काठमाडौं । बेलायत सरकारले ल्याण्डलाइनसँग जोडिएको इन्टरनेट कनेक्सन सन् २०२५ सम्ममा सम्पूर्ण रुपमा परिवर्तन गर्ने तयारी गरेको छ ।

 

त्यहाँकाे सरकारले अघि सारेकाे नयाँ योजनाअनुसार अब सबै ल्याण्डलाइन सेवाप्रदायकले आफ्नो ग्राहकको घरमा पुरानो फोनको कनेक्सन हटाएर इन्टरनेट कनेक्सन जोड्नुपर्नेछ ।

बेलायतमा हाल करिब एक करोड ४० लाख घरमा ल्याण्डलाइन कनेक्सन जोडिएको छ ।

 

संसारभरको पब्लिक स्विच टेलिफोन नेटवर्कमा समय समयमा केही परिवर्तनहरू हुँदै आए पनि आजसम्म यो तामाको तारले एउटा फोनदेखि अर्को फोनसम्मको परम्परागत हिसाबको कनेक्सनमा नै चलिरहेको छ ।

 

हुन त पहिले पनि तामाको तारले जोडिने फोनले इन्टरनेटको सुविधा दिएको थियो । तर पछिल्लो समयमा आएर यसलाई पनि फाइबर केबलले प्रतिस्थापन गरिरहेको छ ।

 

सञ्चारका अन्य माध्यमहरूकाे विकाससँगै ल्याण्डलाइनप्रति प्रयोगकर्ताको आकर्षण पनि घट्दै गइरहेको छ ।

अप्रिल महिनामा गरिएकाे एक अध्ययनअनुसार बेलायतका ४० प्रतिशत प्रयोगकर्ताले ल्याण्डलाइन र त्यसबाट प्रयोग हुने इन्टरनेट प्रयोग गर्न छोडिसकेका छन् ।

टेलिकम कम्पनीहरूले पनि परम्परागत फोन कनेक्सनको मर्मत लागत महँगो पर्ने हुँदा यसलाई इन्टरनेट कनेक्सनमा जोड्दा राम्रो हुने बताउँछन् ।

 

परम्परागत ल्यान्डलाइन, तामाको तारले जोडिएको हुन्छ, जुन अब फाइबर केबलको कनेक्सनमा प्रतिस्थापित हुनेछ ।

नेटवर्क परिवर्तन गरे पनि भ्वाइस ओभर इन्टरनेट प्रोटोकल अन्तर्गत ल्याण्डलाइन फोन चालु नै हुनेछ र अर्को ठाउँमा बसाइँसराइ नगेरसम्म प्रयोगकर्ताले प्रयोग गरिरहेकै नम्बर प्रयोग गर्न पाउनेछन् र ह्यान्डसेट पनि परिवर्तन गर्नुपर्दैन ।

-बीबीसी

https://www.techpana.com/2021/99260/