सिङ्गाे विश्वमा शासन व्यवस्थाकाे सबैभन्दा लाेकप्रिय स्वरुप लाेकतन्त्र,गणतन्त्र नै हाे। जसलाई अाज संसारका धेरै देशहरुले अपनाएका छन्। नेपाल पनि यिनिहरु मध्ये एक हाे जहाँ अाज लाेकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था छ। लाेकतन्त्र अनि गणतन्त्र यी दुबै एक नजरमा एकै उस्तै देखिन्छन्। तर यी दुई शासन व्यवस्था लाेक अनि गणमा थाेरै फरक भने छ। लाेकतन्त्रमा जनताकाे बहुमत सर्वाेपरि मानिन्छ भने गणतन्त्र शासन व्यवस्थाकाे अाधार संविधानलाई मानिन्छ। कतिपय निर्णय सरकारकाे बहुमत छदाँ पनि कानुनकाे अाधारमा लिनु पर्ने हुन्छ। तसर्थ यश प्रणालीमा हामी प्रत्येक नागरिककाे अधिकार सुरक्षित छन्। लाेकतन्त्र अनि गणतन्त्र केहाे? र दुवै बिच के फरक छ बुझाै! प्रजातन्त्र वा लाेकतन्त्र जसलाई अंग्रेजीमा डेमाेक्रेसी भनिन्छ। वास्तवमा डेमाेक्रेसी दुई शब्द "डेमाे र क्रेटिन " बाट बनेकाे छ। यी दुवै ग्रिक भाषाका शब्द हुन्। जसकाे अर्थ डेमाे भनेकाे जनता र क्रेटिनकाे अर्थ शासन गर्ने हाे। यति बाट प्रष्ट हुन्छ कि लाेकतन्त्र भनेकाे पुर्णरुपले जनताकाे शासन व्यवस्था हाे। लाेकतन्त्र भन्नुस या प्रजातन्त्र यी दुवै पद्वती जनता द्वारा जनतामा नै शासन गर्ने हाे। लाेकतान्त्रिक शासन प्रणाली जनताकाे बहुमत ईच्छाअनुसार चल्ने हाे। यसमा जनताकाे सक्रिय र प्रत्यक्ष सहभागिता हुने गर्छ। लाेकतन्त्रमा निर्वाचित राष्ट्रप्रमुखकाे अवधारणा हुदैन। यिनकाे स्थानमा कतिपय देशहरुमा वंशानुगत शासकहरु रहेका छन्। लाेकतान्त्रिक व्यवस्थामा सरकार गठन गर्नका लागि चुनाव द्वारा प्रतिनिधि छनाैट गरिन्छ। यी प्रतिनिधिहरु निश्चित समयका लागि निर्वाचित हुन्छन्। तेस पश्चात् पुन: यहि प्रक्रिया द्वारा जनप्रतिनिधिहरु छनाैट गरिन्छ। लाेकतन्त्रमा सबै जातजाति,भाषाभाषी,धनिगरिब यी सबै व्यक्तिहरुकाे समान अधिकार हुन्छ र यी सबैमा समान कानुन लागू हुन्छ। गणतन्त्र भनेकाे केहाे? गणतन्त्र (रिपब्लिक) व्यवस्थामा शासक जनता द्वारा निर्वाचित प्रतिनिधिहरु द्वारा निर्वाचित हुन्छन्। गणतन्त्र (रिपब्लिक) ल्याटिन शब्द हाे जुन शब्द Res र publica बाट बनेकाे छ। जसकाे अर्थ जनताकाे नासाे, विधि तथा कानुन हाे। गणतन्त्रमा राष्ट्रप्रमुख जनताबाट निर्वाचित अाम जनता जाे काेहि पनि हुन सक्छन्। यश प्रणालीमा कुनैपनि व्यक्तिकाे अधिकार कुनै पनि जननिर्वाचित प्रतिनिधि वा कुनै पनि बहुमत दल,समुहले खाेस्न मास्न पाउदैनन्। लाेकतन्त्र वा प्रजातन्त्र अनि गणतन्त्रमा के भिन्नता छ? लाेकतन्त्र जनताकाे सरकार हाे। जसमा जनताले अाफ्ना प्रतिनिधिहरु चुन्ने गर्छन्। जबकी गणतन्त्र जनताका निर्वाचित प्रतिनिधिहरुकाे सरकार हाे। जसमा उनीहरु जनता द्वारा निर्वाचित राष्ट्रध्यक्ष द्वारा शासित हुन्छन्। यसर्थ लाेकतन्त्रमा राष्ट्रध्यक्ष जनताकाे प्रतिनिधि हुदैन भने तेहि गणतन्त्रमा हुन्छन। लाेकतन्त्रमा शासन संम्बन्धी निर्णय बहुमतले लिईन्छ भने गणतन्त्रमा कानुन वा संविधानका अाधारमा निर्णय गरिन्छ। लाेकतन्त्रमा अल्पसंख्यकहरुकाे अधिकार सुरक्षित छैन जबकी गणतन्त्रमा प्रत्येक