काठमाडौं । अनलाइन पेमेन्ट कम्पनी पेपालले बेलायतका प्रयोगकर्तालाई आफ्नो प्लेटफर्ममार्फत क्रिप्टोकरेन्सी खरिद, बिक्री र बचत गर्ने सुविधा दिने भएको छ ।

 

कम्पनीले एप तथा वेब दुवै भर्सनमा यो फिचर उपलब्ध गराउने भएको हो । पहिलो चरणमा कम्पनीले बिटक्वाइन, इथेरियम, लाइटक्वाइन र बिटक्वाइन क्यासलाई मात्रै मान्यता दिन लागेकाे राेयटर्सले जनाएकाे छ ।

यसअघि कम्पनीले यही सर्भिस अमेरिकामा सुरु गरिसकेको छ, जुन प्रयोगकर्ताले अनलाइन शपिङमा क्रिप्टोकरेन्सी प्रयोग गरी सामान खरिद गर्न सक्नेछन् ।

 

हालसम्म पनि नीतिगत व्यवस्था नहुँदा क्रिप्टोकरेन्सीलाई प्राइभेट मनीको रुपमा लिइँदै आइएको छ । तर, यस्तो अवस्थामा पेपाल जस्ता ठूला कम्पनीले यसलाई मान्यता दिँदा क्रिप्टोकरेन्सीको महत्वलाई बढावा दिएको छ ।

https://www.techpana.com/2021/99956/