काठमाडौं । चिनियाँ स्मार्टफोन ब्राण्ड भिभोले ‘वाई’ सिरिज अन्तर्गत ‘वाई ५३एस’ स्मार्टफोन छिट्टै नै नेपाली बजारमा सार्वजनिक भएको छ । अल-इन-वान स्मार्टफोनको ट्यागलाइन दिइएको यो फोन ‘वाई’ सिरिजको सबैभन्दा उत्कृष्ट फोन भएको कम्पनीको दाबी छ ।

 

कम्पनीले नयाँ पुस्ताको रुचि र आवश्यकतालाई मध्यनजर गरी यो फोनमा आधुनिक फिचर उपलब्ध गराएको बताएको छ । ट्रिपल रियर क्यामेरा र वाटर ड्रप डिस्पल नचसहित आउने फोन एन्ड्रोइडमा ११ मा आधारित फनटक ओएस ११.१ मा चल्दछ ।

यसमा ६० हर्ज रिफ्रेस रेट सहितकाे ६.५८ इन्च फुल एचडी प्लस डिस्प्ले, अक्टाकाेर मिडियाटेक हेलियाे जी८० चिपसेट, ६४ मेगापिक्सेल प्राइमेरी क्यामेरा, ८ जीबी र्‍याम, १२८ जीबी अनबोर्ड स्टोरेज, ३३ वाट फास्ट चार्जिङ सहित ५ हजार एमएएच ब्याट्री लगायतका मुख्य फिचर छन् ।

 

कम्पनीले याे फाेनमा थप ३ जीबी भर्चुअल र्‍याम थप्ने सुविधा दिएकाे छ ।

 

गत वर्ष भिभोले ‘भी २०’ सिरिजमा आई-अटो-फोकस प्रविधि प्रयोग गरेको थियो भने ‘भिभो वाई ५३एस’ पनि सामाजिक सञ्जालका फोटोका लागि उपयुक्त आई-अटो-फोकस का साथ आएकाे छ ।

 

आइ अटोफोकस प्रविधिसहित यसको सफ्टवेयर र हार्डवेयरको क्षमताले सफा र स्तरीय फोटो र भिडिओ तयार पार्ने कम्पनीले जनाएकाे छ । फेस डिटेक्सन अटोफोकस प्रविधिले सव्जेक्टमा निरन्तर फोकस गरी पोट्रेट र एक्सन सट लिने शक्ति राख्दछ ।

यसमा भएको सुपर नाइट सेल्फीले रातको समयमा पनि उच्चस्तरीय फोटो लिन सकिन्छ । साथै मधुरो प्रकाश भएको ठाँउमा औरा स्क्रिन लाइटको मद्दतले उज्यालो बढाउँदै लगेर आवश्यकता अनुसार प्रकाश सन्तुलनमा राखी फोटो लिन पनि सकिन्छ ।

वाई ५३एसमा इलेक्ट्रोनिक इमेज स्टाविलाइजेसनको प्रयोग गरि अल्ट्रा–स्टेवल भिडिओ फिचर समावेश गरिएको छ, जसले भिडिओ खिच्दा अल्ट्रा–स्टेवल आउटपुट प्रदान गर्दछ । यसको मल्टि स्टाइल पोट्रेट फिचरले उत्कृष्ट फोटोग्राफीको अनुभव गर्न सकिन्छ ।

 

स्ट्राटेजिक आर ३ क्यामेरा लेआउट सहितको वाई ५३एस स्लिक र फ्लाट फ्रेम डिजाइनमा तयार गरिएको छ र यो दुई कलरमा उपलब्ध छ । ३ डी वडी भएको वाई ५३एस सोफेष्टिकेटेड र टेक्स्चर्ड लुकमा उपलब्ध छ र यो डीप सी ब्ल्यु र फान्टाष्टिक रेन्बो कलरमा उपलब्ध छ ।

भिभोको वाई सिरिज ‘स्विफ्ट पर्फर्मेन्स’ का लागि प्रचलित छ । उत्कृष्ट ब्याट्री लाइफ र छिटो चार्जिङ सिस्टम साथै र्‍याम र स्टोरेज यसको बलियो पक्ष हो । जसका कारण धेरै प्रयोगकर्ताले वाई सिरिज रुचाएका छन् ।

युवा पुस्तालाई लक्षित गरी निर्माण गरिएको याे फाेनले रेड्मी नाेट १० प्राे म्याक्स र सामसङ ग्यालेक्सी एम५१ सँग तीव्र प्रतिस्पर्धा गर्ने विश्लेषण गरिएकाे छ ।

नेपाली बजारमा यसकाे मूल्य ३४ हजार ९९९ रूपैयाँ ताेकिएकाे छ ।

 

भिभो वाई ५३एसको बजार शुभारम्भको अवसरमा आफ्नो धारण राख्दै नेपालका प्रमुख कार्यकारी अधिकृत मार्सले ग्राहकहरुको जीवनस्तरसँग सुहाउँदो, उच्चगुणस्तरको विश्वप्रसिद्ध उत्पादन बजारमा ल्याउन पाएकोमा गौरवको अनुभव भएकाे सुनाए ।

‘यसले आफ्नो गौरवशाली परम्परालाई निरन्तरता दिदै युवा पुस्ताको अभिरुचि अनुसार आई अटोफोकस र सुपर नाइट क्यामेरा वाई ५३एसमा समावेश गरेको छ । हाम्रो उद्देश्य आफ्ना ग्राहकहरुमा सामाजिक मनोरञ्जन र फोटोग्राफीको उत्कृष्ट अनुभव होस् भन्ने हो.’ उनले भने ।

https://www.techpana.com/2021/100200/