काठमाडौं । चिनियाँ स्मार्टफोन ब्राण्ड भिभोले ‘वाई’ सिरिज अन्तर्गत ‘वाई ५३एस’ स्मार्टफोन छिट्टै नै नेपाली बजारमा सार्वजनिक गर्ने भएको छ । अल-इन-वान स्मार्टफोनको ट्यागलाइन दिइएको यो फोन ‘वाई’ सिरिजको सबैभन्दा उत्कृष्ट फोन भएको कम्पनीको दाबी छ ।

 

कम्पनीले नयाँ पुस्ताको रुचि र आवश्यकतालाई मध्यनजर गरी यो फोनमा आधुनिक फिचर उपलब्ध गराएको बताएको छ । ट्रिपल रियर क्यामेरा र वाटर ड्रप डिस्पल नचसहित आउने फोन एन्ड्रोइडमा ११ मा आधारित फनटक ओएस ११.१ मा चल्दछ ।

यसमा ६० हर्ज रिफ्रेस रेट सहितकाे ६.५८ इन्च फुल एचडी प्लस डिस्प्ले, अक्टाकाेर मिडियाटेक हेलियाे जी८० चिपसेट, ६४ मेगापिक्सेल प्राइमेरी क्यामेरा, ८ जीबी र्‍याम, १२८ जीबी अनबोर्ड स्टोरेज, ३३ वाट फास्ट चार्जिङ लगायतका मुख्य फिचर छन् ।

 

गत वर्ष भिभोले ‘भी २०’ सिरिजमा आई-अटो-फोकस प्रविधि प्रयोग गरेको थियो भने ‘भिभो वाई ५३एस’ पनि सामाजिक सञ्जालका फोटोका लागि उपयुक्त आई-अटो-फोकस का साथ आएकाे छ ।

 

नेपाली बजारमा याे फाेन दुई कलर भेरियन्टमा आउने जनाइएको छ ।

 

भिभोको वाई सिरिज ‘स्विफ्ट पर्फर्मेन्स’ का लागि प्रचलित छ । उत्कृष्ट ब्याट्री लाइफ र छिटो चार्जिङ सिस्टम साथै र्‍याम र स्टोरेज यसको बलियो पक्ष हो । जसका कारण धेरै प्रयोगकर्ताले वाई सिरिज रुचाएका छन् ।

युवा पुस्तालाई लक्षित गरी निर्माण गरिएको याे फाेनले रेड्मी नाेट १० प्राे म्याक्स र सामसङ ग्यालेक्सी एम५१ सँग तीव्र प्रतिस्पर्धा गर्ने विश्लेषण गरिएकाे छ ।

नेपाली बजारमा यसकाे मूल्य ३२ हजारदेखि ३५ हजार रूपैयाँसम्म पर्ने अनुमान छ ।

https://www.techpana.com/2021/99739/