काठमाडौं । अमेरिकी चिप निर्माता क्वालकम टेक्नोलोजीले फाइभजी तथा एआईयुक्त ड्रोन प्लेटफर्म तयार पारेको छ ।

 

फाइभजी स्मार्टफोनका लागि आवश्यक चिपमा आफूलाई सबैभन्दा अब्बल सावित गरेको कम्पनी अब ड्रोन बजारमा समेत प्रवेश गरेको  छ ।

कम्पनीले सार्वजनिक गरेको उक्त ड्रोन प्लेटफर्मलाई ‘क्वालकम फ्लाइट आरबी५ फाइभजी’ (Qualcomm Flight RB5 5G) नाम दिइएको छ ।

 

यसमा प्रयोगमा भएको फाइभजी र एआईका कारण ड्रोन प्लेटफर्मले सामान्य ड्रोन प्लेटफर्मकाे तुलनामा उच्च प्रदर्शन, कम ऊर्जा खपत गर्ने जनाइएको छ ।

 

त्यतिमात्रै नभएर यसले मानवरहित हवाईको रुपमा लिइएको ड्रोनलाई नयाँ युगमा प्रवेश गर्न मद्दत गर्ने दावी कम्पनीको छ ।

 

यस प्लेटफर्ममा रहेर ड्रोन निर्माताले ड्रोन बनाउन सक्नेछन् । भने, यसबाट ड्राेन उत्पादक कम्पनी, उनीहरूको व्यवसाय विस्तार तथा विकासमा समेत उल्लेख्य सहयोग पुग्ने जनाइएको छ । 

https://www.techpana.com/2021/99440/