काठमाडौं । इन्टरनेटको अहिलेको जमानामा अनेक काम अनलाइनबाटै हुन्छ । ज्ञान-सीप सिक्ने सिकाउने प्रचलन त सामान्य जस्तै हुन थालिसक्यो । यस्तोमा ज्ञान सीप सिकाइसँगै शर्टिफिकेट समेत लिनेसम्मका सेवा सुविधा अनलाइनमै उपलब्ध छन् ।

 

प्रविधिको दिग्गज कम्पनी गुगलले डिजिटल मार्केटिङको सीप सिकाउन कोर्ष सहितको छुट्टै वेबसाइट ‘गुगल डिजिटल ग्यारेज’सञ्चालन गर्दै आएको छ । यो वेबसाइटमार्फत तपाईंले डिजिटल मार्केटिङ सम्बन्धी सीप सिक्न सक्नुहुन्छ । साथै यसबाट निःशुल्क रुपमा शर्टिफिकेट समेत प्राप्त हुन्छ । 

कसरी सिक्ने ?

 

गुगलको डिजिटल मार्केटिङ कोर्ष अध्ययन गर्नका लागि सुरुमा यहाँ क्लिक गर्नुहोस् र माथि दायाँतर्फ रहेको रजिष्टर बटनमा क्लिक गर्नुहोस् । यदि तपाईंसँग जिमेल अकाउन्ट छ भने त्यसभित्र माथि सुरुमा आउने ‘रजिस्टर विथ गुगल’ मा क्लिक गर्नुहोस् अथवा त्यसको तल ईमेल आईडी र पासवर्ड राखेर कन्टिन्यु बटनमा थिच्नुहोस् ।

 

अब त्यहाँ तपाईंले डिजिटल मार्केटिङसँगै क्यारियर डेभलपमेन्ट र डेटा एन्ड टेक सम्बन्धी थुप्रै कोर्षहरू देख्न सक्नुहुनेछ । यदि तपाईं भर्खरै डिजिटल मार्केटिङको विषयमा प्रवेश गर्दै हुनुहुन्छ भने यसको आधारभूत कोर्षबाट सुरु गर्न सक्नुहुन्छ ।

 

त्यसका लागि ‘फन्डामेन्टल्स अफ डिजिटल मार्केटिङ’लाई रोज्नुहोस् र कोर्षको अध्ययन अगाडि बढाउनुहोस् । ४० घण्टाको यो कोर्षमा कूल २६ ओटा मोड्युल दिइएका छन् ।

जसको अध्ययन पुरा भएसँगै त्यसको शर्टिफिकेट समेत अनलाइनमै निःशुल्क पाउनु हुनेछ । यदि केही निश्चित शुल्क तिर्न तयार हुनु भयो भने तपाईंले यसैगरी अन्य थुप्रै कोर्ष समेत गर्ने मौका समेत प्राप्त गर्न सक्नुहुन्छ ।

https://www.techpana.com/2021/99885/