प्रस्तावित नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । एमाले विभाजन गरी नयाँ दल दर्ताका लागि निवेदन दिएको नेता नेपालले आज राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेका हुन् । नेपालको साथ छाडेका नेताहरु ओलीलाई भेट्न बालकोट पुगेसँगै नेता नेपालले राष्ट्रपति भण्डारीसँग भेट गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । सोमबार शीतल निवासमा मध्यान्ह १२ बजेदेखि दिउँसो २ बजेसम्म वार्ता भएको बताइएको छ । प्रमुख प्रतिपक्षी नेकपा एमाले औपचारिक रुपमा विभाजित भइरहँदा त्यसलाई रोक्ने प्रयासस्वरुप राष्ट्रपति भण्डारीले नेता नेपाललाई शीतल निवासमा बोलाएर वार्ता गरेको विश्वास गरिएको छ। यता, बालकोट वार्ता पनि सफल भएको नेताहरुले बताएका छन् ।