट कम मूल्यका साथमा उच्च प्रविधिका साथ आउने अपेक्षा गरिएको छ । 

https://www.techpana.com/2021/99204/