काठमाडौं । ९ महिनाअघि नोभा ८ र नोभा ८ प्रो सार्वजनिक गरेको ह्वावे नोभा ९ सिरिज सार्वजनिक गर्ने तयारीमा छ ।

 

चिनियाँ बजारमा अहिले चलिरहेको नयाँ हल्लाको विश्वास गर्ने हो भने ह्वावेले नोभा ९ सिरिज आउँदो सेम्टेम्बरमा सार्वजनिक गर्ने तयारी गरेको हाे ।

अनर ५० सिरिजको तुलनामा नोभा ९ को लुक्स, डिजाइन र कलर राम्रो हुने बताइए पनि प्रोसेसरको कुरामा अनर ५० भन्दा राम्रो नहुने अनुमान गरिएको छ ।

 

अनर ५० मा स्न्यापड्रागन ७७८ जी चिपसेट राखिएको छ भने नोभा ८ र ८ प्रोमा किरिन ९८५ राखिएको छ ।

 

नोभा ९ मा कुन चिपसेट प्रयोग हुन्छ भन्ने विषयमा केही कुरा बाहिरिएको त छैन । तर नोभा ८ को हिसाबले हेर्ने हो भने नोभा ९ मा अनर सिरिजमा भन्दा राम्रो चिपसेट आउला भन्न सकिन्न ।

 

यद्यपि फाइभजीलाई सपोर्ट गर्ने हुदाँ नोभा ९ बजारमा लोकप्रिय भने हुनसक्छ । लिक भएकाे नोभा ९ को डिजाइन पी ५० सिरिज, नोभा ८ र मेट ५० को मिश्रण हुनेछ । 

https://www.techpana.com/2021/99325/