दक्षिण कोरियाली प्रविधि कम्पनी सामसुङले स्मार्टफोनमा हुने आफ्ना डिफल्ट एपबाट विज्ञापन हटाउने घोषणा गरेको छ ।

दक्षिण कोरियाली पत्रिका योनहापका अनुसार Samsung Weather, Samsung Pay tyf Samsung Theme एपबाट विज्ञापन हटाउने भएको हो । हालसम्म सामसुङका स्मार्टफोनमा हुने उसका आफ्नै डिफल्ट एपहरुमा विज्ञापन देखाउने गरिएको छ ।

निकट भविष्यमै एक अपडेट जारी गर्दै यी एपहरुबाट विज्ञापन हटाइने सामसुङले जनाएको छ । कम्पनीले प्रयोगकर्ताको सुझावलाई महत्व दिने र प्रयोगकर्तालाई उत्कृष्ट अनुभव दिलाउनका लागि प्रतिबद्ध रहेको भन्दै सामसुङले प्रयोगकर्ताकै चाहना अनुसार आफ्ना एपबाट विज्ञापन हटाउन लागेको जनाएको हो । यद्यपि कहिलेदेखि यो निर्णय कार्यान्वयन हुने भन्ने बारेमा सामसुङले मिति तोकेको छैन ।

स्मार्टफोनमा सामसुङका एपमा दिइने धेरै विज्ञापनहरुबाट दिक्क भएका प्रयोगकर्ता कम्पनीको यो निर्णय कार्यान्वयनसँगै खुसी हुनेछन् ।

वास्तवमा स्मार्टफोनमा विज्ञापन एउटा ठूलो समस्याको रुपमा रहेको छ, प्रयोगकर्ताका लागि । चिनिया स्मार्टफोन निर्माता शाओमीले स्मार्टफोन प्रयोगकर्ताको युजर इन्टरफेसमै विज्ञापन देखाएको भन्दै तिव्र आलोचना झेलिसकेको छ ।
https://www.onlinekhabar.com/2021/08/1001108#.YR4O8adLy_k.twitter