काठमाडौं । चिनियाँ ब्राण्ड ह्वावेले हालै पी५० सिरिजका स्मार्टफोन सार्वजनिक गरेको छ । अब प्रयाेगकर्ता मेट ५० सिरिजकाे पर्खाइमा छन् ।

 

हुन त कम्पनीले मेट ५० का फिचरबारे केही जानकारी दिएकाे छैन । तर हालै कम्पनीले दर्ता गराएको प्याटेन्टमार्फत नयाँ स्मार्टफोन कस्तो हुनेछ भन्ने विषय यकिन गर्न सकिन्छ । केही अन्तर्राष्ट्रिय मिडियाले यो फिचर ‘मेट ५० प्रो’ मा हुने अनुमान गरेका छन् ।

लेट्स गो डिजिटलले ह्वावेले स्मार्टफोनमा दर्ता गराएको नयाँ प्याटेन्ट सार्वजनिक गरेको छ । जसअनुसार ह्वावेले अल्ट्रा कर्भ्डयुक्त आर्क डिस्प्ले भएकाे स्मार्टफोन सार्वजनिक गर्नेछ ।

 

याे फाेनकाे साइडमा स्क्रिन टच उपलब्ध हुनेछ । भने, त्यसमा विभिन्न फङ्सन उपलब्ध हुनेछ, जसमा भोल्युम कन्ट्रोल एक हो ।

 

हुन त कम्पनीले यो खालको योजनामा यसअघि पनि काम गरिसकेको छ । कम्पनीले सन् २०१९ मा सार्वजनिक गरेको मेट ३० मा भोल्युम की हटाएर त्यसको स्थानमा टच फिचर उपलब्ध गराएको थियो ।

 

तर, अब भने उक्त साइड स्क्रिनमा फिङ्गर प्रिन्टका साथै अन्य थुप्रै आइकन उपलब्ध हुनेछन् । यतिसम्म कि उक्त साइड स्क्रिनमा एक लाइनको म्यासेज पढ्न समेत सकिने जनाइएको छ ।

https://www.techpana.com/2021/100213/