व्यक्तिकाे अधिकार बराबर हुन्छ। अल्पसंख्यकहरुका अधिकार सुनिश्चित छ। यसप्रकार लाेकतन्त्र अनि गणतन्त्र यी दुबै बिशुद्व जनताकाे शासन व्यवस्था हाे। जसमा जनताहरुले अाफ्नाे शासनका लागि अाफुले ईच्छाएका अाफ्ना प्रतिनिधिहरु छनाैट गर्छन्। तर विडम्बना हाम्राे देशमा न लाेकतन्त्र अायाे न गणतन्त्र अाज यहाँ जुन तन्त्र चलिरहेकाे छ त्याे बाहिर बाट झट्ट हेर्दा अाकर्षक झिलझिले कागजमा प्याक गरिएकाे स्वास्थ्यवर्दक तयारी चाउचाउ जस्ताे जसमा तेसका राम्रा गुणहरु स्पष्ट पारि लेखिएकाे हुन्छ। तर त्यसकाे भित्री गुण सबै नक्कली! कुहिएकाे पिठाे,स्वास्थ्यलाई प्रत्यक्षरुपमा हानी गर्ने अखाध्य बस्तुहरु मिसावट गरिएकाे जस्तै ! यदि याे देशमा साच्चिकै गणतन्त्र स्थापित भएकाे हुन्थ्याे भने अाज कराेडाै घाेटाला गरेर जेल चलान भएका अपराधीहरु लाख रुपिया तिरेर निस्कने थिएनन्। विभिन्न ज्यानमारा मुद्दामा फसेका अपराधीहरु याे देशकाे उच्चपदमा पुग्ने पनि थिएनन्। यदि गणतन्त्रमा जनताकाे अधिकार सुनिश्चित भईदिएकाे भए निर्दाेष चेलि निर्मलापन्तका बाबू अामाकाे अाशुकाे निसाफ पक्का हुने थियाे। यसर्थमा याे तन्त्रलाई कसरी जनताकाे तन्त्र भनी विश्वास गर्ने? मेराे बुझाईमा जबसम्म भ्रष्टचारी,बलात्कारी हत्याराहरु जतीलाई कानुनी कठघरामा उभ्याई उनिहरु लगायत उनिहरुका नातागाेता,ईष्टमित्र सम्पुर्णका सम्पतिहरण गरि अाजिवन जेल चलानकाे व्यवस्था गरिदैन तबसम्म देशमा गणतन्त्र रहेछ भन्ने विश्वास गरिने छैन। जय देश जय स्वाभिमान।।
Search
Categories
- Economy
- Blog
- Article
- Art
- Causes
- Crafts
- Dance
- Food and Drinks
- Movies & Films
- Health & Fitness
- Software & Games
- Home & Gardening
- Literature
- Music
- Networking
- Other
- Party
- Religion
- Shopping & e-Commerce
- Sports
- Theater
- Wellness
- Nepal & Nepalese
- South-east Asia
- e-Sathi
- Technology
- Politics & Politicians
- Photography
- Business
- Develops
- Information Technology
- News
- Animal and Pets
- Climate change & Global Warming
- Travel & Tourism
- Educations
Read More
राजनीतिले असफल पारेको एउटा सफल उद्योग........
गोरखाली रबर उद्योगको खरदार पदमा जागिर सुरु गर्दा ईश्वर परियार १९ वर्षका थिए । मझुवा देउराली,...
What is ISO 14001 Certification in South Africa?
ISO 14001 is additionally acknowledged as Environmental management system standard. It is an...
Tadarise 20mg | Sexual Problems in Men | Tadalafil
Tadarise 20 is a medicine used for men. This medicine is taken for the problem of erectile...
New York Adds Domestic Violence as a New Factor | Akram Louis
New York Adds Domestic Violence as a New Factor to Consider for Equitable Distribution...
Buy Modafresh 200 Mg | For Sleep | Precautions | Genericmedsstore
What Is Modafresh 200?
Buy Modafresh 200 is a Conventional Modafinil tablet and is endorsed to...