काठमाडौं । एन्ड्रोइड डिभाइसमा डेटा ब्याकअपलाई थप सुरक्षित बनाउन गुगलले आफ्ना एपलाई मोबाइल अपरेटिङ सिस्टममा एकीकृत गर्न लागेको छ । डेटा व्यवस्थापनका लागि एउटा राम्रो कामको सुरुवात गरेको भए पनि गुगल वानले कुनै तामझाम बिना नै यो सेवा सार्वजनिक गरेकाे थियाे ।

 

गुगल वानको ब्याकअपले हाल प्रयोगमा रहेको ब्याकअप प्रणालीलाई थप राम्रो बनाउन मद्दत गर्छ । गुगल वानमा अकाउन्ट नभए पनि ब्याकअप भने प्रयोग गर्न मिल्छ । 

ब्याकअपले एपमा भएका डेटा, म्यासेज, कल हिस्ट्री, कन्ट्याक, वाईफाई नेटवर्क, फोटो तथा भिडिओ स्टोर गर्न मद्दत गर्छ । आफूले चाहे अनुसारको डेटा स्टोर गर्न सकिन्छ ।

 

कुन डेटा स्टोर गर्ने अनि कुन नगर्ने भनेर आफूले चाहे अनुसार स्टोर गर्न सकिन्छ । तीन वर्ष अघि पहिलो पटक सार्वजनिक भएको गुगल वान कम्पनीको एकीकृत ब्याकअप प्रणाली हो, जसको मोबाइल एप र वेबसाइट दुवै उपलब्ध छ। 

 

यसले सुरुमा १५ जीबी सम्मको निःशुल्क स्टोरेज दिन्छ । त्योभन्दा धेरै स्टोरेजको लागि भने प्रयोगकर्ताले थोरैमा १०० जीबी र धेरैमा ३० टेराबाइट सम्मको स्टोरेज खरिद गर्न सक्छन् । यदि पिक्सेल टु वा थ्री बाेक्नुहुन्छ भने निःशुल्क रूपमा हाई रेजाेलुसनका फाेटाे र भिडिओ तीन वर्षसम्मका लागि प्रयोग गर्न सकिन्छ ।

 

गत वर्षदेखि प्रयोगकर्ताले आफ्नो एमएमएस म्यासेज पनि स्टोर गर्न मिल्ने सुविधा थपेको छ । गुगल अकाउन्ट बिना नै प्रयोग गर्न मिल्ने ब्याकअप फिचरले चाँडै नै हालको एन्ड्रोइड ब्याकअप अप्सनलाई प्रतिस्थापन गर्न सक्ने देखिन्छ । 

यसले गुगल ड्राइभ, जिमेल र गुगल फोटोजमा भएका सबै डेटालाई एकै ठाउँमा स्टोर गर्दछ । ती फरक फरक एपमा भएको डेटा तपाईंले गुगल वानबाट नै व्यवस्थापन गर्न सक्नुहुन्छ । 

गुगल वानमा ब्याकअप कसरी एक्टिभेट गर्ने ? 

 

– गुगल वानको ब्याकअप फिचर प्रयोग गर्न आफ्नो मोबाइलमा गुगल वान एप डाउनलोड गर्नुहोस् 

– त्यसपछि ‘सेटिङ’ मा गएर ‘म्यानेज ब्याकअप सेटिङ’ भन्ने अप्सनमा क्लिक गर्नुहोस् 

– त्यहाँ तपाईंलाई तीन वटा अप्सन दिइएको हुन्छ; डिभाइस डेटा, मल्टिमिडिया म्यासेज र फोटोज एण्ड भिडियोज । यी तीन अप्सनमध्ये आफूलाई आवश्यक डेटा कुन हो, छनौट गरी ब्याकअप सर्भिस एक्टिभेट गर्न सक्नुहुन्छ ।

यो बीचमा यदि इन्स्टल एप, अपडेट एप र चेन्ज योर सेटिङ भन्ने सूचना पपअप भयो भने स्क्रिन देखाइएको निर्देशन पालना गर्नुहोस् ।

https://www.techpana.com/2021/99499/