काठमाडौं । भिभोले वाई सिरिजमा नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । सोमबार कम्पनीले भारतीय बजारमा ‘भिभो वाई ३३ एस’ सार्वजनिक गरेकाे हाे । यो फोन चाँडै नै नेपाली बजारमा पनि आउने अनुमान गरिएको छ ।

 

याे फाेनकाे पछाडि ट्रिपल क्यामेरा सेटअप गरिएको छ । जसमा एफ १.८ एपेर्चरका साथ ५० मेगापिक्सेलको प्राइमरी सेन्सर र २ मेगापिक्सेलको बोके सेन्सर र २ मेगापिक्सेलको माइक्रो लेन्स समावेश गरिएको छ ।

त्यस्तै सेल्फी पारखीका लागि १६ मेगापिक्सेलकाे क्यामेरा दिइएको छ । मिडियाटेक हेलियो जी८० द्वारा सञ्चालित यस फोनमा ८ जीबी र्‍याम र १२८ जीबी इन्टर्नल स्टोरेजको विकल्प रहेको छ । यसमा २ जीबी भर्चुअल र्‍याम थप्न सकिन्छ ।

 

त्यस्तै माइक्रो एसडी कार्डको सहायतामा १ टीबी मेमोरी बढाउन समेत मिल्नेछ । भिभो ३३एस मा ५००० एमएएच को ब्याट्रीका साथ १८ वाटको फास्ट चर्जिङ सपोर्ट उपलब्ध छ ।

 

साथै ६.५८ इन्चको फुल-भ्यु हेलो डिस्प्ले २४००x१०८० पिक्सेलको फुल एचडी प्लस स्क्रिन रेजाेलुसन र ९०.६ प्रतिशत स्क्रिन-टू-बडी रेशियो सँगै यस फोनमा प्रयोगकर्ताहरुलाई ब्लु लाइट फिल्टर पनि उपलब्ध छ ।

 

एन्ड्रोइड ११ मा आधारित फनटच ओएस ११.१ मा चल्ने यस फोनमा पछाडि फिङ्गरप्रिन्ट सेन्सर राखिएको छ । भारतमा यसको मूल्य १७,९९० भारु (करिब २९ हजार नेपाली रूपैयाँ) ताेकिएकाे छ ।

https://www.techpana.com/2021/99971/